अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
द डेली फिक्स
भारतका अर्थमन्त्री निर्मला सीतारमणले भनिन् –“म चिन्तित छु भनी म भन्दिन ।” इकोनोमिक्स टाइम्ससँग भारतको अर्थतन्त्रको स्थितिबारे अन्तर्वार्ता दिँदै तिनले भनेकी थिइन् । सीतारमणले अगाडि भनिन्– “मलाई धेरै राम्रो प्रशंसा सुन्नुछैन तर यो पनि सत्य हो कि विश्वव्यापी मन्दी चल्दाचल्दै पनि भारतले आफ्नो टाउको पानीभन्दा माथि राख्न सक्नेछ ।”
भारतको अर्थतन्त्रका सूचकहरुले भने अर्थमन्त्रीले भनेजस्तै भारतको टाउको पानीभन्दा माथि नै रहने देखिएको छैन । भारतका प्रमुख आठ उद्योगहरुको वृद्धिदर गत जूनसम्ममा ०.२ प्रतिशतमा झरेको छ, जुन गत ५० महिनामै सबभन्दा बढी गिरावट हो । त्यस्तै भारतका ११ मध्ये ९ वटा अटोमोबाइल्स (सवारी निर्माण) उद्योगहरुको बिक्रीमा जुलाईसम्ममा दोहोरो अङ्कले गिरावट आएको छ । बितेको ९ महिनामा क्रमशः भारतीय सवारी साधनको बिक्री निरन्तर ओरोलो लाग्दैआएको छ । सवारी साधनको बजारमा नेतृत्व गरिरहेको मारुतीको बिक्रीसमेत ३० प्रतिशतभन्दा बढीले कमी आएको छ, जुन विगत दुई दसकमा सबभन्दा खराब अवस्था हो । ती कम्पनीहरुले पहिले नै उत्पादनमा कमी ल्याइसकेका छन् र उद्योगका मजदुरहरुमा बेरोजगार बनिने त्रास बढ्दै गएको छ । सबभन्दा उच्च स्थानमा रहेका उपभोग्य वस्तु उत्पादन कम्पनीहरु जस्तो हिन्दुस्तान युनिलिभर, आईसीटीसी र गोडरेजले आफ्नो बिक्री एक अङ्कको वृद्धिमा झरिसकेको बताइसकेका छन् । बृहत आर्थिक स्थितिबारे निरन्तर तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने मिन्टको अध्ययन प्रतिवेदनअनुसार १६ वटा उच्च गतिका आर्थिक सूचकहरुमा आएको शिथिलताले आर्थिक वृद्धिदरमा ढिलो वा चाँडो तर कुनै पनि बेला गिरावट आउने निश्चित छ । यसबारे बजाज अटो उद्योगका अध्यक्ष राहुल बजाज खुलस्त पार्दै भन्छन् –बजारमा खासै माग सिर्जना हुनसकेको छैन, कुनै निजी लगानी छैन । अनि वृद्धि कहाँबाट आउन सक्छ ? वृद्धि भनेका कुरा आकासबाट सोझै झर्ने पनि होइन ।
अर्थतन्त्रका यी कतिपय सूचकलाई चक्रीय नै मान्दा पनि यतिबेला भारतीय अर्थतन्त्रीय चक्रको सबैभन्दा खराव अवस्थाको बिन्दुतिर अघि बढिरहेको छ भन्न कठीन छैन । भारतीय उद्योगहरुमा आउँदा चाडवाडको अगाडि मागमा केही सुधार आउने र अँध्यारो सुरुङतिर बढिरहेको वृद्धिमा केही उज्यालो छरिने आशामा छन् । तर, भारतीय अर्थतन्त्रको ओरालो यात्रा ढाँचागत रुपमै अनिवार्य र स्पष्ट छ । मागमा कमी आउनु खतराको सूचक हो किनभने उपभोगको अर्थतन्त्र विगत केही वर्षदेखि भारतलाई अगाडि बढाइरहेका दुई इन्जिनमध्ये एक हो । घाटा बजेटबाटै भए पनि भइरहेको सार्वजनिक लगानी अर्को इन्जिन हो । तर यी दुवै इन्जिन वा सूचकमा आएको गिरावटले अत्यन्त दुःखदायी अवस्था निम्तिने सङ्केत गर्दछ । विगत पाँच वर्षमा घरायसी बचत अत्यन्त धेरै घटेको छ । सन् २०१३–१४ मा कूल गार्हस्थ उत्पादनको झण्डै २२ प्रतिशत थियो भने अहिले १७ प्रतिशतमात्र छ ।
भारत अहिले आफ्ना जनसाङ्ख्यिक लाभांशको स्थितिमा छ । विगत चार दशकको अवधिमा काम गर्न सक्ने उमेरका मानिस अर्थात् युवा जनसङ्ख्या अवयस्क र वृद्धहरुको भन्दा ठूलो छ । यस्तो अवस्थामा घरेलु बचत वृद्धि हुने जो कसैले पनि अनुमान गर्न सकिन्छ किनभने परिवारका धेरै मानिस काम गरिरहेका छन् र त्यसैअनुसार पैसा पनि कमाउन सकेका होलान् । तर वास्तविकतामा त्यस्तो देखिएको छैन
त्यतिमात्र होइन अझ बढी दुःखलाग्दो तथ्याङ्क सरकार आफैले बाहिर ल्याएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा केन्द्रीय सरकारको राजस्व सङ्कलनमा १.४ प्रतिशतले मात्र वृद्धि भएको देखिएको छ । समरण रहोस् अर्थमन्त्री सीतारमणको बजेट वक्तव्यमा वार्षिक राजस्व वृद्धि अनुमान १८.३ प्रतिशत रहेको छ । यसको अर्थ अर्को त्रैमासहरुमा कर सङ्कलनमा वृद्धि दर २२.३ प्रतिशतभन्दा माथि नै हुनुपर्छ अर्थतन्त्र चाहे मन्दीमै गइरहेको अवस्था किन नहोस् ।
सीतारमणले प्रयोग गरेको प्रतीक ठीकै होला भारतको अर्थतन्त्रका अगाडि पानीको भङ्गालो छ । भारतले पानीभन्दा माथि आफ्नो टाउको एउटा बाहेक राख्न सक्ने छैन । अझ त्यो पनि भ्रमात्मक हुनेछ । केन्द्रीय सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार अरविन्द सुव्रमण्यमले भनेका छन् – भारतको कूल गार्हस्थ उत्पादनको आँकडा अत्यन्त सन्देहास्पद छन् र वास्तविक तथ्याङ्क उल्लेख्य रुपमा कमै रहेको हुनसक्छ ।
यदि यी सबै तथ्यले पनि अर्थमन्त्री र भारत सरकारलाई चिन्तित पार्दैन भने भारतको टाउकोसमेत डुब्नुभन्दा अगाडि उचित उपाय पहिल्याउन के कुराले तिनीहरुको ध्यान आकृष्ट गर्न सक्ला ? तिनीहरुले बजेट त हावामा महल ठड्याउने खालकै ल्याएका छन् जसमा बढिरहेको आर्थिक मन्दीको उल्लेखसम्म गर्न आवश्यक ठानेका थिएनन् ।
(द देली फिक्स भारतको राजनीति र अर्थतन्त्रबारे साप्ताहिक रुपमा स्क्रोल आइएन न्युज पोर्टलमा प्रकाशित हुने समाचार टिप्पणीको कोलम हो । स्क्रोल आईएनको न्यूज डेस्कमा यो तयार हुन्छ ।)
नेपाली अनुवादः संविदा
Leave a Reply