अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
स्वास्थ्यकर्मी र बेडको अभाव
काठमाडौँ, १२ साउन ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । यही अभावका कारण दुईहप्ता अगाडि निर्माण सम्पन्न भएको एकसय शय्याको नयाँ भवन प्रयोगमा आउन सकेको छैन ।
विनाशकारी भूकम्पले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको अस्पताल भवन जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो । अस्पतालको १३० आँै वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा निर्देशक चिकित्सक केदार सेञ्जुरीले भन्नुभयो, “नयाँ भवन बन्यो तर चिकित्सक, नर्स र आवश्यक उपकरण तथा उपकरण सञ्चालन गर्ने जनशक्तिको अभावमा सञ्चालन गर्न सकिएको छैन ।”
नयाँ भवन सञ्चालनमा ल्याउन चाहिने स्वास्थ्यकर्मीको सङ्ख्या उहाँले केही खुलाउनु भएन । विसं १९४७ मा अस्पताल १५ शय्याबाट अस्पताल सञ्चालनमा आएको थियो । चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको केन्द्रीय अस्पताल (सेन्टर रिफर सेन्टर) ४६० शय्यामा गरीब जनतालाई विशेषज्ञ सेवा प्रदान गर्ने गर्दछ । नर्सिङमा प्रवीणता प्रमाण तहदेखि एमडी, एमबीबीएस, एमएस, एफआरसीएस, पीजी, पीएचडीलगायत क्षेत्रमा अध्यापन हुने गर्दछ ।
नयाँ भवन सञ्चालन एवम् नयाँ जनशक्ति थप गर्न अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म कुनै जानकारी नआएको निर्देशक सेञ्जुरीले बताउनुभयो । विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको थियो । गत वर्ष अस्पतालले ४४ हजार ५३४ आकस्मिक, तीन लाख ७८ हजार अन्तरङ, भर्ना १३ हजार १५९, शल्यक्रिया ६ हजार ८७७ बिरामीलाई सेवा प्रदान गरिएको थियो ।
यसैगरी आठ हजार ९०८ ज्येष्ठ नागरिकको निःशुल्क सेवा प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
अस्पतालका निर्देशक चिकित्सक सेञ्जुरीले प्रत्येक हप्ता निःशुल्क मिर्गाैला प्रत्यारोपण गरिँदै आएको र अब हरेक दिन प्रत्यारोपणको तयारी गर्न लागिएको र २० आकस्मिक शय्या थप गर्न लागिएको जानकारी दिनुभयो । हालसम्म अस्पतालले १४ जनाको सफल मिर्गाैला प्रत्यारोपण गरेको छ । अस्पतालमा रहेका २३ आकस्मिक शय्यामध्ये २० जनाले काम गर्छन् । अस्पतालले हालसम्म बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा दिन सकेको छैन ।
अर्बुद रोगको उपचारका लागि रेडियोथेरापी, टेमोथेरापी जडानको कार्य अन्तिम चरणमा पुगेको, नसासम्बन्धी थप उच्चस्तरीय सेवा दिन उपकरण जडान जारी रहेको पनि कार्यक्रममा जानकारी दिइयो ।
Leave a Reply