कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापार परामर्शहरूमा चीनको स्थान र भूमिका
१) संरा अमेरिकाले लादेको भन्सार दरले अन्य देशलाई त हानी गर्छ नै स्वयम् आफूलाई पनि लाभ हुँदैन ।
संरा अमेरिकी प्रशासनले अमेरिकामा निर्यात गरिने चिनियाँ सामानहरूमाथि थप भन्सार दर लाद्यो । यसले दोहोरो व्यापार र लगानी सहकार्यमा बाधा खडा ग¥यो । दुई देशमा मात्र होइन विश्वव्यापीरूपमै बजार विश्वसनियता र आर्थिक स्थिरतालाई कमजोर बनायो । संरा अमेरिकी भन्सार उपायहरूका कारण चीनको संरा अमेरिकामा निर्यात मात्रा घट्यो । चीनको भन्सार प्रशासनका अनुसार सन् २०१९ को पहिलो ४ महिनामा निर्यात वार्षिक ९.७ प्रतिशतका दरले घट्यो । प्रतिकारस्वरूप चीनले पनि संरा अमेरिकी सामानमा कर लगायो । फलस्वरूप पछिल्लो ८ महिनामा चीनमा संरा अमेरिकी निर्यात घटेको देखिन्छ ।
संरा अमेरिका र चीनबीचको आर्थिक र व्यापार विवादले उत्पन्न भएको अनिश्चितताका कारण दुवै देशका कम्पनीहरू लगानी गर्न पछि हट्दै छन् । संरा अमेरिकी लगानी क्रमशः घट्दै छ साथै चीनमा संरा अमेरिकी लगानी वृद्धिदर अत्यन्तै सुस्त छ । चिनियाँ तथ्याङ्कअनुसार अमेरिकामा प्रत्यक्ष लगानी सन् २०१८ मा ५.७९ अर्ब अमेरिकी डलरमा झ¥यो । MOFCOM को तथ्याङ्कअनुसार यदि वार्षिक आँकडा गणना गर्ने हो भने यो लगानी १० प्रतिशतले घटेको देखिन्छ । सन् २०१८ मा चीनमा भुक्तान गरिएको अमेरिकी लगानी २.६९ अर्ब अमेरिकी डलर रह्यो । यो जम्मा १.५ प्रतिशतले बढेको तथ्याङ्क हो । अघिल्लो वर्ष अर्थात् सन् २०१७ मा उक्त लगानी वृद्धिदर ११ प्रतिशत थियो । यसरी चीन संरा अमेरिकी व्यापार विवाद नटुङ्गिँदा विश्व व्यापार स·ठनले पनि विश्वव्यापी व्यापार वृद्धिको प्रक्षेपण न्यूनमात्र गरेको देखिन्छ अर्थात् सन् २०१९ मा विश्व व्यापार वृद्धि ३.७ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झर्नेछ भनी विश्व व्यापार सङ्गठनले प्रक्षेपण (पत्रकार सम्मेलन अप्रिल २, २०१९) ग¥यो ।
२) व्यापार युद्धले ‘अमेरिकालाई फेरि महान्’ बनाएन
अमेरिकी प्रशासनबाट एकतर्फी भन्सार दर वृद्धिले अमेरिकी आर्थिक वृद्धिमा कुनै प्रगति हुन सकेन बरु त्यसले संरा अमेरिकी अर्थतन्त्रमा अपूरणीय क्षति पु¥यायो । त्यसबारे चर्चा गरौँ –
पहिलो, भन्सार दर वृद्धिको नीतिले देखिने गरी अर्थात् प्रत्यक्षरूपमा अमेरिकी कम्पनीहरूको उत्पादन लागत बढ्यो ।
चिनियाँ र अमेरिकी निर्माण र उत्पादन क्षेत्रहरू एकअर्काप्रति अत्यन्त निर्भर छन् । अधिकांश अमेरिकी उत्पादन र निर्माण कम्पनीहरू चिनियाँ कच्चा पदार्थ र मध्यवर्ती सामानहरूमा निर्भर छन् । तिनीहरूलाई छोटो समयमै राम्रो वैकल्पिक स्रोतको खोजी गर्न पनि मुश्किल छ । त्यसकारण भन्सार वृद्धिका कारण लागत बेहोर्न संरा अमेरिकी कम्पनीहरू बाध्य छन् ।
दोस्रो, भन्सार दर वृद्धिको नीतिले गर्दा संरा अमेरिकामा घरेलु मूल्यवृद्धिको परिस्थिति जन्मियो । संरा अमेरिकाको दीर्घकालीन न्यून मुद्रास्फिीत पछाडि चीनबाट आयात गरिने न्यून मूल्यका तर उच्च सन्तुष्टि दिने उपभोग्य वस्तुहरू नै मुख्य कारक हुन् (value of money consumer goods) । अतिरिक्त भन्सार दर लागेपछि चिनियाँ वस्तुको अन्तिम बिक्री मूल्य बढ्यो । यसरी वास्तविक भन्सार लागत अमेरिकी सर्वसाधारण उपभोक्ताको टाउकोमा थोपरियो । संरा अमेरिकी खुद्रा महासङ्घको अध्ययनअनुसार फर्निचर एउटामा मात्र २५ प्रतिशतको दरले थप भन्सार दर बढेपछि प्रतिउपभोक्ताले ४.६ अर्ब अमेरिकी डलर थप लागत बेहोर्नुपर्ने हुन्छ ।
तेस्रो, भन्सार दर वृद्धिको नीतिले संरा अमेरिकी आर्थिक वृद्धि र जनताको जीवनशैलीमा प्रतिकूल असर देखियो ।
संरा अमेरिकी वाणिज्य विभाग र रोडियम समूह (US Chamber of commerce and Rhodium Group) को संयुक्त प्रतिवेदन सन् २०१९ मार्चले प्रस्ट देखायो –“संरा अमेरिका र चीन आर्थिक तथा व्यापार विवादको प्रभावअन्तर्गत सन् २०१९ मा र आउँदो ४ वर्षमा संरा अमेरिकामा कुल गार्हस्थ उत्पादन ६४ देखि ९१ अर्ब डलर प्रतिवर्ष घट्ने छ । यो भनेको कुल गार्हस्थ उत्पादनको ०.३ प्रतिशतदेखि ०.५ प्रतिशतका दरले घट्दै जाने आँकडा हो । यदि संरा अमेरिकामा निर्यात गरिने सम्पूर्ण चिनियाँ वस्तुहरूमाथि भन्सार दर २५ प्रतिशतले वृद्धि ग¥यो भने अबको १० वर्षको संरा अमेरिकी कुल गार्हस्थ उत्पादन सञ्चिति १० खर्ब अमेरिकी डलरले घट्ने निश्चित छ । व्यापार साझेदार, अमेरिकी बुद्धिजीवी समूह अर्थात् थिङ्क ट्याङ्कद्वारा सन् २०१९ फ्रेब्रुअरीमा प्रकाशित खोज प्रतिवेदनका अनुसार यदि संरा अमेरिकाले सम्पूर्ण आयातीत चिनियाँ सामानमा २५ प्रतिशतका दरले थप भन्सार थोपर्यो भने संरा अमेरिकी कुल गार्हस्थ उत्पादन १.०१ प्रतिशतका दरले घट्ने छ । साथै २१ लाख ६० हजार अमेरिकीहरू रोजगारविहीन हुनेछन् । चारजनाको प्रतिपरिवारमाथि वार्षिक अतिरिक्त आर्थिक बोझ भार २ हजार २ सय ९४ अमेरिकी डलर बढ्ने छ । (स्रोत ः व्यापार साझेदार ः संरा अमेरिकी अर्थतन्त्र र कामदारमाथि भन्सार दरको असर आँकलन)
चौथो, भन्सार दर वृद्धिको नीतिले चीनमा संरा अमेरिकी निर्यातमा बाधा अड्चनरूपी पर्खाल निर्माण ग¥यो ।
संरा अमेरिका – चीन व्यवसाय काउन्सिलले सन् २०१९ मे १ मा प्रकाशित गरेको ‘२०१९ राज्य निर्यात प्रतिवेदन’ मा स्पष्ट उल्लेख छ – सन् २००९ देखि २०१८ सम्मको १० वर्षमा चीनमा संरा अमेरिकी निर्यातले ११ लाख रोजगारी सृजना गर्न सघायो । संरा अमेरिकी आर्थिक वृद्धिका लागि चिनियाँ बजारको महत्व झन्–झन् बढ्दै जानेमा कुनै शङ्का छैन । गएको दशकताका चीनमा संरा अमेरिकाको ४८ वटा प्रान्तहरूले आफ्नो उत्पादित वस्तु निर्यात ग¥यो । तीमध्ये ४४ प्रान्तको निरन्तर दोहोरो अङ्कको निर्यात वृद्धिदर थियो । सन् २०१८ को आर्थिक र व्यापार विवादले अवस्था नाजुक बनायो र करिब १६ वटा प्रान्तले मात्र चीनमा निर्यात वृद्धि ग¥यो । ३४ वटा प्रान्तको सामान निर्यात अत्याधिक मात्रामा घट्यो । तीमध्ये २४ वटा प्रान्तको दोहोरो अङ्कको निर्यात अत्यधिक मात्रामा घट्यो । तीमध्ये २४ वटा प्रान्तको दोहोरो अङ्कको निर्यात घट्दो दरमा थियो । विशेषतः मध्यपश्चिम कृषि प्रान्तहरूलाई अत्यन्त गा¥हो प¥यो । भन्सार दर वृद्धिले चीनमा संरा अमेरिकी कृषिजन्य उत्पादन निर्यात अघिल्लो वर्षको तुलनामा ३३.१ प्रतिशतले घट्यो जसमा भटमासको निर्यात ५० प्रतिशतले घटेको तथ्याङ्क छ । करिब ४० वर्ष लामो अथक मेहनतले सिँचेको चिनियाँ बजार गुम्ने त्रास संरा अमेरिकी व्यवसायीहरूमा बढी छ ।
३) संरा अमेरिकी व्यापार थिचोमिचोले विश्वलाई हानी गर्छ ।
आर्थिक विश्वव्यापीकरण विभिन्न समयको एकरूपतासहित स्थापित प्रवृत्ति हो । आफ्नो देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न छिमेकीको खुट्टा तान्ने र हानी गर्ने एकपक्षीयतावादी प्रवृत्ति द्यभननबच Beggar -thy- neighbour Unilateralism र संरक्षणवाद संसारमै अलोकप्रिय छ । यसले अन्तर्राष्ट्रिय व्यापार र आर्थिक संरचना एवम् सुशासन नराम्रोसँग बिथोल्छ ।
संरा अमेरिकाले अवलम्बन गरेको व्यापार संरक्षणवादी नीति विश्व व्यापार सङ्गठनको नियमविपरीत छ । यसले बहुपक्षीय व्यापार प्रणालीमा प्रत्यक्ष क्षति पु¥याउँछ । विश्वव्यापी औद्योगिक चक्र र पूर्तिचक्रको स्वाभाविक प्रवाहमा गम्भीर अवरोध खडा गर्छ, बजार विश्वसनियता कमजोर बन्छ, विश्वव्यापी आर्थिक सुदृढीकरण (Recovery) र आर्थिक विश्वव्यापीकरणको ढाँचामा चुनौती खडा हुन्छ ।
केही चुनौतिहरू
पहिलो, संरा अमेरिकी एकतर्फी नीतिले बहुपक्षीय व्यापार प्रणालीको अधिकार कमजोर बन्छ ।
संरा अमेरिकाले दफा २०१, २३२ र ३०१ सहित एकपक्षीय अनुसन्धानका सिलसिलाहरू अघि सार्दै भन्सार दर वृद्धिको असमान नीतिहरू थोप¥यो । यो कदम विश्व व्यापार सङ्गठनका अति आधारभूत र केन्द्रीय नियमहरूको गम्भीर उल्लङ्घनको दृष्टान्त हो । साथै विशेष प्राथमिकताका राष्ट्रहरू (Most-Favoured Nations) लाई गर्ने व्यवहार (विश्व व्यापार सङ्गठनको सम्झौताअनुसार आर्थिकरूपले कमजोर देशहरूलाई भन्सार दर न्युनीकरणको सुविधा प्रदान गरी विशेष प्राथमिकतामा राखिने व्यवहार ) र सम्झौता भएभन्दा माथि भन्सार दर वृद्धि गर्न नपाइने प्रतिबद्धता (Tariff Binding) माथि गम्भीर प्रहार हो ।
यस्ता एकपक्षीय र संरक्षणवादी ज्यादतीले चीनलगायत विश्व व्यापार सङ्गठनका सदस्य देशहरूको साझा उद्देश्य र चासोमा हानी पु¥यायो । अझ महत्वपूर्ण कुरा त तिनले विश्व व्यापार सङ्गठनको अधिकार कमजोर बनायो र समझदारी प्रणाली बिथोल्यो । बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई जोखिमपूर्ण अवस्थामा पु¥यायो ।
दोस्रो, संरा अमेरिकी एकतर्फी व्यापार नीतिले विश्वव्यापी आर्थिक वृद्धिलाई चुनौती दियो ।
अन्तर्राष्ट्रिय वित्तीय मन्दीको छायामा विश्वव्यापी अर्थतन्त्र अझै पनि झुण्डिरहेको छ । संरा अमेरिकी सरकारले आर्थिक तथा व्यापार विवाद र थप भन्सार वृद्धिको नीतिमाफत त्यसलाई अझ चर्काउँदै छ । यसले विश्वव्यापी आर्थिक र व्यापार व्यवस्था विथोल्छ, विश्व आर्थिक पुनप्र्राप्ति सुस्त पार्छ, सारा देशका कम्पनीहरू र जनताको जीवनस्तर उकास्ने र विकास गर्ने कार्यलाई शिथिल बनाउँछ र विश्व अर्थतन्त्रलाई ‘आर्थिक पतनको पासो अर्थात् मन्दी पासो’ (Recession Trap) तर्फ धकेल्छ ।
सन् २०१९ जनवरीमा विश्व बैङ्कद्वारा सार्वजनिक गरिएको विश्वव्यापी आर्थिक सम्भावनाहरूले दोहो¥यए, “विश्वव्यापी आर्थिक वृद्धि अभैm २.९ प्रतिशतले तल झर्नेछ ।” विश्व बैङ्कका अनुसार यो तल झर्ने खतराको प्रमुख कारण निरन्तरको व्यापार विवाद या असमझादारी नै हो । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि सन् २०१९ का लागि विश्व आर्थिक वृद्धि ३.३ प्रतिशतको प्रक्षेपण गर्यो । विश्व आर्थिक अध्ययन प्रतिवेदनमा सन् २०१९ अप्रिलमा प्रकाशित सन् २०१८ मा अनुमान गरिएको ३.६ प्रतिशतबाट यो प्रक्षेपण भएको हो । प्रतिवेदनले आर्थिक तथा व्यापार विवादले विश्वव्यापी आर्थिक वृद्धि ह्रास र पहिल्यै रक्तअल्पता लागेको लगानी संयन्त्रलाई अझ कमजोर बनाउने पुर्वानुमान ग¥यो ।
तेस्रो, संरा अमेरिकी चालले विश्वव्यापी औद्योगिक र पूर्तिचक्र (Supply chain) बिथोल्छ ।
विश्वव्यापी औद्योगिक र पूर्ति चक्रमा चीन र संरा अमेरिका दुवै अत्यन्त नजिकबाट जोडिएका छन् । ठूलो मात्रामा मध्यवर्ती (Intermediary) वस्तुहरू उपलब्ध गराउने, अन्य देशहरूबाट उपकरण र पार्टपुर्जा चीनमा भित्याई अन्तिम वस्तु उत्पादन गरी संरा अमेरिकामा निर्यात गर्ने जस्ता कार्यहरूबाट चीन र अमेरिका पूर्तिचक्रका बलिया खम्बा हुन् । संरा अमेरिकी भन्सार वृद्धि नीतिले संरा अमेरिकीमात्र होइन, चिनियाँ कम्पनीसँग काम गर्ने सम्पूर्ण बहुराष्ट्रिय कम्पनीहरूलाई क्षति पु¥याउने छ । भन्सार दर वृद्धिको नीतिले पूर्ति चक्रको लागत कृत्रिमरूपले बढायो र त्यसको स्थिरता र सुरक्षा संयन्त्र कमजोर पार्न वातावरण बनायो । परिणामस्वरूप केही व्यवसायीहरूलाई विश्वव्यापी पूर्तिचक्रमा पुनः समायोजन गर्न अत्यधिक स्रोत बाँडफाँडको खर्च उठाउन बाध्य बनाइयो ।
पछिल्लो चीनविरुद्ध संरा अमेरिकी भन्सार दर वृद्धिको नीति सजिलै नसल्टिने र सम्पूर्ण क्षेत्रमा नकारात्मक असर गर्ने पुर्वानुमान गर्न गाह्रो छैन । चीन प्रतिकारमा दृढ भई उभिरहने छ । हालैमात्र संरा अमेरिकाले ] ‘Long-arm Jurisdictions’ (विदेशी प्रतिवादीविरुद्ध स्थानीय अदालतको क्षमता अभ्यास गर्न पाउने अधिकार) अर्थात् ‘लामोहाते अधिकार क्षेत्र’ को नीति लादेको देखिन्छ । हुवावे र राष्ट्रिय सुरक्षाको निर्माणको आधारमा अन्य चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाइयो । यी कार्यविरुद्ध चीन कृतसंकल्पित छ ।
खण्ड – २
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापार परामर्शहरूमा संरा अमेरिका आफ्नो प्रतिबद्धताहरूबाट पछाडि हट्यो । संरा अमेरिकाले छेडेको व्यापार युद्धको प्रतिक्रियास्वरूप चीन प्रतिकारका उपायहरू अवलम्बन गर्न बाध्य बन्यो । जसकारण दुईपक्षीय व्यापार र लगानी सम्बन्धमा चोट पु¥यायो । दुई देशका जनताको भलाइ र आर्थिक विकासका लागि वार्ता र परामर्शको टेबुलमा आउनु नै उपयुक्त समाधानको उपाय थियो । सन् २०१८ फेब्रुअरीमा व्यापार विवादको सुरुआतदेखि नै आर्थिक तथा व्यापार परामर्शले थुप्रै पक्षहरूमा सम्झौता गर्दै, सहमति जनाउँदै लामो यात्रा पार ग¥यो । तर परामर्शहरू सफलतामा टु·िन सकेनन् । त्यसको एउटैमात्र कारण संरा अमेरिकाले आफ्नो प्रतिबद्धता र सहमति उल्लङ्घन गर्नु र पछि हट्नु नै हो ।
क) संरा अमेरिका आफ्नो प्रतिबद्धताबाट पहिलोपटक पछि हट्दा
चीनले आर्थिक तथा व्यापारिक सङ्घर्ष वार्ता र परामर्शका आधारमा समाधान हुनुपर्ने वकालत सुरुदेखि नै गर्दै आएको हो । सन् २०१८ को फेब्रुअरीको सुरुआतमा संरा अमेरिकी सरकारले आर्थिक एवम् व्यापारका विषयमा छलफलका लागि चिनियाँ उच्च अधिकारी वासिङ्टन पठाउने प्रस्ताव अगाडि सा¥यो । यसको जवाफमा चिनियाँ उच्च पदाधिकारीसहितको वार्ता टोलीले आर्थिक एवं व्यापारिक विषयमा संरा अमेरिकासँग कैयौँ चरणमा वार्ता गर्दै सकारात्मक कदम चाल्यो । व्यापार असन्तुलन र अन्य धेरै विषयमा गहिरो विचार आदान–प्रदानसँगै दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढ्दै थियो । संरा अमेरिकी कृषि तथा ऊर्जा उत्पादनको चीनमा निर्यात बढाउने प्रारम्भिक समझदारी पनि बनिसकेको थियो । तर सन् २०१८ मार्च २२ का दिन संरा अमेरिकाले तथाकथित चीनमाथिको अनुसन्धान ‘सेक्सन ३०१’ प्रतिवेदन सार्वजनिक ग¥यो । उक्त प्रतिवेदनमा चीनमाथि ‘बौद्धिक चोरी’ र ‘जबरजस्ती प्रविधि हस्तान्तरण’ जस्ता मिथ्या आरोप लगाउँदै चीनबाट संरा अमेरिकामा निर्यात हुने ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्रीमाथि २५ प्रतिशत थप भन्सार लगाउने निर्णय ग¥यो ।
ख) संरा अमेरिका आफ्नो प्रतिबद्धताबाट दोस्रोपटक पछि हट्दा
सन् २०१८ मे १९ का दिन चीन र संरा अमेरिकाले एक संयुक्त वक्तव्य जारी ग¥यो । वक्तव्यमा व्यापार युद्धबाट पछि हट्ने समझदारी गर्दै उच्चस्तरीय वार्तालाई निरन्तरता दिने र आर्थिक तथा व्यापारसम्बन्धी मुद्दाहरूको समाधान सक्रियतापूर्वक खोज्ने कुरा उल्लेख गरिएको थियो । चिनियाँ सामग्रीमाथि थप भन्सार लगाउने योजना स्थगन गर्ने कुरा संरा अमेरिकाले सार्वजनिकरूपमै घोषणा ग¥यो । तर सन् २०१८ मे २९ का दिन अर्थात् समझदारीपत्रमा हस्ताक्षर गरेको १० दिनपछि, अमेरिकी जनता र आन्तरिक व्यापारिक समुदायको भावनाविपरित अमेरिकी प्रशासनले समझदारीपत्र च्यात्यो र थप भन्सार लाड्ने पुरानो नीति व्युँतायो । सन् २०१८ जुलाईको सुरुआतसँगै संरा अमेरिकाले तीन चरणमा भन्सार लगाउने घोषणा ग¥यो । पहिलो चरणमा ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री निर्यातमा २५ प्रतिशत भन्सार, दोस्रोमा थप २०० अर्ब अमेरिकी डलर बराबरको सामग्री निर्यातमा १० प्रतिशत भन्सार र तेस्रोमा सन् २०१९ जनवरी १ बाट यस भन्सार दरलाई २५ प्रतिशत पु¥याइने बतायो । साथै संरा अमेरिकाले बाँकी सम्पूर्ण चिनियाँ सामग्रीमा पनि थप भन्सार वृद्धि गर्ने चेतावनी दिंदै दुई देशबीचको आर्थिक एवं व्यापार सङ्घर्षलाई चर्कायो । यसको विरुद्ध चीनले आफ्नो स्वाभिमान र चिनियाँ जनताको हितलाई ध्यानमा राखेर ११० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामग्री चीन आयातमा थप भन्सार लागू ग¥यो ।
अनुवाद — हौसला
China’s Position on the China – US Economic and Trade Consultations
June, 2019
The State Council Information Office of
The People’s Republic of China .
Leave a Reply