विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
अभिजित पाठक
‘यो दिमाग चञ्चल पन्क्षीजस्तै रहेछ । जति पायो अझ बढी पाउने चाहना राख्छ । तर, पनि यो असन्तुष्ट रहन्छ ।’–एमके गान्धी
हैदराबादको भारतीय प्रविधि इन्स्टिच्युट (आईआईटी) मा डिजाइनिङमा स्नातकोत्तर गरिरहेको एकजना विद्यार्थीले सुसाइट नोट लेखेर आत्महत्या ग¥यो । उसको सुसाइट नोटले साँच्चै मलाई गहिरो चोट पा¥यो । आतुरीले पिरोलिएको मध्यम वर्गमा आईआईटीबारे व्याप्त मिथकलाई टुक्राटुक्रा बनाउन मनलाग्यो । मध्यम वर्गीय मिथक भन्नुको तात्पर्य अड्ढ (मेरिट), सफलता, उपलब्धि र सक्रियता हो ।

अभिजित पाठक
पढ्ने उमेरका स्कूले केटाकेटीसमेत गृहकार्यको भारीले थिचिएका छन् । उनीहरूलाई गर्मी बिदा अर्थनबर्थका प्रोजेक्ट वर्क गरेर सकाउन बाध्य बनाइएको छ । हप्तामा हुने एक दिनको बिदा पनि पियानो कक्षादेखि विभिन्न काममा ‘सदुपयोग’ गराइएको छ ।
साना–ठूला सहरमा झुण्ड्याइएका होडिङ बोर्डहरूले आईआईटीका टपरहरूका तस्वीरहरू ठूलठूला आकारमा छापेका हुन्छन् । ‘भाग्यमानी’ विद्यार्थीका आमाबुबाले आफ्ना सन्तानको ‘जागिर र सफलता’ प्रति अग्लो नाक बनाउँछन् । परिवारमा केटाकेटीलाई फेरि पनि उनीहरूको शैक्षिक उपलब्धिका आधारमा तुलना गरिन्छ, प्रशंसा गरिन्छ, गाली गरिन्छ, माया गरिन्छ र घृणा गरिन्छ ।
अनि हामी जो फरक हुन खोजेका थिए, उनीहरूका लागि शोक वक्तव्य लेखिरहन्छौँ । नरेन्द्रनाथ चक्रवर्तीको काव्यात्मक प्रतीकअनुसार हामी उनीहरू ‘सूर्यको किरण’ जस्तै बाँचिरहेको सोच्छौँ ।
रोगको जरा
यो शिक्षाको नाममा भइरहेको रोग हो । यसले अध्येतालाई अमानवीय बनाउँछ र एकोहोरो बनाउँछ । एकजना शिक्षकको नाताले मैले यसमा दुई कारण देखेको छु ।
पहिलो कुरा त, आईआईटी प्रवेश परीक्षाको तयारीको चरणलाई गम्भीरतापूर्वक पुनःविचार गरिनुपर्छ । एकजना औसत परीक्षार्थी परीक्षा दिने बेलासम्ममा पूर्णतः हायलकायल भइसकेको हुन्छ । यो ज्यादै विरक्तलाग्दो यात्राको अनन्य हिस्सा बनेका कोचिङ सेन्टरले सिकाउने तरिकाहरूले विद्यार्थीलाई मुख्यतः एउटा अनुशासनमा बसेको मेसिनमा परिणत गरिदिएको हुन्छ ।
पूर्वपरीक्षाको शृङ्खलाले विद्यार्थीको वैज्ञानिक अनुसन्धान गर्ने भावनालाई पूर्णतः मारिदिएको हुन्छ । वैज्ञानिक अनुसन्धानको लागि आवश्यक चासो र उत्सुकता सबै खत्तम बनाइसकेको हुन्छ । बरु भौतिकविज्ञान, गणित र रसायनशास्त्रका गणितीय समस्यालाई सकेसम्म चाँडो समाधान गर्नमा नै विद्यार्थीको ध्यान एकोहोरो बनाइसकेको हुन्छ ।
परीक्षाको रणनीति बनाउने धुनमा विद्यार्थीले जीवनका साना–साना कुरा नै भुलिसकेका हुन्छन् । उनीहरूले सुर्यास्तको खुसी, रुखबाट पात झर्दाको सरलता र एकजना अनुहार चाउरी परेकी बुढी आमा आफ्नी नातिसँग हिंड्दै गरेको भव्यता नै भुलिसकेका हुन्छन् ।
माध्यमिक तहका कक्षादेखि नै विद्यार्थीलाई सामाजिक अन्तरक्रियामा लाने कुरा क्रमशः क्षीण बन्दै गएको हुन्छ । कोचिङ कक्षाको बोझले नै विद्यार्थीहरू थिचिएका हुन्छन् ।
यस्तो अवस्थाले विद्यार्थीको बौद्धिकता घटाउँदै लगेको हुन्छ । अनि कुनै हिंस्रक मनोविज्ञानको बिजारोपण गरिरहेको हुन्छ । उसलाई कुनै चासो हुन्न, कुनै काव्यात्मक भाव उसमा अंकुराउँदैन, सङ्गीतमा उसको रस बस्दैन । सधैँ युद्ध नै खेलिरहेको हुन्छ उसको मनोविज्ञानमा । प्रतिस्पर्धा र उपलब्धिको युद्ध । विलियम वर्डवर्थले यो कवितामा गरेको बोध उसले बोध गर्नसक्दैन ।
‘मीठोपना प्रकृतिले ल्याएको बोध हो
हाम्रो चञ्चल बौद्धिकताले
वस्तुको सुन्दर पक्षलाई (पुनः) आकार दिन्छ,
जसलाई हामी विच्छेदनको लागि हत्या गर्छौं ।’
दोस्रो कारण, हामीले हिँडाउने समग्र प्रक्रियाको मनोवैज्ञानिक रुपान्तरणसँग सम्बन्धित छ । विद्यार्थी वास्तवमै आईआईटीमा भर्ना भइहाले पनि उसको निम्ति त्यो ठूलो अभिशाप बनेको हुन्छ ।
‘सफलता’ को एउटैमात्र व्याख्या हुँदैन । सफलताको घरीघरी पुनः व्याख्या भइरहन्छ । समाजले आईआईटीमा पुगेका विद्यार्थीलाई उचाइमा पु¥याउँछ र त्यही बिस्तारै दबाबमा परिणत हुन्छ । विद्यार्थीले तेज गतिमा दौडिनुपर्छ । विद्यार्थीको सफलताको लम्बाइ क्रमशः बढ्दै बढ्दै जानेछ । सफलता झन् झन् दुर हुनेछ ।
कक्षा, परीक्षा, ल्याब, जागिरको चिन्ता आदि यस्ता सबै जीवनमारक नियमितताले सबैलाई प्रतिस्पर्धीमा रुपान्तरण गरिदिन्छ जसको परिणाम भयानक हुने गर्दछ । कुनै आराम हुनेछैन । बट्रान्र्ड रसेलको ‘फुर्सद’को मज्जा लिने कोही हुँदैन ।
विद्यार्थीको आफूलाई सुन्ने कोही हुन्न । कुनै मित्रता बाँकी रहन्न । सबै कुरा भौतिक र रणनीतिकमात्र हुन्छ । सफलताको अनुहार निकै कुरुप हुन्छ । आत्महत्या गर्ने विद्यार्थीको सुसाइट नोटमा त्यही प्रतिबिम्बित हुन्छ ।
हाम्रो शिक्षा र महत्वाकाङ्क्षाबारे पुनर्विचार गर्ने कि ?
मार्कले आत्महत्या ग¥यो । ऊ त म¥यो । तर, जो बाँचिरहेका छन्, उनीहरूले पनि दैनिकरूपमा आफ्नो आत्मालाई मारिरहेका छन् । यो खेलमा उनीहरू पनि वास्तवमा बिजेता होइनन् ।
हाम्रोजस्तो धेरै जनसङ्ख्या भएको देशमा बाँच्नुको कठोर सीमा मलाई थाहा छ । मलाई थाहा छ, एक जना मध्यम वर्गको व्यक्तिको लागि शिक्षा सामाजिक–आर्थिक सक्रियताको एउटैमात्र बाटो हो ।
धेरैको लागि ‘रोजगारीको खोजी’ को विकल्प छैन । रोजगारमूलक र प्राविधिक शिक्षाको माग सधैँ उँचो छ । तथापि आजको परिस्थितिमा हामीले शिक्षाको अर्थबारे पुनःविचार गर्न आवश्यक छ ।
पहिलो कुरा, हामीले बिस्तारै हिँड्न जान्नुपर्छ । हामी सधैँ हतारमा हुन्छौँ । नवउदारवादी र प्राविधिकतन्त्री युगमा नियन्त्रणहीन गतिले हामीलाई हाम्रै लयमा हाम्रो जीवन बाँच्न कठिन बनाइदिएको छ ।
कस्तो कारुणिक अवस्था । पढ्ने उमेरका स्कूले केटाकेटीसमेत गृहकार्यको भारीले थिचिएका छन् । उनीहरूलाई गर्मी बिदा अर्थनबर्थका प्रोजेक्ट वर्क गरेर सकाउन बाध्य बनाइएको छ । हप्तामा हुने एक दिनको बिदा पनि पियानो कक्षादेखि विभिन्न काममा ‘सदुपयोग’ गराइएको छ ।
दोस्रो कुरा, हामीले ‘अड्ढ’ र ‘बौद्धिकता’ को पुनःपरिभाषा गर्नुपर्छ । हामीले भावना, अन्तरक्रियात्मकता, स्वीकार्यता र मिलेर बस्ने भावनाको विकास गर्न नसक्दासम्म मेरिटोक्रेसीले समाजमा अझ हिंसालाई गहिरो बनाउने छ ।
यस्तो हिंसात्मक मनोभावले अहम्वादी व्यक्तिवाद, उपभोक्तावाद र क्रूर एक्लोपनालाई हुर्काउँछ । यस्तो अवस्थामा शैक्षिक संस्थामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमले विद्यार्थीलाई एक्लो हुनुको भावबाट मुक्त पार्नसक्दैन ।
के अब हामी व्युँझने बेला भएन र ? अथवा आईआईटीको कठिन बाटो पार गरिसकेका हाम्रा प्रिय मानिसहरूसमेत छात्रावासका कोठामा सुसाइड नोट लेखेर मृत अवस्थामा फेला परेको देख्ने दिन पर्खिरहेका छौँ ?
(लेखक जवाहारलाल नेहरू विश्वविद्यालयअन्तर्गत समाजशास्त्रका प्राध्यापक हुुनुहुन्छ ।)
स्रोतः द वायर
नेपाली अनुवादः सुशिला
Leave a Reply