पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
काठमाडाँै, ७ साउन । कुनै पनि वस्तुको विज्ञापनमा सो वस्तुको मूल्य, प्रयोगविधि, गुण, उत्पादन मिति, म्याद सकिने मिति आदि विषय जानकारी हुने व्यहोरासहित गर्ने गराउने प्रावधान आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विकास समितिको मङ्गलबारको बैठकमा विज्ञापन नियमन विधेयक २०७५ बारे विज्ञहरूसँगको छलफलमा उक्त भनाइ राख्नुभएको हो ।
उहाँले थप्नुभयो, “चिकित्सकले खानयोग्य भनी सिफारिस नगरेका तयारी खानेकुराको पनि विज्ञापनमा रोक लगाउनु आवश्यक छ । हात्ती छापको कुनै उत्पादन हात्तीजस्तै बलियो भन्ने भाषामा विज्ञापन गर्ने गराउने पनि निषेध गर्नु आवश्यक छ ।”
विज्ञापन बोर्डका पदाधिकारी र सदस्यहरू सम्बन्धित क्षेत्रका विज्ञहरूबाट निर्वाचन हुनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले विज्ञापन बोर्डका पदाधिकारी र सदस्यहरू सरकारको दासको रूपमा हुन नहुने उल्लेख गर्नुभयो ।
विज्ञको रूपमा समितिमा आमन्त्रण गरिएका प्रशासकीय अदालतका मुख्य न्यायाधीश काशीराज दाहालले संसद्ले ऐनमा उल्लेख गर्नुपर्ने विषय तोकिएबमोजिम हुने उल्लेख गरी सरकारलाई छोड्नु उपयुक्त नहुने चर्चा गर्दै असत्य, कपट र भ्रम फैलाउने विज्ञापन गर्न नपाउने प्रावधान स्पष्टसँग राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्का विज्ञ पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले सरकारको प्रसारण संस्था नेपाल टेलिभिजनको प्रसारणसमेत जनताले घरको टेलिभिजनमा हेर्न केबल वा डिस होमजस्ता निजी क्षेत्रलाई शुल्क तिर्नुपर्ने स्थिति रहेको उल्लेख गर्दै प्रसारण विषयवस्तुबारे सम्पादकलाई जिम्मेवार बनाउन नहुने र सम्पादकीय स्वतन्त्रता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सङ्घमा दर्ता भएका सात सय विज्ञापन एजेन्सी भएको उल्लेख गर्दै दार्चुलाको स्थानीय स्तरमा विज्ञापन गर्न सङ्घको बोर्ड दर्ता अनुगमन हुने कानुनी प्रावधान उपयुक्त नहुने औँल्याउनुभयो ।
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक लक्ष्मण हुमागाइँले विदेशी च्यानलमा नेपाली विज्ञापन आउने बेठीक भएको उल्लेख गर्दै यसले नेपालको सार्वभौमिकता, सांस्कृतिक र आर्थिक क्षेत्रमा विदेशी हस्तक्षेप बढ्ने बताउनुभयो ।
उहाँले भारतीय च्यानल हेर्ने नेपालीले भारत सफाइ अभियान विज्ञापन हेर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।
नेपालमा आठ सय रेडियो र १ सय ३६ टेलिभिजन प्रसारण भएकोले नेपाली वस्तुको विज्ञापन नेपाली सञ्चारमाध्यमबाटै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
Leave a Reply