भर्खरै :

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम जनतालाई सास्ती कार्यक्रम !

तेज थापामगर
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रदेश ३ मा पाँच स्थानमा सञ्चालन भएको सुन्नमा आयो । भक्तपुर अस्पतालमा पनि भक्तपुर नगरपालिकाको १० वटा वडाबाट प्रत्येक वडामा महिला १०० र पुरुष १०० जनाको हिसाबले नियमित औषधि नखाएका वर्ष ४० देखि ६० सम्मका व्यक्तिहरू छनोट गरिएको थियो जो व्यवहारिक, सामाजिक, परिवारिक, काममा व्यस्त हुनेहरूको जमात हो । त्यसरी व्यस्त मानिसहरूलाई निःशुल्क पूर्ण स्वास्थ्य जाँचको नाममा एक दिनको काम ५ दिन धाउनुपर्दा स्वास्थ्य कार्यक्रमलाई जनताले सास्ती कार्यक्रमको रूपमा बुझ्न थालेका छन् । दिनदिनै कमाएर खानुपर्ने व्यक्तिहरूलाई ५ दिन स्वास्थ्य परीक्षणमै दिन बिताउनुपर्दा घरको परिस्थिति कस्तो भयो होला ?
भक्तपुर अस्पतालको बेथिति हेर्दा सुपरिटेन्डेन्टले कर्मचारीलाई तह लगाउन नसकेको अथवा विकास समितिले व्यवस्थापन गर्न नसकेको रूपमा देखियो । स्वास्थ्य जाँचको क्रममा डाक्टरलगायत अन्य कर्मचारीहरू समयमा नआउने, विनाजानकारी नआउने, सामानहरू बिग्रने आदि हिसाबले हेलचेक्र्याइँ भएको अनुभव भयो । असार २८ गते देखाउन जाँदा दम र छातीको डाक्टर आएन भनी कुरेर फर्के भने भिडियो एक्सरे र ईसीजी गर्ने पनि हुँदैन भन्यो र फर्के । २९ गते भिडियो एक्स–रे एउटा भयो र फर्कें । ३० गते बिहान ७ः०० बजे ईसीजी गर्न जाँदा एकजनाको गरिसकेपछि मेसिन बिग्रियो र घण्टौँ लाइनमा बस्नुप¥यो । ईसीजी सक्दा दमखोकी र छाती जाँच गर्नेको समय सकियो भनेर देखाउन पाएन ।
त्यतिञ्जेल विभिन्न मानिसहरूले भक्तपुर अस्पतालप्रति नराम्रो दृष्टिले हेरे । एकजना महिलाले यहाँ त यो कार्यक्रम झुर छ, अरू चार ठाउँमा राम्रो छ समय पनि थपियो तर यहाँ राम्रो पनि छैन समय पनि थपिने हो कि होइन भनिन् त्यस्तै दैनिक ३० जनाको हिसाबले परीक्षण गर्नुपर्नेमा समय अभाव देखाउँदै १५–२० जना जाँचेर फर्काउँदा पछिल्ला दिनहरूमा थप्दै थप्दै गर्दा असार मसान्त हुँदै गर्दा कति हुल हुने हो सोच्नुपर्दैन ? दैनिक जाँच ३० जना अनिवार्यरूपमा गराउनुपर्ने तर डाक्टरहरूलाई जनताको पीरमर्का थाहै हुँदैन । निःशुल्क कार्यक्रम भएकोले राम्रोसँग जाँच नगरेको पनि सुनियो ।
सुपरटेन्डेन्ट र व्यवस्थापन समितिका अध्यक्ष मिल्दैन, त्यसैले यस्तो भएको भनेर अर्को झुण्ड कराइरहेको थियो । बरु च्याम्हासिंह जनस्वास्थ्य केन्द्रमा गरेको भए कति व्यवस्थित हुने थियो । जनताले सास्ती भोगेको दुखेसोको सम्बोधन होला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *