भर्खरै :

पदका लागि हानथाप गरेर देश बन्दैनः ओली

काभ्रे, २० चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताउनुभएको छ ।
काभ्रेको बनेपामा नवनिर्मित एमाले नगर पार्टी कार्यालय भवन पार्टीका तर्फबाट नगर कमिटीलाई हस्तान्तरण गर्नुहुँदै उहाँले देश विकासका लागि एमालेको आवश्यकता रहेको बताउनुभयो ।
“एमालेलाई कुनै पद होइन देश बनाउने जिम्मेवारी दिनुपर्छ”– अध्यक्ष ओलीले भन्नुभयो, “हामीले पदकै लागि हानथाप गर्ने हो भने देश कहिल्यै पनि बन्दैन ।”
समृद्ध नेपालको सम्भावना पत्ता लगाएर त्यसबाट रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सम्भावनाको खोजी नगरी वैदेशिक रोजगारीलाई बढावा दिएमा देश विखण्डन हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सांसदहरु गोकुल बाँस्कोटा, विदुर सापकोटा तथा टोपबहादुर तामाङले स्थानीय तहको निर्वाचनमा एमालेलाई नै अत्यधिक मतले जिताउनुपर्ने बताउनु भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *