ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
नीरज
विश्व राजनीतिमा यतिखेर हर्मुज जलमार्ग (Strait of Hormuz) चर्चामा छ । यो साता यस विषयमा इरान, बेलायत र संरा अमेरिकाबीच एकप्रकारको भनाभन चल्यो । संरा अमेरिकाले इरानविरुद्ध थप नाकाबन्दीको नयाँ कानुन थोपरेलगत्तै त्यसको प्रतिरोधमा इरानले उक्त रणनीतिक महत्वको समुद्री मार्ग रोक्ने अभिव्यक्तिसँगै विश्वका सञ्चारमाध्यमहरूमा फेरि एकपटक हर्मुज जलमार्ग छायो । इरानको त्यस्तो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय कानुनको हवाला दिँदै संरा अमेरिकाले त्यो समुद्री बाटो रोक्न नमिल्नेमा जोड दियो ।
पछिल्ला यस्ता घटनाक्रमले विश्वका शक्ति राष्ट्रका निम्ति यो हर्मुज जलमार्ग किन यति महत्वपूर्ण छ भन्ने विषयमा उत्सुकता हुनु स्वाभाविक हो ।
हर्मुज जलमार्ग दक्षिणपूर्वी दिशामा रहेको ओमान खाडी र पश्चिम दिशामा रहेको पर्सियाली खाडीको बीचमा अवस्थित रणनीतिक रूपमा ज्यादै महत्वपूर्ण साँघुरो समुद्री जलमार्ग हो । यसको उत्तरमा इरान र दक्षिणमा संयुक्त अरब इमिरेटस र ओमान पर्दछ ।
यो जलमार्गको सबभन्दा साँघुरो भाग जम्मा ५४ किलोमिटरमात्र छ । पर्सियाली खाडीका तेलका धनी देशहरूबाट तेल अन्यत्र निर्यात गर्ने यो जलमार्ग नै एकमात्र बाटो हुँदै प्रत्येक दिन औसत १ करोड ५५ लाख ब्यारल तेल विश्व बजारमा जाने गर्दछ । कतिपय स्रोतले १ करोड व्यारल पनि उल्लेख गरेका छन् । संसारको ३५ प्रतिशत समुद्रबाट निकालिएको तेल यही बाटोमा निस्कन्छ । त्यस्तै सन् २०११ को तथ्याड्ढअनुुसार संसारभरको कुल तेल व्यापारको २० प्रतिशत यही बाटोमा भरपर्दछ ।
संरा अमेरिकी ऊर्जा सूचना कार्यालय नामको संस्थाले प्रकाशमा ल्याएको तथ्याड्ढअनुसार सन् २०११ को औसतमा प्रत्येक दिन त्यो जलमार्गबाट १४ वटा अप्रशोधित तेल ट्याङ्करहरू बाहिर जान्छन् । त्यहाँबाट बाहिर जाने तेलको ८५ प्रतिशतभन्दा बढी तेल जापान, भारत, दक्षिण कोरिया, नेपाल चीनलगायत एसियाली बजारमा पु¥याइन्छ ।
अप्रशोधित तेलको वजन निकै बढी हुन्छ । पर्सियाली खाडीबाट तेल बोकेर आउने दुईतिहाइ ट्याड्ढरहरूको तौल १ लाख ५० हजार डेडवेट टन हुने गर्दछ । त्यस्ता जहाजहरूको आवागमनका लागि हर्मुज जलमार्गको गहिराइ र फराकिलोपना उपयुक्त छ ।
हर्मुज जलमार्ग बन्द गरिए त्यसको वैकल्पिक बाटो लामो हुनाले यातायात खर्च अचाक्ली बढ्ने छ । त्यसको विकल्पमा प्रयोग गरिने बाटो अहिलेभन्दा ७ सय ४५ माइल बढी पर्छ । त्यो बाटो साउदी अरबबाट अबकाक हुँदै लालसागर पुग्नेछ । पूर्व–पश्चिम पाइपलाइन नामले पनि त्यो मार्ग चिनिन्छ ।
हर्मुज जलमार्गमा आवतजावत गर्ने जहाजहरू एक–अर्कासँग नजुधोस् भनेर त्यहाँ ट्राफिक नियम (Traffic Seperation Scheme –TSS) बनाइएको छ । जलमार्गको १० किलोमिटर फराकिलो बाटोलाई तीन–तीन किलोमिटरको मध्य भाग पनि बनाइएको छ । विभाजित दुई मार्गमध्ये एउटा पर्सियाली खाडी जान र अर्को त्यहाँबाट बाहिर निस्कन प्रयोग गरिन्छ । जलमार्गको सबभन्दा नजिकको देश ओमानमा ट्राफिक नियम पालना भए–नभएको अनुगमन गर्न राडारको व्यवस्था गरेको छ ।
मुसानडाम प्रायःद्वीपमा त्यो राडार जडान गरिएको छ । जलमार्गमा जान कुनै पनि जहाजले संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनसम्बन्धी सन्धिअनुसार इरान र ओमानले लागू गरेका आवागमन प्रावधान पालना गर्नुपर्ने नियम छ ।
स्टिभ एस. हाँकेले सन् २००४ अगस्ट १४ मा लेखेको ‘व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र बजार र शान्ति’ शीर्षकको लेखमा लेखेका छन्, ‘रिचर्ड निक्सनयताको सबै (संरा अमेरिकी) राष्ट्रपतिले हामीलाई तेल कम हुँदै छ भनिरहेका छन् ।’ संरा अमेरिकालाई यदि विश्वका महाशक्ति रहिरहनु छ भने तेलमा बलियो पकड नराखी उसलाई सुखै छैन । आजको परिवेशमा तेल आफ्नो हातमा हुने देश नै शक्तिशाली हुनसक्छ ।
त्यसैले संरा अमेरिका र पश्चिमी देशहरू कुनै पनि मूल्यमा संसारकै सबभन्दा रणनीतिक महत्व बोकेको हर्मुज जलमार्गबाट आफ्नो नियन्त्रण गुमाउन चाहँदैन र सक्दैन । यो ठाउँमा नियन्त्रणको लागि सन् १९८० को दशकदेखि नै संरा अमेरिका र इरानबीच पटक–पटक लडाइँ चल्दै आएको छ ।
सन् १९८८ अप्रिल १८ को दिन हर्मुज घाटीमा संरा अमेरिका र इरानबीच लडाइँ भएको थियो । त्यही वर्षको जुलाई ३ का दिन संरा अमेरिकी जलसेनाले जलमार्गमाथि उडेको भन्दै इरानी विमान खसाल्यो । यो घटनामा परी २ सय ९० जना मानिस मारिए ।
जलमार्ग प्रयोगका विषयमा सन् २००७ डिसेम्बर र २००८ को जनवरीमा पनि संरा अमेरिका र इरानबीच विवाद भए । संरा अमेरिकाले आफ्ना जलसैनिक जहाजलाई इरानले दुःख दिएको अरोप लगाए तापनि इरानले भने यसलाई नकार्दै आएको छ ।
हर्मुज जलमार्ग बन्द गरिदिए संरा अमेरिका र पश्चिम देशहरूलाई ठूलो समस्यामा पर्ने इरानलाई राम्रो जानकारी छ । त्यसकारण आफ्ना शत्रु देश संरा अमेरिकाले आफ्नो अहितमा कुनै कदम चाल्ने प्रयास गरेपछि इरानले सौदाबाजीको लागि हर्मुज जलमार्गलाई नै प्रयोग गर्ने गर्दै आएको छ । सन् २००८ जून २९ मा इरानको क्रान्तिकारी सेनाका कमाण्डर अली मोहम्मद जाफारीले यदि संरा अमेरिका र इजरायलले आफ्नो देशमा हमला गरे हर्मुज जलमार्ग बन्द गरिदिने धम्की दिएका थिए । त्यतिबेला इरानका तेलमन्त्रीलगायत अन्य सरकारी अधिकारीहरूले पनि इरानमा पश्चिमा हमलाको परिणाम तेल आपूर्तिमा समस्या हुने घोषणा गरे ।
त्यही वर्षको जुलाई ८ मा इरानका सर्वोच्च नेता अयोतोल्लाह अलीखामिनीले क्रान्तिकारी सेनालाई सम्बोधन गर्दै भनेका थिए, “यहुदीवादी राज्य (इजरायल) इरानमाथि हमला गर्न ह्वाइट हाउसका अधिकारीहरूलाई दबाब दिइरहेको छ । यदि उनीहरूले त्यस्तो मूर्खता गरे पर्सियाली खाडीमा आउने तेल अभिभ र संरा अमेरिकाका जहाजहरू इरानको पहिलो निशाना बन्नेछन् र ध्वस्त गरिने छ ।”
हर्मुज जलमार्ग वरपरका प्रायः देशका शासकलाई संरा अमेरिकाले आफ्नो कठपुतली बनाइसकेको छ । साउदी अरब, ओमान, संयुक्त अरब इमिरेटसका शासकहरू यसका उदाहरण हुन् । तर इरान भने उसको लागि तीखो
काँडा बनेको छ । अनेक जालझेल डर–धम्कीबाट स.रा अमेरिकाले इरानलाई भने कति पनि गलाउन सकेन । तेलको समृद्ध इरान आफ्नो विपक्षमा दरिलो ढङ्गले उभिएपछि हर्मुज जलर्मागमा आफ्नो एक्लौटी नियन्त्रण गर्ने उसको सपनामा इरानले चिसो पानी खन्याइदिएको छ ।
आणविक हतियारको बहानामा संरा अमेरिका इरानलाई अनेक नाकाबन्दी थोपरेर गलाउन खोज्ने तर उसका हरेक धम्कीको जवाफमा इरानले पनि अनेकन ढङ्गले संरा अमेरिकालाई भगाउन खोज्ने । यतिखेर यिनीहरूबीचको यो तानातानको थलो बनेको –हर्मुज जलमार्ग । यसैकारण पटक–पटक प्रयास गरेर पनि संरा अमेरिकाले इरानमा इराकमा जस्तै आफ्नो प्रतिकूल शासन ढाल्न सकेको छैन । न त लिवियामा जस्तै विपक्षीहरूलाई उक्साएर आफूविरुद्धको सत्ता ढाल्न नै संरा अमेरिका सफल भएको छ ।
इरानको बैड्ढसँग कारोबार गर्ने जुनसुकै देशलाई बहिष्कार गर्ने कानुन पारित गरेर संरा अमेरिकाले इरानमाथि थप बलियो नाकाबन्दी थोपरेपछि इरानले फेरि एकपल्ट हर्मुज जलमार्गको भौगोलिक अवस्थितिको विशिष्टतालाई उपयोग गरेको छ ।
त्यहाँ उसले दसदिने सैनिक अभ्यास ग¥यो । त्यसबाट संरा अमेरिकालाई पछाडि हट्न बाध्य पा¥यो । तर मङ्गलबारमात्र संरा अमेरिकाले आफ्ना जहाजलाई पुरानै ठाउँमा फर्काउन खोज्यो र इरानले कडा प्रतिक्रिया दिएको छ । हेरौँ, यो तानातानमा कसको हात माथि पर्छ । संरा अमेरिकाले यही मौकामा इरानमा हमला पनि गर्नसक्छ । तर, इरानलाई अफगानिस्तान, इराक र लिविया ठान्नु भने उसको ठूलो ऐतिहासिक भूल हुनेछ ।
Leave a Reply