मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पेइचिङ, ३० जुलाई । चीनको विदेश मन्त्रालयका एक जना प्रवक्ताले विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) मा विकासशील सदस्य देशहरूलाई विशेष र भिन्न तरिकाबाट व्यवहार गर्ने सिद्धान्तको रक्षा हुनुपर्ने बताउनुभएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुयिङले विश्व व्यापार सङ्गठनले आफ्ना सबै सदस्यको चाहनाप्रति सम्मान गर्नुपर्ने र सङ्गठनको मूल मान्यता र आधारभूत सिद्धान्त प्रतिबिम्बित गर्दै विकासशील सदस्य देशहरूलाई विशेष र फरक व्यवहारको रक्षा हुनुपर्ने बताउनुभएको हो ।
शुक्रबार संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको सन्दर्भमा जारी वक्तव्यप्रति प्रतिक्रिया जनाउँदै चीन सरकारका प्रतिनिधिबाट यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । संरा अमेरिकी वक्तव्यले विकासशील देशलाई फरक व्यवहार गर्ने व्यापार सङ्गठनको मान्यतामा परिणतको वकालत गरेको छ ।
ह्वाले व्यापार सङ्गठनमा कसरी सुधार गर्दा त्यसको मूल मान्यता र आधारभूत सिद्धान्तमा परिवर्तन हुन नहुनेमा जोड दिनुभयो । उहाँले संरा अमेरिकाले व्यापार सङ्गठनका अन्य सदस्यबाट समर्थन प्राप्त नहुने वास्तविकताप्रति सजग हुनुपर्ने धारणा राख्नुभयो ।
विश्व व्यापार सङ्गठनमा कुन देशलाई विकासशील देशको सदस्य मान्ने वा नमान्ने कुराको निक्र्योल सदस्यहरूबीचको छलफलमा आधारित हुनुपर्ने धारणा चिनियाँ कूटनीतिज्ञले राख्नुभयो । उहाँले संरा अमेरिकाले लगातार विरोधबीच पनि केही विकासशील देशहरूको विकासको तहबारे अतिरञ्जना फैलाइरहेको बताउनुभयो । उहाँले व्यापार तथा विकासबारे संरा सङ्घीय सम्मेलनले हालै पारित गरेको प्रतिवेदनले गरेको वर्गीकरण उचित भएको बताउनुभयो ।
एउटा विकासशील ठूलो देशको स्थानबाट चीनको भूमिका आफूलाई विकासशील देशको स्तरमा राख्नुमात्र सीमित छैन, बरु संसारका अरू विकासशील देशहरूको आधारभूत अधिकारको वकालत गर्नुमा छ ।
Leave a Reply