साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उद्योगी–व्यापारीको दलबलसहित वैशाख ३० र ३१ गते चीनको भ्रमण गरे । यसअघि आफ्नो पहिलो राष्ट्रपतिकाल सन् २०१७ मा उनी चीन गएका थिए । ट्रम्पले चीनसँग ठूलै परिमाणमा व्यापार सम्झौता गर्ने र आफ्नो देशको व्यापार घाटा घटाउने दाबी गरे पनि यसमा चीनले चासो देखाएन । अर्थात् संरा अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता क्लारामा मुख्य कार्यालय भएको प्रविधिसम्बन्धी बहुराष्ट्रिय कम्पनी ल्ख्क्ष्म्क्ष्ब् संस्थानको एआई चिप्स चीनलाई बेच्ने ट्रम्पको सपना पूरा भएन । यतिखेर चीनसँग संरा अमेरिकाको अर्बौँ डलरको व्यापार घाटा छ । ट्रम्पले सैनिक गतिविधिमा प्रयोग हुने एआई चिप्स चीनलाई बेचेर व्यापार घाटा घटाउने मनसाय राखेको थियो । ट्रम्पले चीनलाई वोइङ कम्पनीका हवाईजहाज तत्काल २०० थान गरी जम्मा ७५० थान बेच्ने तयारी गरेका थिए । संरा अमेरिकी कृषि उत्पादन भटमासको धेरै परिमाण चीनले किन्थ्यो । ट्रम्पको चीनविरुद्ध व्यापार युद्धको कारण संरा अमेरिकी निर्यात सङ्कटमा प¥यो । ट्रम्पले चीनलाई इन्धन विक्री गर्ने पनि तयारी ग¥यो । तर, चिनिया राष्ट्रपति सि चिनफिङको संरा अमेरिकी सामग्री खरिदबारे ट्रम्पसँग कुनै सम्झौता भएन । ट्रम्पले चीनको भूभाग थाइवानलाई ११ अर्ब डलरको हतियार बेच्ने प्रस्तावलाई चीनले स्वीकार गरेन ।
ट्रम्पले इरानको हर्मुज जलडमरु सुचारु गर्न चीन मध्यस्थाको भूमिकामा आउने अपेक्षा गरेका थिए । संरा अमेरिका र इजरायलले गएको फेब्रअरी २८ मा संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि हर्मुज नाकामा इरानी अवरोध सुरु भयो । ट्रम्प र न्येतान्याहुले आफ्ना सहयोगी नेटो देशहरूलाई समेत थाहा नदिई अचानक इरानमा आक्रमण गरेका थिए । यो आक्रमणसँगै पश्चिम एशियामा विश्व उडानको चौबाटो खाडी क्षेत्रको आकाशसमेत बन्द भयो ।
ट्रम्प प्रशासनले इरानको सभ्यता मेटिदिने, इरानलाई ढुङ्गे युगमा फर्काउने, इरानको ९० प्रतिशत इन्धन निर्यात हुने खर्ग टापुलाई निशाना बनाउने, इरानको आणविक केन्द्र ध्वस्त पार्ने धम्की दिइरहेको छ । यो धम्कीको प्रतिकारमा इरानी जनता देशको झन्डा बोक्दै सडकमा उत्रेका छन् । यसअघि इरानले आफ्नो नियम पालना गर्ने मित्रहरूलाई हर्मुज जल नाका खोल्ने घोषणा गरेको हो । अर्थात् संरा अमेरिका र इजरायलको जहाजलाई जान नदिने यो उद्घोष हो ।
यतिखेर संरा अमेरिकाकै कारण इरानसँगको युद्धविराम काँचो धागोमा अडिएको छ । अर्थात् ट्रम्पकै कारण पश्चिम एशियाको स्थिति तनावपूर्ण छ । ट्रम्पले खाडी क्षेत्रमा ५० हजार सेनासहित लडाकु विमान तैनाथी बढाए भने क्षेप्यास्त्र प्रणाली र बमवारीको तयारी गर्दैछ । इजरायलले पनि इरानमा आक्रमण गर्न सैन्य तयारी गरेको छ । ट्रम्प र न्येतन्याहुले इरानको तेल क्षेत्र, आणविक उर्जा क्षेत्र, सैन्य क्षेत्रमा आक्रमणको तयारी गर्दैछन् । इरानले पनि ट्रम्प र न्येतन्याहुको सैन्य आक्रमणको प्रत्याक्रमणमा सैन्य तयारी गर्दैछ ।
ट्रम्पले आफ्नो चीन भ्रमणमा इरानसँगको युद्ध रोक्न चीनको मध्यस्थताको अपेक्षा गरेका थिए । तर, चीनले त्यस्तो सङ्केत गरेन । ट्रम्पको भनाइ र गराइ फरक छ । यसकारण, पनि युरोपसमेत मध्यस्थाताको भूमिकामा आउन चाहेन । ट्रम्पको कारण पाकिस्तानको कोशिस सफल भएन ।
यतिखेर संरा अमेरिका र विश्वमै ट्रम्पको ख्याती घट्दो छ । ट्रम्पको जताततै युद्ध सुरु गर्ने नीतिको विरोध संरा अमेरिकामै बढ्दो छ । संरा अमेरिकी जनता ट्रम्पलाई सङ्केत गर्दै ‘नयाँ राजा’ चाहिँदैन भनी विरोध गर्दैछन् । संरा अमेरिकामा मध्यावधि चुनाव हुने र बढ्दो मूल्यवृद्धिको कारण ट्रम्प इरानसँगको युद्ध टुङ्ग्याउन चाहन्छन् । इरानमा भएको विनाशको क्षतिपूर्ति, आणविक ऊर्जा उत्पादनमा अवरोध नगर्ने, अबउप्रान्त आक्रमण नहुने प्रत्याभूतिलगायत इरानको शर्त स्वीकार गर्न ट्रम्प प्रशासन मानेको छैन, उल्टो ट्रम्प आफू इरान युद्धमा जितेको दाबी गरी युद्धबाट बाहिरिन चाहन्छन् । तर, यो सम्भव छैन ।
ट्रम्पको कारण इरान युद्ध भियतनाम, इराक र अफगानिस्तानजस्तै लम्बिने र इरानलाई थकाइने पनि सार्वजनिक भइरहेको छ । तर, इरान थाक्ने अवस्थामा छैन । किनभने आक्रमण ट्रम्प र न्येतन्याहुले नै गरेका हुन् । इरान युद्धले युरोप, एशियाको आर्थिक अवस्था ओरालो लागेको छ । ट्रम्प प्रशासनले यो युद्धमा १० खर्ब डलर खर्च गरेको सार्वजनिक भयो । ट्रम्प प्रशासनलाई यो युद्ध ‘दाउरा नभएको बेला पिँडालु उसिने’ जस्तै भयो । यो रकम उत्पादनशील काममा लगाइएको भए संरा अमेरिकाको व्यापार घाटा घट्ने थियो । यो युद्ध पुनः सुरु भए विश्वकै अर्थतन्त्रमा नकारात्मक प्रभाव बढ्ने छ ।
ट्रम्प र न्येतान्याहुले इरानमा हमला गरेको कारण विश्वको आर्थिक विकास २ प्रतिशतमा सीमित हुने, महँगी (मुद्रास्फिति) ६ प्रतिशत पुग्ने, खाद्य सङ्कट बढ्ने, सन् १९२९ मा झैँ शेयरबजारको मूल्य घट्ने, वित्तीय संस्था र बैङ्क असफल हुने, औद्योगिक उत्पादन ह«ास हुने बेरोजगारी बढ्नेलगायत आर्थिक सङ्कट बढ्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोग (क्ष्ब्भ्ब्) ले सन् २०२६ मा इतिहासमै सबैभन्दा बढी ऊर्जा सङ्कट हुने सार्वजनिक ग¥यो । ट्रम्प र न्येतन्याहुले इरानमा पुनःआक्रमण गरे तेल प्रतिव्यारेल डेढ सय डलर बढी पुग्ने, मलखाद थप सङ्कट हुने, कृषि उत्पादन घट्ने, अबको ६ महिनामा दाल, चामल, तरकारी, खाद्य तेलको मूल्य ४० देखि १२० प्रतिशत बढ्ने छ ।
ट्रम्प इरान युद्धमा यूएईलाई भिडाएर आफू पछि हट्न चाहेको छ । इरान आक्रमणमा ट्रम्पलाई युएईले बढी साथ दिएको हो । यसरी युद्ध धेरै देशमा फैलिने सम्भावना छ । पहिलो विश्व युद्ध (सन् १९१४–१८) र दोस्रो विश्व युद्ध (सन् १९३९–४५) पनि विस्तारै पक्ष पक्ष देशहरूमा विभाजित भइ युद्ध सुरु भएको हो । इरान युद्ध पुनः सुरु भएमा लाल सागरको समुद्रीमार्ग बन्द हुनेछ । स्वेज नहर बन्द हुनेछ । यसले युरोप र एशियाको ९० प्रतिशत समुद्री व्यापार बन्द हुनेछ ।
खाडी मुलुकको रोजगारीमा पठाइएका १ करोड भारतीयबाट आउने विप्रेषणमा अवरोध हुनुको साथै उनीहरूलाई घरफिर्ता गराउने विषय भारतलाई हाँकको रूपमा आउनेछ । भारत संसारकै बढी विप्रेषण अर्थात् वार्षिक १३५ अर्ब डलर भित्याउने मुलुक हो । यति धेरै परनिर्भर भारत युद्ध चर्किएसँगै थप ओरालो लाग्नेछ । यसले दक्षिण एशियाली देशहरूमासमेत थप सङ्कट आउने छ ।
यूएई र दुवई पर्यटन, किनमेल र संसारका धनीहरूको रकम बैङ्कमा बचत हुने केन्द्र पनि मानिन्छ । युद्ध भए यो अवस्था रहने छैन । विदेशीको बचत फिर्ता लगिने छ । यूएई युद्धको कारण तीन महिनायता खस्किएको छ । तसर्थ युद्ध रोक्नु संरा अमेरिकी जनतासँगै बाँकी संसारको लागि जरुरी छ । ट्रम्प प्रशासनमा सद्बुद्धि आओस् ।
Leave a Reply