भर्खरै :

मृत्युको उपहार दिने सरकार

प्रकृति
एक वर्षमा ८ सय नेपाली काठको बाकसमा फर्किएको समाचारले केही सचेत नेपालीलाई गम्भीर बनाउँछ । यो तथ्याङ्क वैधरूपमा विदेश गएका नेपालीको मात्र हो । अवैध रूपमा विभिन्न देशमा पुग्ने नेपाली कति छ भन्ने यकिन तथ्याङ्क छैन ।
नेपाली वैदेशिक रोजगारीमा जाने नेपाली करिब सबैजना युवा नै हुन्छन् । आफ्नो देशमा रोजगारीको उचित बन्दोबस्त नभएकै कारण आफ्नै पहल र पैसामा विदेशी भूमिमा रगत पसिना बगाएबापत नेपालीले मृत्युको उपहार पाउनु विडम्बनाको कुरा हो ।
विदेशमा कोही राती सुतिरहेको बेला हृदयघातको शिकार हुन्छ, कोही झुण्डिएरै मर्छन्, कोही सडक दुर्घटना त कोही मानसिक विकृतिको कारण ।
कामको दबाब, भाषाको समस्या र पारिवारिक उल्झन तथा डिप्रेसनलगायतका कारणले नेपाली कामदारले आत्महत्या गर्ने क्रम नरोकिएको हो । सरकारले विदेश जाने अनुमति दिँदा ध्यान दिनुपर्ने के हो भन्नेसमेत तालिम नदिँदा यस्तो परिणाम आएको बुझिन्छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डियाक एरेष्टको शिकार हुने गरेको विज्ञ बताउँछन् । त्यसैगरी मादक पदार्थको रूपमा विभिन्न केमिकलहरू मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गरेको बताइन्छ । यति सामान्य सचेतना पनि दिन नसक्ने सरकार, सरकारी प्रतिनिधिको औचित्य के ? निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरू कार्यस्थलमै हुने अनेक दुर्घटनामा पर्छन् र तिनको मृत्यु हुन्छ । यसरी ‘डाय्न्जरस’ काम गर्नुपर्ने नेपाली बाध्यता नै मृत्युको कारण बन्छ ।

कामको दबाब, भाषाको समस्या र पारिवारिक उल्झन तथा डिप्रेसनलगायतका कारणले नेपाली कामदारले आत्महत्या गर्ने क्रम नरोकिएको हो । सरकारले विदेश जाने अनुमति दिँदा ध्यान दिनुपर्ने के हो भन्नेसमेत तालिम नदिँदा यस्तो परिणाम आएको बुझिन्छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डियाक एरेष्टको शिकार हुने गरेको विज्ञ बताउँछन् । त्यसैगरी मादक पदार्थको रूपमा विभिन्न केमिकलहरू मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गरेको बताइन्छ ।

विदेशमा ठगिने, लुटिने, पिटिने जस्ता अनेक काण्ड भइरहेका छन्, त्यसबारे हजारौं घटना कारबाहीको लागि दर्ता हुन्छन् तर सरकारी निकायले काम गर्न सकेको छैन । साथै वैदेशिक रोजगारका सम्बन्धित गतिविधिमा गैरकानुनी काम गर्ने, ठग्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।
आफ्नो गुजारा चलाउन विदेशी भूमिमा जानुपर्ने बाध्यताको अन्त्य नभई नेपालीको दुःखको अन्त्य हुने छैन । रहरले नभई कहरले विदेशिन बाध्य नेपालीलाई स्वदेशमै रोगगारीको बन्दोबस्त गर्ने सरकार चाहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *