भर्खरै :

विरामलाई नदोहो¥याऔँ भविष्य उज्यालो छ

विरामलाई नदोहो¥याऔँ भविष्य उज्यालो छ

नेपालको शिक्षा व्यवस्था र त्यसको असरबाट देशको चौतर्फी बर्बादीको जिम्मेवार को को हुन् ? केही वर्षसम्म राणा शाही र पञ्चायती व्यवस्थालाई दोष दिइयो । प्रजातन्त्र पुनःस्थापना र गणतन्त्रपछि नेपालको शैक्षिक लगाम पश्चिमी देशहरूको हातमा गएको पत्तै भएन ।
अहिले नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त संस्था ५६ वटा, ती कलेजहरूमा ३७ हजार विद्यार्थी पढ्छन् र ती विद्यार्थीहरूमार्फत बर्सेनि डेढ खर्ब रकम बाहिरिँदै छ । विदेशमा गई पढ्ने विद्यार्थीहरूको सङ्ख्या पनि थोरै छैन । नेपालमै चलेका विश्वविद्यालयहरू बेलायत, मलेसिया, अमेरिका, थाइल्यान्ड र भारत, अस्ट्रेलिया र स्विट्जरल्यान्डका ५६ वटा कलेजहरू सञ्चालनमा छन् । (कान्तिपुर, ४ साउन २०८३)
अर्कोतर्फ बर्बादी र मूर्खता ‘विदेशमा १ करोड लाग्ने डिग्री नेपालमा करिब १५ लाखमा पाइन्छ ।’
नेपाली विद्यार्थीको ठुलो सङ्ख्या विदेश जाने र अर्को ठुलो सङ्ख्या नेपालमै विदेशी विश्वविद्यालयमा पढ्दा विद्यार्थीहरूको जसरी आर्थिक क्षति हुँदै छ, त्यस्तै वैचारिक दृष्टिकोण र चिन्तन पनि विदेशी नै हुने अत्यधिक विद्यार्थीहरूमा देखिएको छ ।
शिक्षामा देखिएको खोटपूर्ण बन्दोबस्तको कारण आफ्नै देश र आमा–बुबालाई हेला गर्ने र विदेशको प्रशंसा गर्ने, विदेशी नेताहरूको गुणगान गर्नेहरू पनि छ्याप्छ्याप्ती छन् । जबकि ती विद्यार्थीहरूसित विदेशको बारे ‘आलोचनात्मक’ दृष्टिकोण पटक्कै छैन भन्ने सुनिँदै छ ।
देशको पैसा, देश प्रेम, सामाजिक विखण्डन एवं विदेशी शिक्षाबाट नकारात्मक प्रभावको कारण आर्थिक र सांस्कृतिकरूपले देश अर्ध–उपनिवेश र नवउपनिवेशको दलदलमा फस्नेबारे यो खोटपूर्ण शिक्षा नीति ल्याउने दलीय सरकारहरू जिम्मेवार छन् ।
यथार्थ रूपले भन्नुपर्दा नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी सरकारमा जाने अर्थात् मन्त्री हुने वामपन्थी दलहरू, राप्रपा र सरकारमा जाने मधेसवादी दलहरूका नेताहरू पनि जिम्मेवार छन् ।
सबभन्दा पहिले त्रिभुवन विश्वविद्यालयकै केही प्राध्यापकहरूले हाकाहाकी बेलायत, अमेरिका, भारत आदि देशमा प्राध्यापकहरूको तलब नेपालको भन्दा डब्बल–तेब्बर छ, “हाम्रो देश तिनीहरूसँगै मिल्यो भने हाम्रो कल्याण हुन्छ” भनी औपचारिक र अनौपचारिक भेलामा बकबक गरेको पाइन्छ । त्यस्तो बकबक सुन्दा पनि हाम्रा प्रतिष्ठित र ज्येष्ठ प्राध्यापकहरू मुखमा ‘दही जमाएर’ बसेको जानकारी र समाचार बाहिरिएको छ । तर, ती नेपालद्रोही, जनद्रोही र ‘प्राध्यापकको भेष’ मा विदेशी एजेन्टहरू नेपाली रकम पनि कुम्ल्याएरै भागे ।
दोष कसको ? प्राध्यापकहरूले त्यस्ता भँडुवाहरूको विरोध किन गर्न सकेनन् त्यसै बेला ? विद्यार्थीहरूलाई विदेशको निम्ति होइन आफ्नै देश र जनताको सेवा गर्ने हो, आफ्ना आमा–बुबाको र जनताको सेवा गर्ने हो भनी विद्यार्थीहरूलाई बताउन सकेनन् ¤ नत्र सम्भवतः नेपाली विद्यार्थीहरू नयाँ पुस्ता उठ्ने थिए – साम्राज्यवाद र उपनिवेशवादको विरोधमा । तर, सरकारहरू उल्टै आफ्ना युवाहरूलाई घर–खेत बेचाउँदै दस भागको एक भागमात्र ज्याला पाउने ठाउँमा पठाउने गल्लावालाहरू अथवा ‘ज्यामी’ बेच्ने दलालहरू भएको देखिए ।
अझ कहालीलाग्दो स्थिति त भारतका गल्लीहरूमा आफ्नै छोरा, आमा र बहिनीलाई पनि बेचेको सामान्य कुरा देखियो र सुनियो । यसको उपचार के हो ?
प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि र मन्त्रीहरू मेचमा नबसी आ–आफ्ना निर्वाचन क्षेत्रका जनताको समस्या बुझी समाधानमा लाग्ने हो – जनप्रतिनिधिहरूले ठेक्का र व्यापारमा जस्तो नाफाको निम्ति काम गर्ने होइन र गराउन रोक लगाएमा देशले नयाँ उज्यालो देख्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *