अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
संयुक्त राष्ट्र सङ्घ, १६ जुलाई । सन् २०१८ मा ८२ करोडभन्दा बढी मानिसले भोकमरी सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सोमबार सार्वजनिक प्रतिवेदनले संसारमा भोकमरीको समस्या अझ बढिरहेको देखाएको छ ।
लगातार धेरै दसकसम्म भोकमरीको समस्या ओरालो लागे पनि सन् २०१५ मा यो क्रम उल्टियो । कुपोषण के कति छ भन्ने आधारमा भोकमरीको अवस्थाबारे मापन गरिन्छ ।
संरा सङ्घको प्रतिवेदनले बितेका तीन वर्षमा भोकमरी पीडित जनताको अनुपात एघार प्रतिशतभन्दा न्यून रहे तापनि सङ्ख्याको हिसाबमा भोकमरी बढिरहेको देखाएको छ ।
सन् २०१८ मा भोकमरी पीडित जनताको सङ्ख्या ८२ करोड १६ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१७ मा यो तथ्याङ्क ८१ करोड १७ लाख थियो । सन् २०१६ मा भोकमरी पीडित जनता ७६ करोड ६५ लाख र सन् २०१५ मा ७८ करोड ५४ लाख थियो ।
संरा सङ्घीय नियोगहरू खाद्य तथा कृषि सङ्गठन, संरा सङ्घीय बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष र विश्व खाद्य कार्यक्रमले संयुक्तरूपमा सो प्रतिवेदन तयार गरेका हुन् ।
खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक जोसे ग्राजियानो दा सिल्भाले प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मध्यम वा चरम खाद्य असुरक्षा मापन गर्न खाद्य असुरक्षा प्रयोग मापन (एफआईईएस) नामको नयाँमापण यन्त्र प्रयोग गरेको बताउनुभयो ।
सो मापन यन्त्रअनुसार चरम खाद्य असुरक्षा मानिसको भोकसँग सम्बन्धित छ भने मध्यम स्तरको खाद्य असुरक्षा सामना गर्ने मानिसले खाना प्राप्त गर्ने क्षमता र पाएकै खानाको पनि गुणस्तर र मात्रामा सम्झौता गर्नुपर्ने अवस्थाको मापन गरिएको छ ।
एफआईईएसका अनुसार २ अर्ब मानिसले मध्यम वा चरम खाद्य असुरक्षाको अनुभव गर्नुपरेको छ । यो सङ्ख्या भनेको विश्वको कुल जनसङ्ख्याको २६.४ प्रतिशत हो ।
भौगोलिकरूपमा अध्ययन गर्दा अफ्रिकाका सबै क्षेत्रमा भोकमरी बढेको छ । अफ्रिकाको सब–सहारा क्षेत्रमा कुपोषण भने २२.८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ । क्यारिबियाली क्षेत्रमा पनि भोकमरीको प्रतिशत बढी देखाएको छ । जसअनुसार सो क्षेत्रमा भोकमरी १८.४ प्रतिशत छ ।
एसियामा भने बितेका पाँच वर्षमा लगातार प्रगति देखिन्छ । तर, दक्षिण एसियाली क्षेत्रमा भने कुपोषण अझै बढी छ । त्यहाँकुपोषणको प्रतिशत १४.७ छ । पश्चिम एसियामा १२.४ प्रतिशत कुपोषण रहेको राष्ट्र सङ्घले जनाएको छ ।
कुपोषित जनसङ्ख्या भने असन्तुलितरूपमा छरिएको छ । सङ्ख्यात्मकरूपमा सबभन्दा बढी कुपोषित जनता एसियामा छन् । एसियामा ५० करोड जनता विभिन्न थरी कुपोषणको शिकार बनेका छन् । सन् २०१८ मा अफ्रिकामा भोकमरीले पीडित जनताको सङ्ख्या २६ करोड थिए । त्यसमध्ये ९० प्रतिशत नै सब–सहारा क्षेत्रमा थिए ।
प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै युनिसेफका कार्यकारी निर्देशक हेनरिट्टा फोरले भन्नुभयो, “युनिसेफ र विश्व स्वास्थ्य संगठनबाट प्राप्त नयाँ तथ्याङ्क प्रयोग गरी हामीले पहिलो पटक कम तौल भएका बच्चाको जन्मबारे प्रतिवेदन प्रकाशित गर्न सफल भयौं । न्यून तौल मृत्युको एउटा प्रमुख कारण हो ।
प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१५ मा संसारमा जन्मिने प्रत्येक सात जना बच्चामध्ये एकजना न्यून तौलको समस्याबाट ग्रसित भएको र सन् २०१२ यता यसमा कुनै प्रकारको उल्लेखनीय सुधार आएको छैन ।
साथै, ढिला विकास भएका बालबालिकाको सङ्ख्या भने बितेका छ वर्षमा १० प्रतिशतले घटेको छ । तर, अझै पनि १४ करोड ९० लाख बालबालिकाको पूर्ण विकास भएको छैन ।
संसारमा भोकमरी जसरी विकास भइरहेको छ, त्यही अनुपातमा मोटोपन पनि बढिरहेको छ । मोटोपनको कारण संसारमा वार्षिक ४० लाख मानिसको निधन हुने गरेको छ ।
मोटोपनको समस्या सबै उमेर समूहमा बढिरहेको छ । विशेषतः विद्यालय तहका केटाकेटी र वयस्क उमेर समूहका मानिसमा यस्तो समस्या अचाक्ली बढेको देखिएको छ ।
अधिकांश स्कुल जाने केटाकेटीले मनग्य फलफूल र तरकारी नखाने र बरु नियमित रूपमा तयारी खाना (फास्ट फूड) र ग्यास भरिएको पेयपदार्थ खाने भएकाले यस्तो समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । साथै दैनिक शारीरिक व्यायाम नगर्दा पनि यस्तो समस्या देखिएको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ ।
Leave a Reply