अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
संरा अमेरिका र दक्षिण कोरियाको ‘मुखमा राम राम, बगलीमा छुरा’ नीतिका कारण कोरिया प्रायःद्वीपमा अङ्कुराउन थालेको शान्तिको आशा फेरि हुर्किन नपाउँदै मर्ने हो कि भन्ने आशड्ढा विश्व समुदायले गर्न थालेको छ । प्रजग कोरियाले बिहीबार बिहान सूर्योदय पूर्व नै दुई वटा मिसाइल प्रक्षेपण ग¥यो । पश्चिमा सञ्चारमाध्यमले यसलाई प्रजग कोरियाको युद्धउन्मादको रूपमा एकपक्षीय प्रचार गरे । तर, संसारसामु वास्तविकता त्यत्तिबेला खुल्यो जब प्रजग कोरिया स्वयम्ले मिसाइल प्रक्षेपणको वास्तविक कारण सार्वजनिक ग¥यो । कोरियाली प्रायःद्वीपमा दक्षिण कोरियाले अत्याधुनिक हातहतियार भित्र्याउन खोजेको र बिगतमा भएका सम्झौताको उल्लङ्घन गर्दै सैनिक अभ्यास गर्न खोजेपछि प्रजग कोरियाले प्रतिरोधमा सो मिसाइल प्रक्षेपण गरेको थियो ।
कोरिया प्रायःद्वीपमा शान्ति स्थापनाप्रति प्रजग कोरियाले बारम्बार प्रतिबद्धता व्यक्त गरिसकेको छ । शान्तिप्रति प्रतिबद्धताका कारण नै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुई चरणको वार्ता सम्पन्न भएको हो । प्रजग कोरियालाई संसारबाट अलग्याउने साम्राज्यवादी प्रपञ्च तोड्दै संसारलाई चकित पारेर किम जङ उन सिङ्गापुर र हनोई वार्तामा सहभागी बनेका थिए । प्रजग कोरियाले संरा अमेरिका र दक्षिण कोरियासँग भएका हरेक वार्तामा शान्तिप्रति प्रतिबद्धता दोहो¥याउँदै आफ्नो कुरा पारदर्शी र स्पष्टसँग राखेको छ । प्रजग कोरिया आफ्नो स्थान र हासिल गर्न सकिने उपलब्धिमा स्पष्ट छ र उसले दोहोरो चरित्र पनि देखाएको छैन ।
तर, संरा अमेरिका र दक्षिण कोरियाले भने एकातिर वार्ता गर्ने अनि अर्कोतिर प्रजग कोरियालाई कमजोर बनाउँदै लाने कुटिल खेल खेलिरहेका छन् ।
कोरिया प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणको लागि प्रजग कोरियाले आफूसँग भएका हातहतियार र केन्द्रहरू ध्वस्त बनाइसकेको छ । त्यस्ता कदमले संरा अमेरिका र दक्षिण कोरियासँग भएको सम्झौताप्रति प्योङयाङ इमानदार भएको पुष्टि गर्छ । तर, दक्षिण कोरियाले यति नै बेला अत्याधुनिक हातहतियार भित्र्याएर प्योङयाङको शान्तिप्रतिको भावना बिथोल्न खोजिरहेको छ ।
संरा अमेरिका, जापान र दक्षिण कोरियाका केही मानिस प्रजग कोरिया संसारबाट अलग्ग भएको, प्रायःद्वीपमा हतियारको होडबाजी भएको र युद्धको अवस्था सधैँ कायम भएको चाहन्छन् । विशेषतः हतियारका व्यापारीहरूलाई प्रायःद्वीपमा अशान्त अवस्था रहनु फाइदाजनक छ । उनीहरूको लागि कोरिया प्रायःद्वीपमा आज विकास भइरहेको घटनाक्रम अपाच्य भएको छ । प्रजग कोरियालाई वार्ता र संवादबाट भगाउने र समाजवादी देश प्रजग कोरियाको बदनाम गर्ने जालसाझीमा त्यो वर्ग लागिपरेको छ । दक्षिण कोरियाले अहिलेको परिस्थितिमा अत्याधुनिक हातहतियार भित्र्याउनु र सैनिक अभ्यासको तयारी गर्नु त्यही वर्गको वर्ग स्वार्थअनुरुप भइरहेको छ ।
कोरिया प्रायःद्वीपमा शान्ति विश्व शान्तिकै हिस्सा हो । तर, त्यो शान्ति झूट र अन्यायमा आधारित हुनुपर्छ । कोरियाली जनताको हित र भावनाअनुरुप त्यहाँ शान्ति स्थापना हुनुपर्छ । संरा अमेरिकी युद्धपिपासु वर्गको उक्साहटमा दक्षिण कोरियाको प्रतिक्रियावादी सेनाले फेरि पनि द्वन्द्वको अवस्था उछाल्न खोज्नु दक्षिण कोरियाली जनताको पनि हितविपरीत हो । प्रजग कोरियाले प्रतिरोधमा मिसाइल प्रक्षेपण गर्नु न्यायपूर्ण छ । स्वाधीनताको लागि लामो समयदेखि लडिरहेको एउटा स्वाभिमानी देशले आफ्नो प्रतिकार नगर्ने अपेक्षा मूर्खतामात्र हो ।
Leave a Reply