भर्खरै :

चीन–अमेरिका व्यापार युद्धसम्बन्धी चीनको पहिलो श्वेतपत्र – १

संरा अमेरिकाले चीनविरुद्ध छेडेको व्यापार युद्धमा चीनको क्षेत्र र तथ्यहरू भूमिका
चीन संसारको सबैभन्दा ठूलो विकासोन्मुख देश हो भने संरा अमेरिका सबैभन्दा ठूलो विकसित देश हो । चीन र संरा अमेरिकाबीचको व्यापार र आर्थिक सम्बन्ध दुवै देशको लागि उत्तिकै अपरिहार्य र लाभदायकका साथै विश्व अर्थतन्त्रको स्थिरता र विकासका निमित्त ज्यादै महत्वपूर्ण छ ।
दुई देशबीच कूटनीतिक सम्बन्धको स्थापनालगत्तै दुईपक्षीय व्यापार र आर्थिक सम्बन्ध पनि तीव्ररूपले विकास भयो । दुई देशको चासो र चाहनामा आधारित साझेदारी र सहकार्य व्यापक बन्दै गयो । यो साझेदारीबाट दुवै देशले लाभ हासिल गरे । सारा संसारको निम्ति उक्त साझेदारी हितकर रह्यो । नयाँ शताब्दीको सुरुआतसँगै आर्थिक विश्वव्यापीकरणमा उल्लेखनीय प्रगति भयो । विश्व व्यापार सङ्गठनका नियमहरूजस्तै बहुपक्षीय थुप्रै नियम र दुईपक्षीय सम्झौताहरूमा संरा अमेरिका र चीन दुवैले जिम्मेवारी बहन गरे । त्यसले आर्थिक र व्यापार सम्बन्धलाई अझ गहिराइमा पु¥याउन मद्दत ग¥यो ।
तुलनात्मक शक्ति र बजारको छनौटका आधारमा दुई देशले उपलब्धिमूलक संरचनात्मक सहकार्य र चासोको विषयहरूको एकरूपताजस्ता विशेषतासहितको आपसी लाभदायक सम्बन्ध निर्माण गरे । चीन र संरा अमेरिकाबीच स्थापित नजिकको सहकार्य र परिपूरक आर्थिक सम्बन्धले दुवै देशको आर्थिक वृद्धि, औद्योगिक बढोत्तरी र संरचनात्मक उत्कृष्टतालाई थप बढावा दियो । त्यतिमात्र होइन विश्वव्यापी मूल्य चक्र (Global value chains) को प्रभावकारिता बढेको छ । उत्पादन लागत अत्यधिक घटेको छ । उत्पादन विविधताले ठूलो आकार लिएको छ । विश्वजगत विशेषगरी दुई देशका व्यापारिक क्षेत्र र उपभोक्तालाई फाइदा भएको छ । अवसरको विशाल ढोका खुलेको छ ।
चीन र संरा अमेरिका विकासका फरक चरणहरूमा छन् । दुवैसँग फरक आर्थिक प्रणालीहरू छन् । त्यसकारण समयसँगै केही व्यापार असमझदारी (friction), स्वाभाविक एवम् प्राकृतिक हो । यद्यपि असमझदारी सल्टाउने उपाय अथवा साँचो भनेकै आपसी विश्वास कायम राख्नु, सहकार्यलाई बढावा दिनु र भिन्नता व्यवस्थापन गर्नु हो ।
समान, तर्कसङ्गत र एकअर्काको मध्यमार्ग (halfway) पहिल्याउने उद्देश्यसहित दुई देशले धेरै सङ्ख्यामा सञ्चार र समन्वयका संयन्त्रहरू निर्माण गरेका छन् । वित्त र व्यापारमा संयुक्त आयोग, रणनीतिक र व्यापक आर्थिक संवाद आदि केही उदाहरण हुन् । यी संयन्त्रले सबैखाले बाधा अड्चन समाधानका लागि र आर्थिक तथा व्यापार सम्बन्ध अगाडि बढाउन आवश्यक बल प्रदान गरे । समग्र दुईपक्षीय सम्बन्ध विस्तारमा यसले भरपर्दो यन्त्रको रूपमा सघायो ।
सन् २०१७ मा संरा अमेरिकी नयाँ प्रशासनले आफ्नो कार्य सुरु गरेसँगै ‘अमेरिका पहिलो’ को नीतिलाई जोड दियो, ठूलो महत्वका साथ होहल्ला ग¥यो । संरा अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई डो¥याउने अर्थात् दिशानिर्देश गर्ने, आपसी सम्मान र सम्मानजनक परामर्शको आधारभूत मान्यता एवम् नियमहरूलाई त्याग्दै गयो । बरु एकपक्षीयवाद, संरक्षणवाद र आर्थिक प्रभुत्ववादको निर्लज्जतापूर्वक पक्ष लियोे । थुप्रै देश र क्षेत्रहरूमाथि झूठा आरोपहरू लगाइयो । विशेषतः आर्थिक मामिलामा अन्य देशहरूलाई चीनले धम्क्याएको आरोप लगायो । चरम दबाब सृजना गरी चीनले आफ्नो स्वार्थ अन्य देशहरूमाथि थोपर्ने र भन्सार कर लाद्ने काम गरिरहेको आरोप संरा अमेरिकाले लगायोे ।
चीनले दुई पक्षबीचको साझा चासो र विश्व व्यापार व्यवस्थाको आधारमा चीनले संरा अमेरिकालाई प्रतिक्रिया दिएको छ । चीनले वार्ता र परामर्शको माध्यमबाट उपायको खोजी ग¥यो । धैर्य र असल विश्वासको उच्चत्तम तहबाट चीनले संरा अमेरिकालाई जवाफ दिइरहेको छ ।
विचलन र चर्को बदलाको भावना उठिरहेको यो बेला चिनियाँ पक्ष भने यस्ता भिन्नताहरूबीच साझा समझदारी र धरातलको खोजी गर्ने मनोवृत्तिमा केन्द्रित छ । चीनले थुप्रै कठिनाइहरूलाई जित्यो । समाधानका व्यावहारिक उपायहरूको प्रस्ताव राख्दै संरा अमेरिकी पक्षसँग वार्ता र छलफलका थुप्रै चरणहरूको आयोजना गरेर चीन – संरा अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्धको स्थायित्वका लागि ठूलो बल पु¥यायो र अगुवाइ ग¥यो । तथापि संरा अमेरिका स्वयम् विरोधाभाषपूर्ण व्यवहार गर्दै छ साथै चीनलाई लगातार चुनौती दिँदै छ । परिणामस्वरूप दुईपक्षबीचको व्यापार तथा आर्थिक असमझदारी (घर्षण) छोटो समय अवधिमै छिटो चर्कियो । यसले दुई सरकार र दुई देशका जनताको सामूहिक कार्यबाट वर्षौं वर्षदेखि स्थापित आर्थिक तथा व्यापारिक सम्बन्धमा ठूलो क्षति पु¥यायो । त्यतिमात्र होइन बहुपक्षीय व्यापार प्रणाली र स्वतन्त्र व्यापारको सिद्धान्तमाथि विनाशकारी खतरा बढायो ।
चीन र संरा अमेरिकी आर्थिक तथा व्यापारिक सम्बन्धबारे, संरा अमेरिकासँगका व्यापार असमझदारीमा चीनको दृष्टिकोण र अडानबारे तथ्यहरू स्पष्ट पार्न र व्यावहारिक समाधानका उपायहरू पस्कन चिनियाँ सरकारले यो श्वेतपत्र जारी गरेको हो ।
खण्ड १
व्यापार र अर्थतन्त्रमा चीन र संरा अमेरिकाबीच परस्पर हितकारी र जीत–जीत सहकार्य
चीन र संरा अमेरिकाबीचको कूटनीतिक सम्बन्धको स्थापनासँगै आर्थिक र व्यापारिक सम्बन्धको विकास पनि तीव्र ढङ्ले विस्तार भयो । लगानी र व्यापारको क्षेत्रमा उल्लेख्य प्रतिफल प्राप्त ग¥यो । बलियो एकताबाट चीनले उल्लेखनीय लाभ हासिल ग¥यो । चीनको विकासबाट सिर्जेको अवसर र प्रतिफलबाट संरा अमेरिकाले व्यापक आर्थिक लाभ हासिल ग¥यो । यो स्वय्मसिद्ध प्रमाण हो कि चीन – अमेरिकी स्वस्थ व्यापार र आर्थिक सम्बन्ध दुवै देशका लागि अत्यन्त महत्वपूर्ण छ ।
१) वस्तुहरूको व्यापारमा चीन र संरा अमेरिका एकअर्काको महत्वपूर्ण साझेदार हुन् –
वस्तुहरूको दोहोरो किनबेच तीव्ररूपले बढेको छ । चिनियाँ तथ्याङ्कअनुसार सन् २०१७ मा चीन र संरा अमेरिकाबीच वस्तुहरूको व्यापार ५८३.७ अर्ब अमेरिकी डलर बराबरको भयो । यो भनेको दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको वर्ष अर्थात् सन् १९७९ को तुलनामा २३३ गुणा र चीनले विश्व व्यापार सङ्गठनमा प्रवेश गरेको वर्ष अर्थात् सन् २००१ को तुलनामा ७ गुणाले बढी हो ।
हाल, संरा अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार हो भने छैठौँ ठूलो आयातको स्रोत हो । सन् २०१७ मा संरा अमेरिकाले चिनियाँ निर्यातको १९ प्रतिशत प्राप्त ग¥यो र चिनियाँ आयातको ८ प्रतिशत अमेरिकाले उपलब्ध गरायो । चीन संरा अमेरिकी सामानका लागि छिटो विकास र विस्तार भएको निर्यात बजार हो भने संयुक्त राज्य अमेरिकाको आयातको ठूलो स्रोत हो । सन् २०१७ मा संरा अमेरिकी निर्यातको ८ प्रतिशत चीनतिर पठाइयो ।
चीनमा संरा अमेरिकी निर्यात विश्वव्यापी औसत दरभन्दा अत्यन्त छिटो वृद्धि भइरहेको देखिन्छ । विश्व व्यापार सङ्गठनमा प्रवेश भएसँगै संरा अमेरिकी निर्यातका लागि चीन महत्वपूर्ण बजार बन्यो र द्रुतगतिमा पैmलियो । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले भन्छ, सन् २०१६ मा संरा अमेरिकाले चीनमा गरेको सामानको निर्यात १२९.८९ अर्ब अमेरिकी डलर बराबरको छ । यो भनेको सन् २००१ मा १९.१८ अर्ब अमेरिकी डलरबाट ५७७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क हो । समग्र संरा अमेरिकी निर्यातको औसत वृद्धि दर ११२ प्रतिशतभन्दा यो वृद्धि दर अत्यधिक उच्च मान्न सकिन्छ ।
संरा अमेरिकी सामानहरू जस्तै– हवाईजहाज, कृषिजन्य उत्पादन, अटोमोबाइलहरू र एकीकृत गरिएको सर्किट (integrate circuit) मा चीन एक आयात बजार हो । चीन संरा अमेरिकी हवाईजहाज, भटमासको नं १ र संरा अमेरिकी अटोमोबाइल, आइसी (IC) उत्पादन र कपासको नं २ आयात बजार हो । सन् २०१७ मा मात्र संरा अमेरिकाको ५७ प्रतिशत भटमास चीनले आयात ग¥यो । त्यस्तै बोइङ विमान २५ प्रतिशत, अटोमोबाइल २० प्रतिशत, आइसी १४ प्रतिशत र कपास १७ प्रतिशत आयात ग¥यो ।
चीन र संरा अमेरिकाबीच दुई पक्षीय व्यापारमा बलियो परिपूरक सम्बन्ध छ । विश्वव्यापी मूल्य चक्र (value chains) मा संरा अमेरिकाले मध्यम र उच्च मूल्यका प्रतिनिधित्व गर्छ र चीनमा पुँजीगत वस्तु र मध्यवर्ती (intermidiary) वस्तुहरूको निर्यात गर्छ । विश्वव्यापी मूल्य चक्रमा चीनले मध्यम र न्यूनत्तम मूल्यको नेतृत्व गर्दै उपभोग्य वस्तुहरू र उत्पादित अन्तिम वस्तु, संरा अमेरिकामा निर्यात गर्छ । दुई देशले एक अर्काको तुलनात्मक शक्तिका लागि र दुईपक्षीय व्यापारको लागि परिपूरक भूमिका निर्वाह गर्छ ।
सन् २०१७ मा चीनले संरा अमेरिकामा निर्यात गरेको तीन शीर्ष वस्तुहरू निम्न छन् ः
१) विद्युतीय मेसिनहरू÷विद्युत्जन्य उत्पादन
२) मेकानिकल उपकरण र पार्टपुर्जाहरू
३) फर्निचर÷बत्तीहरू
अमेरिका निर्यात गरिने यी सामानहरू चीनको कुल निर्यातको ५३.५ प्रतिशत हो । चीनले अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने तीन वस्तुहरू निम्न छन् –
१) मेसिनरी÷विद्युतीय उपकरण÷पार्टपुर्जाहरू
२) मेकानिकल उपकरण र पार्टपुर्जाहरू
३) अटोमोवाइल र पार्टपुर्जाहरू
अमेरिकाबाट आयात गरिने यी सामानहरू चीनको कुल आयातको ३१.८ प्रतिशत छ । मेसिनरी र विद्युतीय उत्पादनले मात्र दुईपक्षीय व्यापारमा विशाल भाग ओगट्छ । दुई पक्षबीच अन्तर–उद्योग व्यापारका विशेषताहरूको प्रमाण यहाँ दिइएको छ । (तालिका १)
चीनले अमेरिकामा निर्यात गर्ने धेरैजसो उच्च–प्रविधियुक्त उत्पादन (hi-tech products) वस्तुहरू श्रमप्रधान (Labour- intensive) प्रक्रियाबाट उत्पादन गरिन्छ । जसका लागि मुख्य सहायक उपकरण र मध्यवर्ती (intermidiary) उत्पादनहरू ठूलो मात्रामा आयात गरिन्छ साथसाथै मूल्यको अन्तर्राष्ट्रिय हस्तान्तरण समेत हुन्छ ।
२) सेवा क्षेत्रमा दुईपक्षीय व्यापार तीव्ररूपले विकास हुँदै छ
संरा अमेरिकासँग उच्चस्तरीय उन्नत र पूर्णरूपले स्थापित सेवा उद्योगहरू छन् जुन अन्तर्राष्ट्रिय बजारमा अत्यन्त प्रतिस्पर्धी छ । चिनियाँ अर्थतन्त्रको विकाससँगै, चिनियाँ जनताको जीवनस्तरमा आएको परिवर्तनसँगै सेवा क्षेत्रको माग पनि स्वाभाविक रूपले बढ्यो र दुईपक्षीय सेवा व्यापार द्रुत ढङ्गले विस्तार भयो । संरा अमेरिकी तथ्याङ्कअनुसार सेवा क्षेत्रमा दुईपक्षीय (Two-way) व्यापार सन् २००७ मा २४.९४ अर्ब अमेरिकी डलरबाट बढेर सन् २०१७ सम्ममा ७५.०५ अर्ब अमेरिकी डलर पुग्यो । जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालय (The Ministry of Commerce of the People’s Republic of China, MOFCOM) का अनुसार सेवा क्षेत्रमा चीन संरा अमेरिकाको दोस्रो ठूलो साझेदार देश हो । संरा अमेरिकाको वाणिज्य विभाग (US Department of Commerce, USDOC) का अनुसार चीन संरा अमेरिकी सेवा निर्यातको लागि तेस्रो ठूलो बजार हो ।
चीनको सेवा क्षेत्रको व्यापारमा चीनको घाटाको प्रमुख स्रोत संरा अमेरिका नै हो र यो छिटो वृद्धि हुँदै छ । संरा अमेरिकाले चीनमा गर्ने सेवा निर्यात सन् २००७ यता ३४० प्रतिशतले वृद्धि भएको संरा अमेरिकी तथ्याङ्कले देखाउँछ । सन् २००७ मा १३.१४ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ५७.६३ अर्ब अमेरिकी डलर वृद्धि भएको तथ्याङ्क छ । त्यही समयावधिमा संरा अमेरिकाले अन्य देशहरू तथा क्षेत्रहरूमा गर्ने सेवा निर्यात भने १८० प्रतिशतले मात्र बढेको देखिन्छ । सेवा क्षेत्रमा चीनबाट संरा अमेरिकाको अतिरिक्त नाफामात्र ३० देखि ४०.२ अर्ब अमेरिकी डलरले वृद्धि भएको देखिन्छ । रेखाचित्र २ ः हाल सेवा व्यापारमा चीनको कुल घाटाको २० प्रतिशत संरा अमेरिकाबाट मात्र हुन्छ र अनौपचारिक रूपमा अध्ययनले यही नै चीनको घाटाको प्रमुख स्रोत बताउँछ । संरा अमेरिकासँग चीनको ¥हास मुख्य तीन क्षेत्रमा केन्द्रित छ – पर्यटन, यातायात र बौद्धिक सम्पतिको रोयल्टी ।
पर्यटन क्षेत्रमा संरा अमेरिकासँग चीनको व्यापार घाटा निरन्तर फराकिलो बन्दै छ । वाणिज्य विभाग DOC का अनुसार सन् २०१६ सम्म करिब १३ वर्षको दौरानमा चिनियाँ मुख्य भूमिका यात्रुहरूको ठूलो सङ्ख्या अमेरिकातिर गएको देखिन्छ । १३ वर्षको १२ औँ वर्षमा दोहोरो अङ्कको वृद्धि दर थियो ।
सन् २०१७ मा पर्यटन, शिक्षा र स्वास्थ्य उपचारका लागि कुल ५१ अर्ब अमेरिकी डलर खर्चेर चिनियाँहरू संरा अमेरिकामा गएको तथ्याङ्क MOFCOM  ले अघि सारेको छ । त्यसमध्ये ३० लाख चिनियाँ पर्यटकहरूले संरा अमेरिकामा ३३ अर्ब अमेरिकी डलर खर्चे । शिक्षा क्षेत्रको कुरा गर्दा संरा अमेरिका धेरैजसो चिनियाँ विद्यार्थीको वैदेशिक गन्तव्यस्थल नै हो भन्दा फरक नपर्ला । सन् २०१७ मा करिब ४२ लाख चिनियाँ विद्यार्थीहरू अध्ययनका निमित्त संरा अमेरिकामा थिए । त्यो सङ्ख्याले त्यहाँको स्थानीय आम्दानीमा करिब १८ अर्ब अमेरिकी डलर योगदान गर्छ । संरा अमेरिकाकै तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा संरा अमेरिकासँग चीनको व्यापार घाटा सन् २००६ मा ४३ करोड अमेरिकी डलरबाट सन् २०१६ सम्ममा २६.२ अर्ब अमेरिकी डलर पुग्यो । उक्त व्यापार घाटाको बढोत्तरीले सेवा क्षेत्रमा व्यापार घाटाको औसत वार्षिक वृद्धि ५०.८ प्रतिशतले भएको सङ्केत गर्छ ।
संरा अमेरिकाको बौद्धिक सम्पत्ति प्रयोग गरेबापत चीनले दिने भुक्तानी निरन्तर आकाशिंदै छ । संरा अमेरिका नै चीनले बौद्धिक सम्पत्ति आयात गर्ने सबैभन्दा ठूलो स्रोत हो भनी चिनियाँ तथ्याङ्कले सूचित गरेको छ । सन् २०१२ बाट २०१६ सम्ममा चीनले अमेरिकाबाट झण्डै २८ हजार थरीका बौद्धिक सम्पत्ति आयात गरेको देखिन्छ । चीनले दिने भुक्तानी ६ वर्षमा दोब्बर बढेको छ – सन् २०११ मा ३.४६ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ७.२ अर्ब अमेरिकी डलर पुग्यो । (रेखाचित्र ३) चीनले बौद्धिक सम्पत्तिका लागि संरा अमेरिकालाई गर्ने भुक्तानी अन्य देशहरूलाई गर्ने कुल भुक्तानीको एकतिहाइ छ ।
३) चीन र संरा अमेरिका महत्वपूर्ण लगानी साझेदार हुन्
चीनका लागि संरा अमेरिका वैदेशिक लगानीको प्रमुख स्रोत हो । MOFCOM का अनुसार सन् २०१७ को अन्त्य सम्म चीनमा संरा अमेरिकी लगानीको उद्योग, कम्पनी, इन्टरप्राइजेज लगभग ६८ हजारको सङ्ख्यामा थियो । जसको वास्तविक लगानी ८३ अर्ब अमेरिकी डलरभन्दा माथि थियो । संरा अमेरिकामा चिनियाँ कम्पनी र उद्योगहरूले प्रत्यक्ष लगानी तीव्रत्तर बढाएसँगै पछिल्लो समय चिनियाँ लगानीका लागि पनि अमेरिका महत्वपूर्ण गन्तव्यस्थल बनेको छ ।
चीनको बाहिरी लगानी बढेसँगै अमेरिकामा चिनियाँ कम्पनीहरूको प्रत्यक्ष लगानी सन् २००३ मा ६ करोड ५० लाख अमेरिकी डलरबाट बढेर सन् २०१६ सम्ममा १६.९८ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्क छ । सन् २०१७ को अन्त्य सम्म संरा अमेरिकामा चिनियाँ प्रत्यक्ष लगानीको सञ्चिति (stock) लगभग ६७ अर्ब अमेरिकी डलर रहेको MOFCOM को अध्ययनले देखायो । यसबीच अमेरिकामा चीनले उल्लेख्य वित्तीय लगानी पनि बढाएको देखिन्छ । संरा अमेरिकी सरकारको ऋण (Treasury) विभागका अनुसार सन् २०१८ मे महिनाको अन्त्यसम्ममा संरा अमेरिकी ट्रेजरी बिलको (अल्पकालीन ऋणपत्र अर्थात विश्वासको आधारमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि उठाइएको आन्तरिक ऋण) ११ खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको भाग चीनले ओगट्छ ।
अनुवाद ः हौसला

Leave a Reply

Your email address will not be published. Required fields are marked *