भर्खरै :

माफियालाई जनताबीच उदाङ्ग्याउनुपर्छ

असार २४ गते राजधानी पत्रिकामा ‘दुई थरी माफियाको चेपुवामा सरकार’ शीर्षकको एक लेख छाप्यो । देशलाई वास्तविकरूपमा समृद्ध बनाउन आफूभित्र र बाहिर रहेका माफिया ग्याङलाई ध्वस्त बनाउनुपर्ने जोड लेखक सागर पण्डितको रहेछ । लेखक पण्डितले माफियालाई देशै बिगार्ने धमिरा सम्झे । ओली सरकारको नेतृत्वले सबैजसो माफियाको समूल नष्ट गर्नुपर्ने जिकिर उनको थियो । हो, सरकारी जागिर खाएरै सत्ताभित्र र सत्ताबाहिर बसेर माफियाको राजनीति गर्ने तत्वहरू कुन–कुन हुन् ? चिन्नुपर्छ । जहिलेसम्म माफियाहरू कारबाहीमा पर्दैनन्, कालोसूचीमा राखेर जनतामाझ उदाङ्ग्याउँदैनन् तहिलेसम्म अनेक माफियाको घेरामा सरकार झुमिरहेकै हुन्छ ।
माफियालाई निरुत्साहित गर्नुपर्ने सरकार नै माफियाको घेराबाट उन्मुक्त हुन सकेको छैन । लेखक पण्डितले भनेझैँ माफियाहरू सत्तालाई कठपुतली बनाउन जुटिरहेका हुन्छन्, शासक (सत्तासीन नेता र मन्त्री) लाई आफ्नो वशमा राख्ने प्रयास गरिरहेका हुन्छन् । माफियाहरूकै चलखेलमा नेता, मन्त्री र सांसदहरू घुमिरहेका हुन्छन् ।
तिनीहरूकै वरिपरि रहेर माफियाहरू अकुत सम्पत्ति कमाउँछन् । अनि माफियाहरूको घेरामा रहेका सत्तारुढ दलका नेता र मन्त्रीहरूको कमी कमजोरीको दोष कहिले अन्य दललाई त कहिले कर्मचारीमाथि खनेर आफू कहिले सप्रिन्छ ?
–कृष्ण खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *