अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सियोल, ६ साउन (रासस÷योनहाप) – दक्षिण कोरियाले यसै महिना प्रजग कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ ।
गत महिना सियोलले प्रजग कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो । प्रजग कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो ।
एकीकरण मन्त्रालयका उपप्रवक्ता किम यून–हानले भन्नुभयो– दक्षिण कोरियाले यसै महिना (जुलाई) प्रजग कोरियालाई चामल उपलब्ध गराउँदैछ र आगामी सेप्टेम्बर महिनाभित्रै तोकिएको कोटा सबै प्रजग कोरिया पुगिसक्छ ।
उहाँले प्रजग कोरिया पठाइने पानीजहाज र अरु उपकरणको ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकाउन हाल गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
सन् २०१० यता प्रजग कोरियाका लागि चामल ढुवानी हुन लागेको पहिलो पटक हो । अति वर्षाका कारण खेतीबालीमा ठूलो क्षति भएका कारण त्यसबखत प्रजग कोरियाका निम्ति ५ हजार टन चामल उपलब्ध गराइएको थियो ।
प्रजग कोरियाको स्थलगत भ्रमण गरेका विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनका विज्ञ तथा प्रतिनिधिहरुले सन् २००८ यताकै विषम मौसमी प्रतिकूलताका कारण खाद्य उत्पादनमा ठूलो असर परेको र करिब एक करोड मानिस अर्थात् कूल जनसंख्याको करिब ४० प्रतिशतलाई खाद्यान्नको ठूलो अभाव रहेको प्रतिवेदन दिएका थिए ।
Leave a Reply