फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबिच सहमति
- श्रावण ५, २०८३
काठमाडौँ, ३१ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बाढी–पहिरो पीडित जनतालाई सहयोग गर्न सांसदहरू आ–आफ्नो क्षेत्र जानको लागि प्रतिनिधिसभाको बैठक सभामुखको आदेशअनुसार स्थगित गरिएको बेला राज्य व्यवस्था तथा सुशासन समितिले बैठक सञ्चालन गर्नु उचित नहुने उल्लेख गर्नुभयो ।
राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा सांसद सुवालले थप्नुभयो, “सामान्य अवस्थामा प्रतिनिधिसभाको बैठक स्थगित भएको होइन । बाढी–पहिरो पीडित जनताको उद्धार, राहत र पुनःस्थापना कार्यमा सांसदहरू आ–आफ्नो क्षेत्रमा जान प्रतिनिधिसभाको बैठक सभामुखको निर्देशनमा साउन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो । सभामुखले जुन उद्देश्यको लागि बैठक स्थगित गरेका हुन् त्यसमा अवरोध पुग्ने गरी समितिको बैठक सञ्चालन गर्नु उपयुक्त छैन ।”
बाढी–पहिरोबाट पीडित जनताको उद्धार, राहत र पुनःस्थापनको कार्यमा खट्नुपर्ने र अनुगमन एवम् निर्देशनमा चौबीसै घण्टा जाग्नुपर्ने गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई विधेयक छलफलको लागि समिति बैठकमा अलमल्याउन नहुने उल्लेख गर्दै सांसद सुवालले समिति बैठक पनि एक महिनालाई स्थगित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेकाका सांसदहरू दिलेन्द्र बडु, डिला सङ्ग्रौला, मीना पाण्डे, दिव्यमणि राजभण्डारीले पनि बाढी–पहिरो पीडित जनताको सहयोगमा जान प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हुँदा समितिको बैठक पनि स्थगित गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले र माओवादीका सांसदहरूले प्रतिनिधिसभा स्थगित गरिए पनि समितिको बैठक स्थगित गर्न नहुने तर्क राखेका थिए ।
अन्ततः समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गर्नुुभयो ।
यसअघि समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा बनेको विधेयक २०७५ माथि संशोधनकर्ताहरू समेतलाई निम्ता गरी दफावार छलफल गरिएको थियो । संशोधनकर्ता सांसदहरू बाढी–पहिरो पीडित क्षेत्रमा खटिएकोले होला बैठकमा कममात्र उपस्थिति थियो ।
बैठक एक हप्ताको लागि स्थगित हुने अपेक्षा गरिए पनि बुधबार बिहान ११ बजे सङ्घीय निजामती विधेयकबारे बस्ने सूचना गरिएकोमा सबै आश्चर्यमा परेको समाचार छ ।
Leave a Reply