ख्वप कलेज अफ इन्जिनियरिङलाई विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन प्राप्त
- बैशाख २४, २०८३
नेपालगन्ज, २० चैत । बाँकेको मानपुरस्थित एक पुरानो मिलबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ ।
प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले प्राप्त सूचनाका आधारमा अवैध रुपमा लुकाई राखेको अवस्थामा आज एक हजार ७२१ किलो सो प्रतिबन्धित जडीबुटी बरामद गरेको हो ।
सो जडीबुटी लुकाई राखेको स्थानको रेखदेख गर्दै आएका असरफअलि जसगढलाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । यति ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी झ्याउ कहाँबाट आयो र यसमा कसको मिलोमतो छ भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । रासस
Leave a Reply