भर्खरै :

कीर्तिपुरमा मेयरकप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

कीर्तिपुर, २१ असार । इन्द्रायणी परिवार क्लव कीर्तिपुरको आयोजनामा भएको प्रथम कीर्तिपुर मेयरकप व्याडमिन्टन प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भयो ।
‘ए’ समूहबाट किसिपीडि व्याडमिन्टन क्लव चन्द्रागिरीका प्रमोद महर्जन ÷ सुमन महर्जन र ‘बी’ समूहबाट मण्डला व्याडमिन्टन क्लब चन्द्रागिरीका धर्मराज घिमिरे ÷ राजकुमार पोखरेल दुबै चन्द्रागिरीकाले उपाधि हात पारे ।
शनिबार भएको फाइनल खेलमा ‘ए’ समूहबाट किसिपीडि व्याडमिन्टन क्लव चन्द्रागिरीका प्रमोद महर्जन÷सुमन महर्जन जोडीले मण्डला व्याडमिन्टन क्लब चन्द्रागिरीका सविन श्रेष्ठ÷राजकुमार पोखरेललाई १५—२१ , २१—१८ र २१—१९ ले ‘बी’ समूहको खेलमा मण्डला व्याडमिन्टन क्लब चन्द्रागिरीका धर्मराज घिमिरे÷राजकुमार पोखरेलकोजोडीले देवढोका व्याडमिन्टन क्लब कीर्तिपुरका वेनगोपाल महर्जन ÷सुदन महर्जनकोजोडीलाई २१—१२ र २१—१० ले पराजित गरी प्रथम उपाधि जितेको हो ।
ए समूहबाट मण्डला व्याडमिन्टन क्लब चन्द्रागिरीका सविन श्रेष्ठ÷राजकुमार पोखरेल द्वितीय र लनगोल व्याडमिन्टन क्लव कीर्तिपुरका सुप्रिम महर्जन÷श्याम महर्जन र देवढोका व्याडमिन्टन क्लब कीर्तिपुरका शंकर महर्जन÷सुदन महर्जन तृतीय भए ।
‘बी’ समूहबाट देवढोका व्याडमिन्टन क्लब कीर्तिपुरका वेनगोपाल महर्जन÷सुदन महर्जन द्वितीय र मण्डला व्याडमिन्टन क्लब चन्द्रागिरीका दीपक तामाङ÷विपिन शाह र दक्षिणकाली व्याडमिन्टन क्लबका विकास श्रेष्ठ÷रोशन महर्जन तृतीय भएका छन् । वेष्ट खेलाडीमा कीर्तिपुर व्याडमिन्टन क्लबका नवीन महर्जन र श्यामभक्त महर्जन घोषित भए ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई दुबै समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खडकालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः जनही नगद रु. १५ हजार, १० हजार र ५ हजासहित ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *