महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, १८ साउन । काठमाडौँ उपत्यकामा रगतको अभावलाई मनन गरी पूर्व बक्सिङ्ग खेलाडी समूह भक्तपुरले शनिबार च्याम्हासिंहमा खुला रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा पूर्व र वर्तमान बक्सिङ्ग खेलाडी तथा सर्वसाधारण युवा गरी १२६ जनाले रक्तदान गरे ।
समूहका अध्यक्ष एवम् बक्सिङ्ग खेलका प्रशिक्षक कृष्णसुन्दर प्रजापतिले समूहको नवौँ स्थापना दिवसको अवसर पारेर तथा ब्लड बैङ्कको आह्वानलाई मनन गरी रक्तदान कार्यक्रम आयोजना गरेको र समूहले भविष्यमा पनि सामाजिक हितका कार्यक्रम गर्दै जाने बताउनुभयो ।
रक्तदान कार्यक्रममा १०६ जना पुरुष र २० जना महिलाहरूले रक्तदान गरेका थिए ।
Leave a Reply