भर्खरै :

झुठो बोले ट्रम्पले–इरान

तेहरान । हर्मुज जलमार्गमा इरानी ड्रोनमाथि संरा अमेरिकी नौसेनाले हमला गरेको भन्ने अमेरिकी राष्ट्रपतिले गरेको दाबीको इरानले खण्डन गरेको छ । उसले अमेरिकाबाट भएका यस्ता प्रचारबाजीले मध्यपूर्व क्षेत्रमा थप तनावको अवस्था बढाउने जनाएको छ ।
बिहीबार संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा प्रतिरक्षाको क्रममा संरा अमेरिकी युद्धकजहाजले इरानी ड्रोनलाई ध्वस्त बनाएको दाबी गरेका थिए ।
“ट्रम्पको दाबी भ्रमपूर्ण छ । उनले भनेको ड्रोनलगायत खाडी क्षेत्र र हर्मुज क्षेत्रमा रहेका इरानी ड्रोन सबै बिहीबार आफ्नो निर्धारित रेकीका काम सकाएर आधार क्षेत्रमा फर्केका छन्”, इरानी सेना प्रवक्ता सरदार अब्दोलफाज शेकार्चीले बताए ।
“अमेरिकी राष्ट्रपतिको भनाई आधारहीन छ । यसले खाडी र रणनीतिक महत्वको हर्मुज जलमार्गमा असुरक्षा र तनावको अवस्था सिर्जना गर्नेछ”, उनले भने ।
“इरानी सेना ‘वैधानिक’ रूपमा खाडी क्षेत्र र हर्मुज जलमार्गको रक्षाको लागि जिम्मेवार छ । अन्तर्राष्ट्रिय कानुनले पनि यही भन्छ”, उनले भने ।
यसअघि बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएस बक्सरले इरानी ड्रोनमाथि हमला गरी ध्वस्त बनाएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *