रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
तेहरान, २३ जुलाई । इरानले अन्तर्राष्ट्रिय परमाणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख युकिया अमानोलाई इजरायल र संरा अमेरिका मिलेर हत्या गरेको दाबी गरेको छ ।
इरानी तसमिन समाचार संस्थाले जनाएअनुसार इरानको आणविक कार्यक्रमविरुद्ध नयाँआरोप लगाउन नमान्दा अमानोलाई ‘खत्तम गरिएको’ हो ।
जापानी नागरिक आइएइएका प्रमुख अमानोले आणविक मुद्दामा इरानविरुद्ध झूटा आरोपको थालनी गर्ने इजरायल र संरा अमेरिकाको दबाब मानेका थिएनन् ।
सन् २०१५ को इरानी आणविक सम्झौता उल्लंघन गरेको भन्ने दोषारोपण इरानमाथि लगाउन अमानो तयार नभएकाले उनको हत्या भएको इरानको दाबी छ ।
अमानोको ७२ वर्षको उमेरमा निधन भएको थियो । उनी सन् २००९ देखि आइएइएका प्रमुख थिए । गएको मार्च महिनामा उनले अस्वस्थताका कारण पदबाट राजीनामा दिएका थिए । तर, उनलाई के रोग लागेको हो अझै पनि खुलेको छैन ।
यसैबीच इरानका सर्वोच्च नेताका एकजना वरिष्ठ सल्लाहकारले संरा अमेरिकाद्वारा प्रस्तावित प्यालेस्टाइनको लागि मध्यपूर्वमा शान्ति योजना सफल नहुने बताउनुभएको छ ।
इरान भ्रमणमा रहनु भएका हमासका सहायक प्रमुख सालेह अल–अरोउरीसँगको भेटघाटमा वरिष्ठ सल्लाहकार अली अक्बर बेलायतीले त्यस्तो बताउनुभएको हो ।
हमासका नेताको इरान भ्रमण संरा अमेरिकाको ‘शताब्दीको सम्झौता’ बारे छलफल भइरहेको महत्वपूर्ण समयमा भएको छ । तर, बेलायतीले सो प्रस्ताव असफल हुने निश्चित भएको बताउनुभएको छ ।
इस्लामिक गणतन्त्र इरान र प्यालेस्टाइनी जनताबीचको सम्बन्ध गहिरो भएको र आगामी दिनमा अझ गहिरो बन्दै जाने उहाँले बताउनुभयो ।
सोमबार इरानका सर्वोच्च नेता आयोतल्लाह अली खामेनीले संरा अमेरिकाको ‘आततायी’ ‘शताब्दी सम्झौता’ को प्रतिकार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
“यो खतरनाक षड्यन्त्रको लक्ष्य भनेको जनता र युवाहरूबीच प्यालेस्टाइनको पहिचान नामेट गर्नु हो”, खामेनीले भन्नुभयो ।
Leave a Reply