भर्खरै :

कुरीति र अन्धविश्वाविरुद्ध सचेतना अभियान आवश्यक

 
सामन्ती व्यवस्थामा विद्यमान रहेको कुरीति र अन्धविश्वास विज्ञान र प्रविधिको यो युगमा पनि यथावत छ । सामन्तवादको अन्त्यसँगै कुरीति र अन्धपरम्परा एकै पटक अन्त्य नभए पनि एकपछि अर्काे घट्दै जानुपर्ने हो, तर घटेको देखिँदैन । अहिले पनि अन्धविश्वास र कुरीति नघटेको हिसाबले हाम्रो समाजमा सामन्तवादका अवशेषहरू बाँकी रहेको थाहा हुन्छ । समाजमा बाँकी रहेका कुरीतिले गर्दा पनि जनताले दुःख पाइरहेका छन् । संस्कार र चलनको नाउँमा रहेका उहिलेका कुरीतिहरू अहिले असान्दर्भिक, अनुपयुक्तमात्र होइन त्याग्नैपर्ने खालका छन् । तर ती कुरीतिहरू संस्कारको नाउँमा हामीले ग्रहण गरिरहेका छौँ ।
जनतामा राजनीतिक चेतनासँगै कुरीति र अन्धविश्वास घट्दै जानुपथ्र्याे । जनतामाझ रहेका राजनीतिक, सामाजिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवी, समाजसेवी, शिक्षकहरूले अन्धविश्वासबारे जनतामाझ राम्ररी बताउनुपर्छ, सुसूचित पार्नुपर्छ । आदर्शाेन्मुख समाज स्थापना गर्न समाजमा आदर्शाेन्मुख व्यक्ति या नागरिकको खाँचो हुन्छ । यस कार्यमा प्रगतिशील कवि, लेखक र कलाकारहरूको पनि महत्वपूर्ण देन हुन्छ । कुनै लेख, कथा, कविता, ख्याल (प्रहशन), नाटक, गीतमार्फत जनतालाई चेतना दिन सकिन्छ । जहिलेसम्म समाजमा विस·ति, विकृति रहिरहन्छ, तहिलेसम्म समाजको मुहार फेर्ने छैन, परिवर्तनको अनुभूति गर्ने छैन । सरकार र ठूला दलका नेताहरूले जिम्मेवार बनाउन नखोजेकोले समाजको संरचना बिग्रेको हो । अन्धविश्वास र कुरीतिले ठाउँपाइरहेको हो । यसकारण टोल–टोलका सामाजिक सङ्घ संस्थाले आ–आफ्नो स्थानमा जागरुक या सचेतना अभियान सञ्चालन गर्नुपर्छ, साहित्यिक, सांस्कृति र राजनीतिक र सामाजिक गतिविधिहरू गरिरहनुपर्छ । प्रबुद्ध वर्गले समाजमा बरोबर, ठाउँ–ठाउँमा मार्ग निर्देश या दिशा निर्देश कार्यक्रम गरिरहनुपर्छ ।

जनतामा राजनीतिक चेतनासँगै कुरीति र अन्धविश्वास घट्दै जानुपथ्र्याे । जनतामाझ रहेका राजनीतिक, सामाजिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवी, समाजसेवी, शिक्षकहरूले अन्धविश्वासबारे जनतामाझ राम्ररी बताउनुपर्छ, सुसूचित पार्नुपर्छ । आदर्शाेन्मुख समाज स्थापना गर्न समाजमा आदर्शाेन्मुख व्यक्ति या नागरिकको खाँचो हुन्छ । यस कार्यमा प्रगतिशील कवि, लेखक र कलाकारहरूको पनि महत्वपूर्ण देन हुन्छ ।

कलेज या क्याम्प्स भर्ना गर्नुअघि स्कूल, अनेक सङ्घ–संस्थाले एसईईमा उत्तीर्ण गरेका विद्यार्थीलाई मार्गनिर्देश काम गर्थे, गरेका थिए । त्यस्तै टोलका प्रबुद्ध वर्गले पनि गलत बाटोमा लागेका, लाग्न लागेका युवाहरूलाई सुधार्ने, सच्याउने उपाय अवलम्बन गर्नुपर्छ । त्यस्तो काम हामीले गरेनौँभने समाज परिवर्तनमा ढिलाइ हुन्छ र जीवनमा अनेक समस्याहरू यथावत भइरहन्छ । कति पालना गर्नुपर्ने संस्कार र संस्कृति छोड्दै जाने त कति छोड्नैपर्ने संस्कार र संस्कृतिलाई जीवन्तता दिइरहने समस्या अद्यापि छ । उहिलेका कुरा कति संस्कार आज असान्दर्भिक, अव्यवहारिक भइसकेका छन् । उहिलेका असान्दर्भिक, अव्यवहारिक, कुरीति र अन्धविश्वास छोड्न र छोडाउन, जीवन्तता दिइनुपर्ने संस्कार र संस्कृतिलाई आधुनिकताको नाउँमा विकृत बनाइरहेको तर्फ पनि हाम्रो ध्यान जानुपर्छ । कति संस्कार र संस्कृति समयअनुसार अघि बढाउनुपर्ने हुन्छ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्ने देखिन्छ ।
–गौरव प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *