रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
प्याट्रिक गाथारा
यो समय राजनीतिक कार्टुनिस्ट बन्ने उपयुक्त समय होइन । क्यानाडाका चर्चित कार्टुनिस्ट माइकल डी अड्डरले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बनाएको कार्टुनिस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि न्यु ब्रुन्सविकको एउटा प्रकाशन कम्पनीले उनीसँग गरेको सम्झौता तोड्यो ।
माइकलको कार्टुनमा संरा अमेरिका छिर्न नदी तर्ने क्रममा झाडीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका बुबा–छोराको लासले राष्ट्रपति ट्रम्पलाई गल्फ खेल्न बाधा परेको देखाइएको छ । कार्टुनमा ट्रम्पले सोध्दै गरेका छन्, “मैले खेल्दा तिमीहरूलाई केही बाधा पर्छ कि ?”
बु्रन्सविक समाचार कम्पनीले त्यही कारणले माइकलसँगको सम्झौता नतोडिएको स्पष्टिकरण सार्वजनिक गरिसकेको छ । उनीसँगको सम्झौता तोड्ने विषयमा केही समयदेखि नै कुराकानी भइरहेको कम्पनीले जनाएको छ । तथापि संसारभरका राजनीतिक कार्टुनिस्ट आज अचानोमा परेको अवस्थामा माइकलको सो घटना भएको छ ।
माइकललाई कामबाट निकाल्नु एक साताअघि न्यु योर्क टाइम्सले राजनीतिक कार्टुन प्रकाशन गर्न बन्द ग¥यो । न्यु योर्क टाइम्समा प्रकाशन हुने राजनीतिक कार्टुन ‘यहुदीविरोधी’ भएको भनी कडा आलोचना भएपछि यस्तो निर्णय भएको हो । तथापि न्यु योर्क टाइम्सले पनि राजनीतिक कार्टुन छाप्न बन्द गर्ने निर्णय केही समयअघिकै भएको दाबी गरेको छ ।
अफ्रिकी देश केन्यामा विश्व चर्चित कार्टुनिस्ट गडफ्रे वामपेमब्वा (जो गाडो नामले बढी चर्चित छन्) लाई सरकारी दबाबपछि सन् २०१५ मा द डेली नेसन पत्रिकाको कामबाट निकालिएको थियो ।
टर्कीको जेठो अखबारका कार्टुनिस्ट मुसा कार्ट अहिले जेलमा छन् । मलेसियाका कार्टुनिस्ट जुनारका पुस्तकमाथि प्रतिबन्ध थोपरिएको छ । उनी राजद्रोहका विभिन्न मुद्दा खेपिरहेका छन् । भेनेजुयला, निकारागुआ र रुसमा पनि कार्टुनिस्टहरू निर्वासन जीवन बिताउन बाध्य छन् । संरा अमेरिकामा राष्ट्रपति ट्रम्पप्रति आक्रामक केही त्यस्ता कार्टुनिस्ट कोपभाजनमा परेका छन् ।
कार्टुनिस्टहरूविरुद्ध धम्की र दुरुपयोगका घटनाको अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था कार्टुनिस्ट राइट्स नेटवर्क इन्टरनेशनलका सहायक कार्यकारी निर्देशक टेरी एन्डरसनका अनुसार सन् १९९९ यता संसारभर एक सत्र्न्दा बढी कार्टुनिस्टहरूले ‘हत्या, आक्रामक, अपहरण, शारीरिक कुटपिट, कैद, गिरफ्तारी, यात्रा गर्न प्रतिबन्ध, प्रहरीको यातना, राजनीतिक दमनबाट अभिप्रेरित मुद्दा, सम्पत्तिमा रोक्का र नियन्त्रण, गुण्डागर्दी, साइबर हमला, अनलाइन अपमान, कालोसूचीकरण र अपमान’को सामना गर्नुपरेको छ ।
सेन्सरसीप र राजनीतिक कार्टुनिस्ट शीर्षकको आफ्ना कार्यपत्रमा फ्लिन्डर्स विश्वविद्यालयका डा. हेडन मेनिङ र डा.रोबर्ट फिड्यानले राजनीतिक कार्टुनिस्टहरू खानीको भित्री गहिराइमा हावा कति स्वच्छ छ (वाक् स्वतन्त्रता कति सुरक्षित छ) भनी पत्ता लगाउन पठाइने ‘क्यानरी चरीहरू’ जस्तै भएको लेखेका छन् । यदि यो भनाइ सही भए आजको हावा लोकतन्त्रको लागि विषाक्त छ ।
बितेका चालीस वर्षदेखि संसारभर प्रेस स्वतन्त्रताबारे लगातार पर्यवेक्षण गरिरहेको फ्रिडम हाउसले गएको दुई दसकमा प्रेसमाथि लगातार हमला भइरहेको जनाएको छ । सन् २०१० मा प्रकाशित प्रतिवेदनअनुसार सन् २००० को दसकमा प्रेस स्वतन्त्रतामाथि निषेध गर्ने धेरै घटना भएका छन् । इन्टरनेट र अन्य नयाँ मिडियामा समाचारमाथि पहुँच बढाउन चाहने नागरिक र सूचनामाथि नियन्त्रण गर्न चाहने सरकारहरूको तानातानको ठाउँ बनेका छन् ।
फ्रिडम हाउसको पछिल्लो प्रतिवेदनमा पनि यो दसकमा संसारमा प्रेस स्वतन्त्रता क्षतिग्रस्त बन्दै गएका छन् । खुला समाज र अधिनायकवादी राज्य दुवैमा नयाँ–नयाँ तरिकाबाट प्रेसमाथि दमनको क्रम बढेको छ ।
यस्ता दमनका घटनाको लागि मूलतः राजनीतिक नेता र सरकारमाथि दोषारोपण गरिएको छ । तर, व्यापार गृह र इन्टरनेट पनि यस्ता घटनाको लागि समानरूपमा दोषी छन् । सञ्चारमाध्यममाथिको मालिकत्व केही सीमित व्यापार गृहको हातमा केन्द्रित बन्दा आलोचनात्मक पत्रकारिताको ठाउँ खुम्चिंदै गएको छ ।
उदाहरणको लागि न्यु ब्रुन्सविकमा क्यानाडाको सबभन्दा धनी तथा बु्रन्सविक समाचार कम्पनी इरभिङ घरानाले सो प्रान्तका मिडियामा एकछत्र एकाधिकार जमाएको छ । सबैजसो प्रिन्ट मिडिया इरभिङ घरानाकै नियन्त्रणमा सञ्चालित छन् । प्रसङ्ग माइकल डी एड्डरले आफ्नै गृहप्रान्तमा आफ्नो कुनै पनि कार्टुन प्रकाशित गर्न असफल भएको मात्र होइन बरु कस्तो समाचार प्रकाशनमा ल्याउने भन्ने कुराको निक्र्योल इरभिङ व्यापारिक घरानाको स्वार्थअनुकूल हुने गरेको छ ।
द ओमिड्यर नेटवर्कले गएको वर्ष प्रकाशन गरेको एक प्रतिवेदनअनुसार केन्यामा ‘स्थापित हरेक मिडिया गृह कोही राजनीतिक नेता, उसको नजिकको मान्छे वा राजनीतिक नेताको आशीर्वादमा टिकेका व्यापारिक स्वार्थ बोकेका व्यापारीहरूको नियन्त्रणमा छन् ।’
राजनीतिक तथा व्यापारिक स्वार्थअनुसार निर्देशित नभए पनि मिडियामा समावेश गर्ने विषय खुम्चिंदै गएको छ । केन्यामा द डेली नेसन पत्रिकाको सञ्चालक द नेसन मिडिया ग्रुपबाट गाडो बाहिरिने घटना सोही समूहबाट प्रकाशन गर्दै आएको द इस्ट अफ्रिका नामको पत्रिकामाथि तान्जानियामा लगाएको प्रतिबन्धको सिलसिला थियो । ‘द इस्ट अफ्रिका’ अफ्रिकाको क्षेत्रीय साप्ताहिक अखबार हो । तात्कालीन तान्जानियाली राष्ट्रपति जाकाया किवेटेसम्बन्धी गाडोको कार्टुन प्रकाशित भएपछि उक्त पत्रिकामाथि प्रतिबन्ध थोपरिएको थियो ।
त्यसपछिका दिनमा सो अखबारमा विज्ञापनबाट उठ्ने पैसा खस्कँदै गयो । पत्रकार रक्षा समितिअनुसार ठूला विज्ञापनदाताले त्यो अवस्थालाई आफ्नो बलियो प्रभाव विस्तार गर्ने अवसरको रुपमा उपयोग गरे । उनीहरूले पत्रिकामा के छाप्ने र के नछाप्ने भन्ने कुराको समेत निक्र्याेल गर्नथाले । ‘सामान्यतः सर्वसाधारणले नदेख्ने पछाडिको ढोकाबाट हुने यस्तो अप्रत्यक्ष सेन्सरसीप’मा कार्टुनिस्टका कार्टुन छाप्नमात्र होइन, कुनै समाचार प्रकाशित गर्न पास गर्नुपर्ने अवस्था बन्यो ।
सञ्चार जगतको लागि विज्ञापनदाता नै मात्र त्रासको विषय बनेको छैन । सामाजिक सञ्जाल पनि गम्भीर खतरा बनेका छन् । ट्वीटरजस्ता मञ्चले पाठकको रचनात्मक सुझावको अमूल्य मार्ग बनिरहेको अवस्थामा त्यस्ता मिडिया आफैं सेन्सरसीपको माध्यम बन्नसक्छन् । “हामी यस्तो विश्वमा छौँ जहाँ नैतिकवादी हुल सामाजिक मिडियामा भेला भएका हुन्छन् र आँधीजस्तै गरी उठ्छन् । अनि समाचारकक्षमा ठूलो कम्पन सिर्जना गर्छन्”, आफ्नो कार्टुन न्यु योर्क टाइम्सले प्रकाशन नगर्ने निर्णय गरेलगत्तै आफ्नो ब्लगमा प्याट्रिक चाप्पाटेले लेखेका छन् ।
“यसले प्रकाशकबाट तत्कालै प्रतिक्रियाको माग गरेको छ । अनि थप अर्थपूर्ण छलफल र विचारको ढोका सबै बन्द गरिदिएको हुन्छ । ट्वीटर लाटो रिस पोख्ने थलो हो, बहसको होइन । सबभन्दा आक्रामक आवाजले संवादको व्याख्या गर्छ अनि बाँकी रिसाएको जमात त्यसैको पछि लागेको हुन्छ ।”
आक्रामक अनलाइन मेसिनको प्रश्रयले समाचार खरिद गर्ने बानी र विज्ञापनबाट उठ्ने पैसा घटाएको छ । त्यसले मिडियालाई जनमतले चर्चा नगर्ने लेखरचना, तस्वीर र कार्टुन प्रकाशन गर्न निरुत्साहित गरेको छ ।
आज क्रुरताको आवरणमा धर्मदेखि जातिसम्मका शिलास्तम्भ खडा भइरहेका छन् । ‘संवेदनशील’ भन्दै तिनलाई सार्वजनिक बहस र व्यङ्ग्यबाट बाहिर राखिएको छ । लोकतन्त्रको लागि यो सोच घातक हुनसक्छ । लोकतन्त्र भनेको आफ्नो विरोधका विचारसँग पनि प्रतिस्पर्धा गर्नु हो ।
संरा अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश ओलिभर विन्डल होम्स जुनियरले भनेका छन्, “यदि त्यस्तो कुनै सिद्धान्त छ जसलाई अरुको सापेक्षमा अझ जोगाउन अपरिहार्य छ भने त्यो स्वतन्त्र विचारको सिद्धान्त हो । आफूसँग सहमत हुनेको विचारलाई मात्र स्वतन्त्रता होइन, आफूलाई घृणा गर्नेको विचारलाई पनि स्वतन्त्रता दिने सिद्धान्त जोगाउनुपर्छ ।”
राज्यको हातबाट होस्, नाफाको लोभबाट होस् अथवा अनलाइनको हुलबाट होस्, राजनीतिक कार्टुनिस्टहरूको हत्या हुनु भनेको खतराको सङ्केत हो । राजनीतिक स्वतन्त्रतामाथि कालो बादल हो । क्यानरी चरी मारिंदै छन् । तर, के कसैको यतातिर ध्यान गएको छ ?
लेखक केन्याली लेखक, सञ्चारपरामर्शदाता एवं राजनीतिक कार्टुनिस्ट हुनुहुन्छ ।
स्रोतः अल जजिरा
नेपाली अनुवादः नीरज
Leave a Reply