रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
चाओ काङचेन
पाकिस्तानको सहयोगबिना वाशिङ्टनले मध्य एसियाली देशहरूमार्फत अफगानिस्तानमा पहुँच विस्तार गर्नसक्छ । तर, त्यसो गर्न संरा अमेरिकालाई रुसले रोक्न सक्छ किनभने अधिकांश मध्य एसियाली देशहरू रुसी प्रभाव क्षेत्रअन्तर्गत छन् ।
यतिबेला अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्न ट्रम्प सरकारले तालिबानसँग वार्ता गर्ने प्रयास गरिरहेको छ । अफगानिस्तानमा युद्ध अन्त्य गर्न पाकिस्तानको सहयोग अपरिहार्य छ । सेना फिर्ताको कार्यभार, अफगानिस्तानमा स्थायित्व कायम गर्न तालिबानसँग वार्ताको लागि छिमेकी देशको सहयोग स्वाभाविकरूपमा अपरिहार्य हुन्छ । यदि इस्लामाबाद यसमा नकारात्मक भए वाशिङ्टनले केही गर्नसक्नेछैन ।
अफगानिस्तानको विषयमा वार्ता गर्दै गर्दा पाकिस्तानमा संरा अमेरिकी आर्थिक सहायता एउटा लेनदेनको विषय बनेको छ । खानको वाशिङ्टन भ्रमणमा पाकिस्तानलाई अमेरिकी आर्थिक सहायता अर्को महत्वपूर्ण विषय बनेको छ । सन् २०१८ को सुरुमा ट्रम्पले ट्वीट गरेका थिए, “संरा अमेरिकाले बितेका १५ वर्षमा ३३ अर्ब बराबरको अमेरिकी डलर सहायता पाकिस्तानलाई दिनु मूर्खता थियो । त्यसबापत उनीहरूले हामीलाई झूट र धोखाबाहेक केही दिएनन् ।” त्यसपछि ट्रम्प सरकारले इस्लामाबादलाई दिंदै आएको करोडाँै अमेरिकी डलर सहयोग बन्द ग¥यो । पाकिस्तानले यतिबेला संरा अमेरिकाले त्यस्तो निर्णय फिर्ता गरोस् भन्ने चाहेको छ किनभने दक्षिण एसियाली देश पाकिस्तान कमजोर आर्थिक अवस्थासँग जुझिरहेको छ ।
दुई नेताहरूबीचको भेटवार्ताअघि ट्रम्पले भनेका थिए, “हामीले लगाएको पैसाको उचित तरिकाले प्रयोग भए सबै पैसा फिर्ता आउन सक्छ ।” तसर्थ संरा अमेरिकाले पाकिस्तानलाई आर्थिक सहायता पुनः चालू राखे अफगानिस्तानसँग सम्झौता गर्न दुई देशबीच सहकार्य सम्भव देखिन्छ ।
इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेयता संरा अमेरिकाले खान र उनको सरकारबारे प्रस्ट तस्वीर खिच्न सकेको छैन । सन् २०१७ को अगस्तमा ट्रम्प सरकारको नयाँ दक्षिण एसिया रणनीतिले पाकिस्तानलाई छेउतिर धकेलेर भारतलाई काखी च्यापेको छ । पाकिस्तानमा अर्कै व्यक्ति प्रधानमन्त्री छन् । ट्रम्पले यतिबेला कुनै बेलाको क्रिकेट खेलाडीबाट प्रधानमन्त्री बनेका खानको माध्यमबाट संरा अमेरिकी रणनीतिलाई पुनव्र्याख्या र पुनःगठन पनि गर्नसक्छन् ।
पाकिस्तान प्रभावशाली इस्लामिक देश हो र आणविक हतियार भएको एकमात्र मुसलमान देश पनि हो । वाशिङ्टनको इरान र साउदी अरबसँगको सम्बन्धमा समस्या आइरहेको बेला ट्रम्पलाई पाकिस्तानसँग सम्बन्ध विस्तार गर्ने नयाँ आधार हासिल भएको छ । खानलाई ट्रम्पको निमन्त्रणा इस्मालसम्बन्धी संरा अमेरिकी नीतिसँग पनि जोडिन सक्छ ।
चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड परियोजना अर्को प्रमुख विषय हो । संरा अमेरिका पाकिस्तान आर्थिक क्षेत्र (सिपेक) को पूर्ण विरोधमा छ । वाशिङ्टन सिपेकलाई चीनको विस्तारवादी एजेन्डा मान्छ । पाकिस्तानमा चीनको बेल्ट एन्ड रोड परियोजनाबारे विवाद पनि कायम छ ।
केही पाकिस्तानी जनताले उक्त परियोजनाले पाकिस्तानका व्यापक सर्वसाधारण जनताको हित नगर्ने कुरा गरिरहेका छन् । यसले पाकिस्तानलाई ऋणको भारी थोपर्ने उनीहरूको भनाइ छ । तर, परियोजनाको हिस्साको रूपमा सिपेकमा पाकिस्तानले चीनसँग सहकार्य गरिरहेको छ ।
सारमा खानको वाशिङ्टन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विस्तार हुनेछ । तर, त्यो सम्बन्ध कसरी अघि बढ्ला, त्यो भने हेर्नै बाँकी छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका अध्येता हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply