साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
प्रिय ‘कामरेड’ ओलीजी र प्रचण्डजी,
नेकपा (एमाले + माओवादी केन्द्र),
काठमाडौँ !
केही दिन अगाडि एउटा समाचारपत्रले लेख्यो – ‘नेकपाले हटायो साम्यवाद’ (नागरिक – २४ असार २०७६)
‘मूलधार’ र ‘एसियाको सबभन्दा ठूलो कम्युनिस्ट पार्टीमध्ये एउटा पार्टी’ को ‘पेटेन्ट राइट’ को विवाद पनि अब रहेन । पश्चिमी साम्राज्यवादी र विस्तारवादी देशका नेता र राजदूतहरूसँग भेट्दा ‘कामरेड’ भनेर व्यङ्ग्य गर्ने सम्भावना पनि सब ट¥यो । नेकपाको दुईतिहाइको सरकार तथा पप्पुजस्ता ठूला – ठूला ठेकेदार, घर – जग्गा ( रियल स्टेट ) कम्पनीका मालिक, अनेक काला र उज्याला व्यापारी तथा राती–राती वन विनाश गर्ने काठका व्यापारीहरूको सहयोग हुने भएपछि अब जनताको मतको निम्ति ‘कम्युनिस्ट पार्टी’ को ट्याग झुण्ड्याउनुपर्ने अवस्था पनि रहेन । अब नेकपाले मत लिन ‘निर्वाचन घोषणापत्र’ देखाउनुपर्दैन किनभने निर्वाचनमा त ‘राष्ट्र बैङ्कका’ ठूल–ठूलै नोटले चुनाव जित्ने औकात देखाइसकेको छ – नेकाको ‘प्रजातान्त्रिक समाजवाद’ ले जस्तै ।
दुवै सहअध्यक्षजीहरूसँग धर्मप्रसाद ढकाल र अन्य ‘व्यक्ति हत्या’ का घटनाहरू ठीक वा बेठीक भन्ने प्रस· जोड्न चाहन्नँ, भारतबाट सञ्चालित १० वर्षे ‘गृहयुद्ध’ को बेला अनेकौँ हत्या, हिंसा, आगजनी र लुटपाटमा मारिएका अनेक निर्दोष बाल–बालिका र व्यक्तिगत रिसइवीको कारण राजनैतिक र· दिएर गरिएका – गराइएका व्यक्तिहत्याहरूको बारेमा पनि म कुरा गर्न चाहन्नँ, न त आफ्नै शासनको अदालतले ज्यान मारेको अभियोगमा फैसला गरेका अपराधीहरूलाई न्यायाधीशहरूकै भागबण्डाको आधारमा गरिएको अदालतको फैसलाबाट छुटेका व्यक्ति र घटनाहरूकै बारे तपाइँहरूसँग छलफल गर्न चाहन्छु । ‘कामरेडहरू’ लाई म ‘क्रान्ति’ ‘मुक्ति’ ‘समाजवाद’ र ‘साम्यवाद’ को वैचारिक ‘दाम्लो’ बाट ‘स्वेच्छाले पाएको मुक्ति’ को निम्ति शुभकामना दिन चाहन्छु । प्रम ओलीजीको वर्तमान सरकारमा तपाइँ प्रचण्डजी पनि उत्तिकै जस र अपजसको जिम्मेवार हुनुहुन्छ । हुन त प्रचण्डजीको ‘अर्जुनदृष्टि’ पदमै रहने गरेको पत्रपत्रिकाले टिप्पणी गरिरहेकै छन्, त्यसबारे मेरो केही भन्नु छैन । तर, पदअनुसारको काम कसैले गरेन भने नाम होइन ‘बदनाम’ हुनु स्वाभाविक छ । यहाँ एउटा रुसी उखान छ – जो पानीसँग खेल्छ पानीमै मर्छ, जो आगोसँग खेल्छ आगोमै मर्छ । जो पदकै निम्ति दौडधूप गर्छ त्यो पदकै कारण मर्छ, जसले कामलाई नै प्राथमिकता दिन्छ, उसले कामकै कारण जस अथवा यश पाउँछ । को, कति योग्य छ भन्नेबारे कामको परिणामले देखाउँछ ।
एकातिर देशमा जनताको स्वास्थ्य सचेतता बढ्दैछ भने अर्कोतिर प्रदूषण, खाद्य पदार्थमा भइरहेको मिसावट, सीमाबाट आयात हुने खाद्य सामग्री र औषधिसमेत नक्कली हुने हुँदा रोगीहरूको सङ्ख्या बढ्दैछ । देशमा वीर अस्पतालजस्ता ठूल–ठूला अस्पतालहरू हरेक जिल्लामा नभएपनि हरेक प्रदेशमा हुनु आवश्यक छ । तर, १३० वर्षे राजधानीको सरकारी केन्द्रीय अस्पतालबारे १३ साउन २०७६ को ‘राजधानी’ दैनिकले लेख्यो, “मुलुकको जेठो वीर अस्पताल आफै बिरामी’ सघन उपजार कक्ष ‘आईसीयू अभावले बिरामी रेफर’ भन्दै निजी अस्पतालमा पठाउने, जिल्ला – जिल्लाबाट उपचारका लागि दैनिक ११ सय आउँछन्, बिरामीले पाउँदैनन् सहज सेवा ।”
उपप्रधान एवम् स्वास्थ्यमन्त्रीले चिन्ता व्यक्त गरे – “निजीमा नबिग्रने तर सरकारीमा नै बिग्रने किन ?” उत्तर प्रस्ट छ – प्रम ओली र सहअध्यक्ष प्रचण्डजी तपाईँहरूले आफ्ना कार्यकर्ताहरूलाई अस्पतालहरूका पदाधिकारीमा मनोनीत गर्नुभयो, तिनीहरूबाटै कर्मचारीहरूको मिलोमतोमा सरकारी अस्पतालका सामान बिगारिन्छ र निजीमा कारोबार गरिन्छ । तिनीहरू थप भन्छन् – “नेताहरूले ठूल – ठूलो रकम भ्रष्टाचार गर्छन् हामीले किन नगर्ने ?” यो नैतिक प्रश्नको उत्तर तपाईँहरूको व्यवहारले दिनुपर्छ – कुराले होइन ।
वीर अस्पतालबारे अरू पत्रपत्रिकाले पनि लेखे – “सरकारी सबै अस्तव्यस्त, ९० प्रतिशत चिकित्सक निजीमा, वीरको बेहाल” (अन्नपूर्ण – १३ साउन २०७६) ‘वीर अस्पतालको वार्षिकोत्सवमा निराशै निराशा’
(नेपाल समाचारपत्र – १३ साउन २०७६) यसको अर्थ नेकाको सरकारको बेला राम्रो थियो भन्ने होइन । त्यसबेला पनि स्वास्थ्यमन्त्री आफैँ सघन कक्ष र अप्रेसन थेटरमै जबरजस्ती जान खोजेका थिए र त्यहाँ आफ्नो मानिस भर्ति गर्न खोजेका थिए ।
प्रिय ‘कामरेडहरू’ !
बुद्धि, विवेक, इमानदारी र नैतिकता माथिबाट तल आउँछ, पानीजस्तै । समाचारहरू भन्छन् –ते¥हथुमको ‘ठेकेदार बेपत्ता, बनेनन् पुल’ (अन्नपूर्ण) ‘पूल बनाउनै मान्दैनन् चक्रपथका ठेकेदार, दुई वर्षमा पनि पूरा भएन ४५ प्रतिशत काम’ । (नेपाल समाचारपत्र)
नगरकोट सडकको संसदीय अनुगमनका क्रममा देखियो ‘ठेकेदारको लापरबाही’ । (कान्तिपुर – १३ साउन २०७६)
‘कामरेड’ प्रचण्डजी ! नगरकोट सडकका ठेकदार तपाईँकै घरभेटी (ठेकेदार) हुन् । जहिलेसम्म तपार्इँले त्यो घर छोड्नुहुन्न तबसम्म नगरकोटको बाटो बन्ने सम्भावना जनताले देखेका छैनन्, जसरी ऐनसेलले भन्यो – “निर्वाचनमा शासक दलहरूले २०–२० अर्ब चन्दा लिएका थिए । त्यो रकम दिएपछि सरकारको कर तिरौँला !”
यसकारण देशको विकास र प्रगतिमा अहिले तपार्इँहरू नै दोषी हुनुहुन्छ । होइन भने दोषीहरूलाई कानुनको घेरामा ल्याई सजाय दिने र तह लगाउने तपाईँ शासकहरूकै काम हो ।
प्रिय भूतपूर्व कामरेडहरू,
देशको दुर्गतिको तस्वीर यहीँ टुङ्गिन्न । देशको उत्पादनको कमी र आयातको वृद्धिले व्यापार घाटा १३ खर्ब २१ अर्ब (कान्तिपुर) । हरेक वर्ष नेपालले खर्बौँको यातायातका साधन, मोटरसाइकल र एउटै देशको ‘ज्यानमारा’ ट्रिपर आदि गाडी भित्याउँदा व्यापार घाटा नभए के हुन्छ !?
‘भन्सारै रित्याउने गरी राजश्व हिनामिना’ समाचारको शीर्षक हो । (राजधानी) गोरखापत्रको अर्थबजारको शीर्षक, ‘अव्यवस्थामा गण्डकीमा दुई भन्सार ।’ नवलपरासीको समाचार छ – ‘विचौलियाको भरमा त्रिवेणी भन्सार ।’ गम्भीर छानबिन भएमा तपार्इँकै आउरे – बाउरेहरूकै मिलेमतो जहाँ पनि देखिन्छ ।
प्रिय ‘कामरेड’हरू
आफ्ना नेता, कार्यकर्ता र माथिल्ला कर्मचारीहरूबाट राम्रा समाचारहरूमात्रै सुन्नुहुन्छ होला, महिनौँदेखि बाटा–घाटा बन्द भएका समाचारहरू सुनुहुन्न होला ! पार्टीको नाम फेरेर, ‘साम्यवाद’ हटाएर विदेशीलाई खुशी पारेरै देशको विकास हुन्छ भन्ने सपना अब छोडे हुन्छ । प्रचण्डजी त हिजो पनि प्रम हुनुभएको थियो, खोई त राम्रो काम ! स्वाभाविकरूपले दा¥ही–जु·ा लामो भएकोलाई विकास भनिँदैन, त्यसको निम्ति त जल–मल पनि हाल्नुपर्दैन । खाली अब तपार्इँका हरेक दिल्ली भ्रमणले देश खाल्टोमा पर्नेछ र भारतका हरेक ठूला नेता र कर्मचारीको भेटले देशको उचाई घटाउने काममात्रै हुनेछ ।
ठीकै छ, सिंहदरबारमा अरू पञ्च प्रमहरूकै लाममा तपार्इँहरूको तस्वीर पनि झुण्डिएका छन् । बधाई छ !
तपाइँको एक जिम्मेवार नागरिक
Leave a Reply