भर्खरै :

इरानले बेलायतलाई सबक सिकाउने

तेहरान, ५ जुलाई । इरानका एकजना वरिष्ठ अधिकारीले शुक्रबार बेलायतले यदि कब्जामा लिएको इरानी तेल ट्याङ्कर फिर्ता नगरे बेलायती तेलका जहाज पनि कब्जामा लिने बताउनुभएको छ ।
प्रेस टीभीले जनाएअनुसार इरानी सर्वोच्च नेताको सल्लाहकार निकायका सचिव मोहसिन रेजाईले कदाचित बेलायतले कब्जा गरिएका तेल ट्याङ्करहरू फिर्ता नगरे बेलायतको सन्दर्भमा इरानले पनि उस्तै व्यवहार गर्न बाध्य हुने बताउनुभयो ।
बिहीबार बेलायती शाही जलसेनाले गिब्राल्टरमा जलमार्ग हुँदै सिरियातर्फ गइरहेको एउटा इरानी जहाज नियन्त्रणमा लिएको थियो ।
युरोपेली नाकाबन्दी उल्लङ्घन गरेको भन्दै बेलायती जलसेनाले इरानी जहाज कब्जामा लिएको बताइएको छ ।
स्पेनका कार्यकारी विदेशमन्त्रीले संरा अमेरिकी आग्रहअनुसार सो इरानी जहाज नियन्त्रणमा लिएको खुलासा गर्नुभएको छ ।
“यस्ता आक्रामकताविरुद्ध इरानले कडा प्रतिक्रिया जनाउन सधँैं तयार हुनेछ”, रेजाईले भन्नुभयो । सो घटनाबारे बिहीबार नै इरानी विदेश मन्त्रालयले बेलायती राजदूतसँग स्पष्टीकरण लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *