भर्खरै :

चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धको दोस्रो श्वेतपत्र – ३

 
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापार परामर्शहरूमा चीनको स्थान र भूमिका
ग) संरा अमेरिका आफ्नो प्रतिबद्धताबाट तेस्रोपटक पछि हट्दा
सन् २०१८ नोभेम्बर १ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग टेलिफोन वार्ता गरे र शिखर वार्ताको प्रस्ताव अगाडि सारे । डिसेम्बर १ का दिन अर्जेन्टिनामा जी २० सम्मेलनको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच भेटघाट भयो । आर्थिक एवं व्यापार मुद्दामा दुई राष्ट्रपतिबीच महत्वपूर्ण समझदारी बन्यो । थप भन्सार दर पूर्णरूपमा अन्त्यका लागि सघन छलफल गर्ने वातावरणका निम्ति ९० दिनसम्मका लागि बढेको भन्सार दर लागू नगर्ने सहमति दुवै पक्षबीच भयो । त्यो ९० दिनको दौरान पेइचिङ र वासिङटनमा गरी चिनियाँ र संरा अमेरिकी उच्चस्तरीय वार्ता टोलीबीच तीन चरणमा छलफल भयो । चीन – अमेरिकाबीचको आर्थिक एवं व्यापारको सिद्धान्तसँग सम्बन्धित कैयौं पक्षहरूमा प्रारम्भिक सहमति बन्यो । सन् २०१९ फेब्रुअरी २५ का दिन संरा अमेरिकाले २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री आपूर्तिमा लगाउने भनिएको थप भन्सार दर स्थगनको अन्तिम दिन मार्च १ को म्यादलाई पछाडि सार्ने घोषणा ग¥यो । मार्च अन्तिमदेखि अप्रिलको सुरुआती दिनसम्म वार्ता टोलीले थप तीन चरणका उच्चस्तरीय वार्ता सम्पन्न गर्दै उल्लेख्य प्रगति हासिल ग¥यो । कैयौं चरणका वार्ताको फलस्वरूप दुर्ई देशले अधिकांश मुद्दाहरूमा सहमति बनाउन सफल भयो । सहमति जुट्न बाँकी विषयका सन्दर्भमा, चीन सरकारले समस्या समाधानका लागि आपसी समझदारी र सम्झौता गर्न आग्रह ग¥यो ।
तर संरा अमेरिकाले औंला दिँदा डँुडुलो निल्ने व्यवहार देखायो । धम्की र बलको भाषा दोहो¥यायो । अनुचित मागहरूमा अडिग रह्यो । व्यापार सङ्घर्षको सुरुआती दिनहरूको थप भन्सार दर थोपर्ने पूर्वअडान दोहो¥यायो । समझदारीका लागि चीनको सार्वभौमिकतामा आँच पु¥याउने खालका विषयलाई अनिवार्य सर्तका रूपमा अगाडि सा¥यो । जसको परिणाम समझदारी हुन बाँकी फरक मत सम्बोधन गर्न ढिलाइ भयो । सन् २०१९ मे ६ का दिन गैर–जिम्मेवारीपूर्वक संरा अमेरिकाले चीन आफ्नो अडानबाट पछि हटेको झूटा आरोप लगायो र वार्ता निष्कर्षविहस्न भएको दोष चीनमाथि लगायो । चीनको कडा विरोध भएता पनि संरा अमेरिकाले २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री आयातमा भन्सार दर १० प्रतिशतबाट २५ प्रतिशत वृद्धि ग¥यो । जसको परिणाम आर्थिक एवं व्यापार परामर्शमाथि गम्भीर अवज्ञा भएको महसुस गरियो । मे १३ का दिन संरा अमेरिकाले ३०० अर्बको चिनियाँ सामग्रीमाथि थप भन्सार दर थोपरेर चीनलाई झापड हिर्काएको घोषणा ग¥यो । सो कदमले व्यापार युद्ध समाधान गर्न दुई देशका राष्ट्रपतिबीच सम्पन्न परामर्श र सारा संसारका जनताको अपेक्षाविपरीत दुई देशबीचको आर्थिक एवं व्यापार परामर्श र विश्व अर्थतन्त्र विकासलाई छायामा पा¥यो । आफ्नो हितको रक्षा गर्नका निम्ति चीनले यसको जवाफमा अमेरिकी सामग्री आयातमा थप भन्सार दरको उपाय अवलम्बन गर्नुप¥यो ।
यसैबीच सन् २०१९ जून २ आइतबारका दिन अर्थात् व्यापार युद्ध सुरु भएको ३३२ औं दिन चीनको राज्य परिषद् सूचना कार्यालयले ‘चीन–अमेरिका आर्थिक तथा व्यापारिक परामर्शमा चीनको अडान’ शीर्षकमा श्वेतपत्र जारी ग¥यो । श्वेतपत्रमा करिब एक वर्ष अघिदेखि चीन अमेरिकाबीच जारी व्यापार युद्धका घटना र यस अवधिमा दुई देशबीच सो सम्बन्धमा भएका दर्जनौं उच्चस्तरीय वार्ताबारे विस्तृत चित्रण गरिएको छ । वार्ताको समयमा भएका विभिन्न समझदारी र आफ्नै प्रतिबद्धताबाट संरा अमेरिका पटक–पटक पछि हटेको उल्लेख गर्दै वार्ता निष्कर्षहीन भएको र परामर्शको वातावरण बिग्रिनु पछाडि संरा अमेरिका नै पूर्णरूपमा जिम्मेवार भएको उल्लेख छ ।
इतिहास साक्षी छ, व्यापार युद्धबाट कसैको हित भएको छैन । ठूला अर्थतन्त्रबीचका यस्ता सङ्घर्षले सारा विश्वका जनता प्रताडित छन् । तसर्थ चीन अमेरिकाबीच जारी व्यापार युद्ध वार्ता र परामर्शबाट समाधान गरी यी दुई देशमात्र नभई सारा संसारका जनताको हित गर्ने चिनियाँ अडान जायज छ । व्यापार युद्धमा चिनियाँ सरकारको व्यवहार र उपस्थिति अत्यन्त जिम्मेवारीपूर्ण र परिपक्व खालको छ ।
घ) चीन–संरा अमेरिका आर्थिक एवं व्यापार परामर्शमा भएको गम्भीर परिणामको सम्पूर्ण जिम्मेवारी संरा अमेरिकी सरकारले ब्यहोर्नुपर्छ ।
चीनपछि हटेको भन्ने संरा अमेरिकी सरकारको आरोप पूर्णतः आधारहीन छ । परामर्शको अवधिमा केही अंश र भाषा समायोजन गर्ने उद्देश्यले दुवै पक्षले नयाँ प्रस्ताव तयार गर्ने अभ्यास सामान्य हो । पछिल्ला १० भन्दा धेरैपटक भएका वार्ताहरूमा संरा अमेरिकाले आफ्नो अडान परिवर्तन ग¥यो । वार्ता भइरहेको अवस्थामा चीनलाई ‘पछाडि हट्यो’ भनी आरोप लगाउनु अविवेकी (reckless) हुन्छ । इतिहास साक्षी छ, हिलो छ्याप्ने, आधार भत्काउने (undermining), अत्यधिक दबाबजस्ता चतु¥याईँद्वारा बलपूर्वक पेल्ने कोसिसले सहकार्यको सम्बन्ध बिगार्ने सिवाय केही उपलब्धि हुँदैन । यसबाट ऐतिहासिक अवसर गुम्नेछ ।
एक सभ्य देशले बल प्रयोगको उपाय तब अवलम्बन गर्छ, जब शान्तिपूर्ण प्रयत्नहरू असफल हुन्छन् । संरा अमेरिकी नयाँ भन्सार दरको धम्किपछि परामर्शका निम्ति चीनले संरा अमेरिकाको भ्रमण रद्द गर्ला भन्ने चासो अन्तर्राष्ट्रिय समुदायबीच व्यापक थियो । चीन–संरा अमेरिकाबीच व्यापार वार्ताको भविष्यको दिशाबारे अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाल्यो । दुई देशबीचको व्यापार तथा आर्थिक सम्बन्धको बृहत् हितलाई ध्यानमा राखेर चीनले आफ्नो शान्त स्वभाव र सदाभैmँ आत्म–नियन्त्रण प्रदर्शन ग¥यो । यसअघिको समझदारीबमोजिम एघारौं चरणको आर्थिक तथा व्यापारिक परामर्शका निम्ति मे ९ र १० का लागि वरिष्ठ अधिकारी संरा अमेरिका पठाइयो । यस्तो कार्य गरेर चीनले वार्तामार्फत व्यापार असमझदारी समाधान गर्न उच्चत्तम इमानदारी र अत्यन्त जिम्मेवारीबोधको भावना प्रदर्शन ग¥यो । त्यसपछिका स्पष्ट र रचनात्मक छलफलमा दुवै पक्षले बिमतिहरू व्यवस्थापन गर्ने र परामर्शलाई निरन्तरता दिने सहमति गरे । चीनले संरा अमेरिकी एकतर्फी भन्सार वृद्धिको कडा विरोध ग¥यो र आवश्यक प्रतिकारको उपाय अवलम्बन गर्ने बलियो अडान राख्यो । व्यापार सम्झौता समानता र आपसी हितका आधारमा हुनुपर्ने आफ्नो धारणाप्रति चीनले पुनः जोड दियो । चीनले आफ्नो प्रमुख चासोसँग सम्बन्धित मुख्य सिद्धान्तमा सम्झौता कदापि गर्ने छैन । व्यापार सम्झौताको एक पूर्वसर्त भनेको संरा अमेरिकाले चिनियाँ आयातमा थोपरेको सम्पूर्ण थप भन्सार हटाउनुपर्छ र चीनले आयात गर्ने संरा अमेरिकी सामग्री पहिलेजस्तै हुनुपर्छ भन्ने हो । दुवै पक्षको साझा हितको उद्देश्य पूर्ति गर्ने समझदारीको भाषा सन्तुलित हुनुपर्छ ।
भाग ३
समानता र आपसी लाभको आधारमा विश्वसनीय परामर्श गर्न चीन सदा प्रतिबद्ध छ । व्यापार युद्ध र लगातारको भन्सार वृद्धिले व्यापार एवं आर्थिक मुद्दाहरू समाधान गर्छ भन्ने तर्कलाई चिनियाँ सरकार अस्वीकार गर्छ ।
यी मुद्दाहरू सल्टाउन, दुई पक्षबीचको भिन्नता साँघुरो बनाउँदै लग्न, साझा चासो तथा उद्देश्यलाई विस्तार गर्न र विश्वव्यापी आर्थिक स्थिरता एवं विकासलाई संयुक्तरूपमा जोगाउन दुवै देश असल भरोसा र विश्वसनीयताको आधारमा, आपसी सम्मान, समानता र आपसी लाभको भावनासहित परामर्शको माध्यमबाट अघि बढ्न जरुरी छ ।
१) परामर्श आपसी सम्मान, समानता र आपसी लाभमा आधारित हुनुपर्छ
चीन र संरा अमेरिकाजस्तो फरक र विशाल आर्थिक एवं व्यापारको धरातल भएका देशहरूले आर्थिक एवं व्यापार सहकार्यमा केही असमझदारी बढ्नुलाई स्वाभाविक मान्नुपर्छ । यद्यपि महत्वपूर्ण पक्ष भनेको आपसी विश्वास कसरी जगाउने भन्ने हो, सहकार्य कसरी पुनः जोड्ने र भिन्नताहरू कसरी व्यवस्थापन गर्ने भन्ने हो । दुई पक्षको भलाइका निम्ति र विश्वव्यापी आर्थिक व्यवस्था भत्कन नदिन चीनले आर्थिक एवं व्यापार परामर्शलाई अगाडि बढाउन निकै कडा मेहेनत र परिपक्व भूमिका खेलेको सत्य हो । चीन समस्याको समाधान छलफल र वार्ताबाटै हुनसक्छ भन्ने पक्षमा अडिग रह्यो । संरा अमेरिकालाई उच्च धैर्य, सहनशीलता र इमानदारीका साथ प्रतिवाद गरिरह्यो । साझा धरातलको खोजी गर्दै भिन्नताहरूलाई राम्रोसँग व्यवस्थापन गरिरह्यो । साथै आउन सक्ने बाधा–अड्चन हटाउन वैज्ञानिक र व्यावहारिक समाधानको खोजी गरिरह्यो । परामर्शका दौरान चीनले आपसमा स्वीकार्य हुने सम्झौताको विन्दुमा पुग्ने मनसायलाई प्राथमिकतामा राख्यो, आपसी सम्मान, समानता र आपसी लाभको सिद्धान्तकै आधारमा टेकेर सो साझा विन्दुको खोजी ग¥यो । आपसी सम्मानको अर्थ एक पक्षले अर्को पक्षसँग जोडिएका सम्पूर्ण सामाजिक सङ्घसंस्थाहरू, आर्थिक प्रणाली, विकासको मार्ग र अधिकार, भित्री चाहना तथा उद्देश्य र प्रमुख चासोहरूको पनि सम्मान गर्नु हो । यसको अर्थ यो पनि हो कि एकले अर्काको “खतराको सीमा या लक्ष्मण रेखा” पार गर्नु हुँदैन । विकासको अधिकारलाई लत्याउन सकिन्न साथै सार्वभौमिकता कमजोर पार्ने कार्य गरिनु हुँदैन । यो कुरामा ध्यान दिन सकिए आपसी सम्मानको अर्थ सार्थक हुन्छ ।
समानता र आपसी सम्मानको सन्दर्भमा, परामर्श गर्दा दुई पक्षको समान उपस्थिति रहने सुनिश्चितता हुनुपर्दछ । प्रतिफल आपसमा फाइदा हुने खालको हुनुपर्छ र कुनै पनि सम्झौता जीत–जीत सिद्धान्तको धरातलमा हुनुपर्दछ । एउटा पक्षले मात्र पहल गरिरहने र एउटैमात्र पक्षले सधैँ फाइदा लुट्न खोजिरहने मानसिकता रहेसम्म वार्ता कहिल्यै सफल हुँदैन ।
२) असल विश्वाससहित समान उद्देश्यतर्फ परामर्शउन्मुख हुनुपर्छ
परामर्शले दुवै पक्षबाट समान बुझाइ र साँचो प्रयासको आह्वान गर्छ । दुई पक्ष छलफलबाटै सहमति र सम्झौता खोज्ने प्रक्रियाको नाम नै परामर्श हो । परामर्शमा थुप्रै विषय र कारकले भूमिका खेल्दछ । परामर्शको दौरान दुई पक्षका लागि फरक ढङ्गले प्रस्तुत हुने, फरक चरणमा परिवर्तनहरू आइरहनुको कारण तिनका आफ्नै स्वार्थ हुन् र यो पूर्णतः प्राकृतिक मान्नुपर्छ ।
प्रभावकारी ढङ्गबाट परामर्श अघि बढे समस्या समाधान हुनेमा चिनियाँ सरकार विश्वास गर्छ । अर्को पक्षको स्थानबारे सद्भावना र पूर्ण बुझाइसहितको सहभागिताले पनि सफलताको निम्ति योगदान पु¥याउँछ अन्यथा दिगो र सशक्त सम्झौतासम्म पुग्न निकै कठिन हुनेछ, दुवै पक्षलाई दीर्घकालीन र प्रभावकारी सम्झौताको लागि उपयुक्त धरातल भेटाउन मुश्किल पर्नेछ । असल विश्वास नै परामर्शको जग हो । यी परामर्शहरूमा चिनियाँ सरकारको संलग्नता विश्वसनीयता र उच्च इमानदारीको आधारमै भएको हो । संरा अमेरिकाका चासोहरूलाई ठूलो महत्व दिएर चीनले प्रभावकारी मार्ग निर्माण गर्ने र भिन्नताहरूको सम्बोधन गर्न अगुवाइ ग¥यो । ११ चरणको उच्चस्तरीय परामर्शहरूले महत्वपूर्ण प्रगति गरेको देखिन्छ । परिणामस्वरूप ती परामर्शले चीनको चासोको मात्र होइन संरा अमेरिकाको चासोहरूको पनि सम्बोधन ग¥यो । एउटै दिशामा उद्देश्यहरू केन्द्रित गर्न सघायो । चीनले परामर्शको दौरानमा आफ्नो वचन कायम राख्यो । चीनले जोड दियो, “यदि व्यापार सम्झौता टुङ्गोमा पुग्यो भने चीनले आफ्नो प्रतिबद्धता इमानदारीपूर्वक र विश्वसनीय ढङ्गले पूरा गर्नेछ ।”
३) सिद्धान्तको हकमा चीनले कहिल्यै हस्तक्षेप स्वीकार्दैन
प्रत्येक देशको आफ्नै सिद्धान्त हुन्छ । परामर्शका दौरान देशको सार्वभौमिकता र स्वाभिमानको सम्मान गरिनुपर्छ । दुई पक्षबाट टुङ्गो लागेको सम्झौता समानता र आपसी लाभको आधारमा उभिएको हुनुपर्छ । सिद्धान्तका प्रमुख सवालहरूमा चीन कहिल्यै पछि हट्ने छैन । चीन र संरा अमेरिका दुवैले राष्ट्रिय विकास, विकासका चरणमा देशीय भिन्नताको पहिचान, एक अर्काको विकास मार्ग र आधारभूत अवधारणाहरूको सम्मान गर्न आवश्यक छ । सबै मुद्दाहरू एउटा बसाइमा नसुल्झन सक्छ । तर प्रत्येक सम्झौताले दुई पक्षको आवश्यकता पूरा गर्ने र सन्तुलन कायम गर्ने प्रतिबद्धता गर्नसक्नुपर्छ ।
चिनियाँ वस्तुमा संरा अमेरिकाले हालै गरेको भन्सार दर वृद्धिले दुईपक्षीय व्यापार मुद्दाहरू सुल्झाउन सहयोग गर्दैन । चीन यसप्रति कडा भत्र्सना गर्दछ । आफ्नो कानुनी अधिकार र उद्देश्य जोगाउन चीन तत्पर छ । चीन आफ्नो अडानमा स्थिर र स्पष्ट छ । भन्सार वृद्धिबाट समाधान कहिल्यै निस्कन्न । समाधानका लागि वार्ता नै अचुक उपाय बन्न सक्छ । चीनले चिनियाँ जनता, अमेरिकी जनता र विश्वका सम्पूर्ण जनताको हितमा तर्कसङ्गत अगुवाइ गर्न छोड्ने छैन । चीन कसैको दबाबसामु झुक्ने छैन बरु आएका सम्पूर्ण चुनौतीको सामना गरी अगाडि बढ्ने छ । चीन वार्ताको लागि खुला छ तर आवश्यक परे अन्तिम दमसम्म लड्न पनि तयार छ ।
४) कुनै पनि चुनौतीले चीनको विकास रोक्ने सामथ्र्य राख्दैन
चीनको विकास यात्रा सजिलो र सरल रेखामा नजान सक्छ । कठिनाइ र खतरनाक व्यवधानहरू यात्राका स्वाभाविक पाटा हुन् । भविष्यले जतासुकै डो¥याए पनि चीन चुनौतीसँग सामना गर्न, जोखिमहरूलाई अवसरमा बदल्न र विकासका नयाँ अध्याय खुला गर्न दृढ विश्वस्त छ ।
जस्तोसुकै बाहिरी वातावरण प्रतिकूल रहे पनि, परिवर्तन भए पनि चीन आफ्नो लक्ष्यप्रति प्रतिबद्ध छ । सुधार र खुलापनको तीव्र वृद्धिसँग आर्थिक तथा व्यापार तनावका आधारभूत समाधान पनि भेटिनेछन् । घरेलु बजारको अत्यधिक माग र पूर्ति–पक्षको व्यापक संरचनात्मक सुधारले चिनियाँ उत्पादन र कम्पनीहरूको प्रतिस्पर्धी क्षमता व्यापक विस्तार गर्नेछ । हामीसँग अझै पुग्दो समय सुहाउँदो वित्तीय र मौद्रिक नीति र योजनाहरू छन् । दिगो र स्वस्थ आर्थिक विकासका लागि चीनले स्वस्थ गति कायम गर्नसक्दछ र यसको आर्थिक सम्भावना पनि उज्यालो छ ।
चीनले सुधार र खुलापनलाई निरन्तर अगाडि बढाउने छ । चीनको ढोका कहिल्यै बन्द हुने छैन बरु अझ चौडा खुला गरिने छ । राष्ट्रपति सी चिङ फिङले अन्तर्राष्ट्रिय सहकार्यका लागि क्षेत्र तथा मार्ग मञ्चको उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्यमा बोल्नुभएको थियो, “चीनले असङ्ख्य सुधार र खुलापनका उपायहरू अवलम्बन गर्नेछ । संस्थागत र संरचनागत प्रबन्ध बलियो बनाइने छ । उच्च तहसम्म खुलापनको नीति विस्तार गरिने छ ।” सिमाना क्षेत्रहरूमा विदेशी लगानीका लागि बजार पहँुच विस्तार गर्ने, बौद्धिक सम्पत्ति सुरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउने, वस्तु र सेवाको आयात वृद्धि गर्ने, खुलापनका नीतिहरू कार्यान्वयनमा बढी जोड र बृहत्–आर्थिक नीतिहरूमा प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्य लागू गर्न जोड दिने जस्ता केही उपायहरू अवलम्बन गरिनेछन् । जति धेरै चीन खुला हुनसक्यो त्यति धेरै विश्वजगतसँग चीनको अन्तरक्रिया बढ्ने छ । जसले चीनलगायत विश्वको विकास र समृद्धिमा अतुलनीय योगदान पु¥याउने छ ।
उपसंहार
चीन र संरा अमेरिकाका लागि सहकार्यमात्र उचित छनोट हुनसक्छ । राम्रो भविष्यको मार्ग जीत–जीत नीतिले नै कोर्नेछ । चीन–संरा अमेरिकी आर्थिक र व्यापार परामर्शहरू अगाडि बढेदेखि चीन पछाडि हटेको छैन, अझ अग्रगामी पाइला चाल्दै छ । अन्त्यमा, व्यापार एवं आर्थिक मामिलाका विवाद र द्वन्द्व, छलफल र परामर्शबाटै सल्टाउन जरुरी छ । आपसी लाभ र जीत–जीत सम्झौताले मात्र चीन–संरा अमेरिकाको उद्देश्य पूरा हुन्छ र विश्वको अपेक्षा पुरा गर्न सकिन्छ । आशा गर्न सकिन्छ कि संरा अमेरिका पनि चीनसँग एउटै उद्देश्यउन्मुख मार्गमा सरिक हुनेछ । आपसी सम्मान, समानता र लाभको भावनाको सम्मान गर्ने, आर्थिक एवं व्यापार भिन्नताहरूको व्यवस्थापन गर्ने, व्यापार र आर्थिक सहकार्य बलियो बनाउने, सहकार्यको जगमा उठेको चीन–संरा अमेरिकी सम्बन्ध संयुक्तरूपमा व्यापक बनाउने , दुई देश र विश्व जगतको भलाइका निम्ति सहकार्य र स्थायित्व कायम गर्ने जस्ता समाधानका उपायहरूमा चीनसँगै संरा अमेरिका पनि उभिने आशा गर्न सकिन्छ ।
अनुवाद — हौसला
China’s Position on the China – US Economic and Trade Consultations
June, 2019
The State Council Information Office of
The People’s Republic of China .

Leave a Reply

Your email address will not be published. Required fields are marked *