सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
दीनबन्धु अर्याल
सरकारले आ.व.२०७५÷७६ मा एक लाख ७५ हजार ९०९ जनाले स्वदेशमै रोजगारी प्रदान गरेर प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको उद्घोष ग¥यो । रोजगार प्राप्त व्यक्तिबाट ६ हजार ८६४ वटा आयोजना सम्पन्न भएको दाबी पनि सरकारले ग¥यो । गएको वर्ष ३० दिनको रोजगार दिने उद्देश्य राखे पनि औसतमा १३ दिन बराबरको स्थानीय जनताले रोजगार पाएको श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टको भनाइ छ । मन्त्री विष्टका अनुसार सो रोजगार एक छाक खान नपाउने वा गरिबीसँग पौँठेजोरी खेलेका व्यक्तिले पाएका हुन् । रोजगारीको नाममा झार उखेल्न लगाएर सरकारले २ अर्ब ३६ करोड खर्च रित्याएको छ । यस कार्यमा तीन अर्ब १० करोड रकम छुट्याइएको थियो । यसका लागि सरकारले विश्व बैङ्कबाट १३ अर्ब ऋण लिने तयारी गरेको छ ।
रोजगार कार्यक्रममा बजारमा गाईवस्तु धपाउने कामदेखि स्कूल र कलेजको चउर, बगैँचामा झार गोड्ने कार्यक्रम पनि परेका छन् । गुल्मीको मुसीकोट नगरपालिका ६ स्थित रूद्रावती क्याम्पस हाताभित्र झार गोडिरहेका व्यक्तिहरू तीन दर्जनभन्दा बढी छन् । झन्डै सबैसँग पहेँलो हेल्मेट र पोशाक पनि छन् । क्याम्पस हाताभित्रको सो झार (घाँस) उखेल्नुपर्ने हो कि होइन ? तर पनि श्रममन्त्रीले जसरी भए पनि आफ्ना पक्षधर मानिसलाई काम दिनु छ । यो घाँस त फेरि दुई÷तीन महिनापछि उम्रिने छ । स–साना नाली सफा गर्ने, बाटो छेउका झारपात काट्नेजस्ता काम दिएर सरकारले रोजगारको नाउँमा झाराटार्ने काम गरेको छ ।
सरकारले ८ घण्टाको काम भने पनि काम गर्ने समय यकिन छैन । कति काम गर्ने व्यक्तिहरू १२ बजेपछि खट्छन्, एकछिन काम गर्छन् त्यसपछि गफ मारेर बस्छन् । गाईवस्तु धपाउने काम पनि रोजगारमा परेछन् । एक ठाउँका गाईवस्तुलाई अर्को ठाउँमा धपाउने काम पाउनु पनि धन्य नै छ । यो त कहिल्यै नसकिने काम हो किनभने दिउँसो एक ठाउँमा धपाए राति फेरि त्यही पुग्छन् । यसरी वस्तु धपाउन पनि तीन–चार व्यक्ति काममा खटाएर रोजगारी दिने काम के उचित हो ? साउन १७ गतेको नागरिकले ‘श्रमदानले हुने काम साढे २ अर्ब खर्च’ शीर्षकको समाचार छाप्यो । सरकारले जसरी भए पनि आफ्ना पक्षधर व्यक्तिलाई रोजगारको नाउँमा पैसा बाँड्नु छ, बाँड्यो । रोजगारको नाउँमा पाएको काम खासै गतिलो छैन । यस्तै कामलाई सरकारले हजारौँ योजनाको काम सम्पन्न गरेको बताएको छ । श्रममन्त्री गोकर्ण विष्टले यो वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने बताए । गाईवस्तु धपाउने कामलाई पनि जनताको कार्यक्रम भनिएको छ । यसरी सरकारले राजस्वको रकम कार्यकर्तालाई बाँडेर खुसी पार्ने काम गरेको छ । एक महिनाको रोजगार पाएपछि विदेश पलायन नहुने सरकारको दृष्टिकोण कति खोटो रहेछ भन्ने कुरा यसले पनि थाहा हुन्छ ।
Leave a Reply