‘श्रमिक’ र ‘मजदुर’ मा नेपाली भाषाकै शब्द हुनु राम्रो
- कार्तिक ६, २०८३
– संविदा प्रकृति
हप्ता दिनअघि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडाँै उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको समाचार आएको थियो । आगामी ३० जूनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा हुने युनेस्कोको ४३ औँ सेसनका लागि तयार पारिएको एजेन्डा प्रस्ताव पारित भएमा काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रहरूको परिचय सङ्कटमा पर्नसक्छ । काठमाडौँ उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, काठमाडाँै, पाटन र भक्तपुर दरबार स्क्वायर तथा चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत छन् ।
काठमाडौँ उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि सूचिकृत छन् । ती सम्पदामाथि प्रश्न उठाइएको छैन । युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचिकृत हुने सम्पदाले विश्व पर्यटन बजारमा पहिचान स्थापित गर्छ । युनेस्कोबाट प्राप्त हुने सहयोग पनि महत्वपूर्ण रहन्छ । तर, एकपटक खतराको सूचीमा सूचिकृत भएपछि भने निस्किन मुस्किल पर्छ । भूकम्पपछि सम्पदा संरक्षणमा नेपालले उल्लेख्य प्रगति गर्न सकेको छैन । पुनर्निर्माणको गति सुस्त छ । पशुपतिनाथ क्षेत्रमा सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माण विवादित बन्दै आएको छ ।
अहिले विश्वका १६७ मुलुकका १ हजार ९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचिकृत छन् । युनेस्कोले सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी केही वर्षदेखि दिँदै आएको थियो । युनेस्कोले तीन वर्षअघि पनि काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो तर स्वीकृत भएको थिएन । युनेस्कोको ४३ औँ सेसनका लागि तयार पारिएको एजेन्डामा काठमाडाँै उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको बताइएको थियो र अहिले सम्मेलन चल्दै छ । यसबारे नेपाल सरकारले भने न कुनै धारणा सार्वजनिक गर्नसक्यो न त्यसो हुन नदिन निर्माणमा परम्परागत विधि प्रयोग गरेर सम्पदाको जगेर्ना गर्ने प्रतिबद्धतासम्म जनाउन सकेको देखियो । यसरी नै विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरू संरक्षण र संवद्र्धनमा बेवास्ता जारी रहेमा त्यसको परिणाम नराम्रो आउने निश्चित छ ।
Leave a Reply