भर्खरै :

नाग पञ्चमीको महत्व एक चर्चा

सुनिता गाइसी
नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो । नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो । यस्ता विशेष पर्वहरूमा नागपञ्चमी पनि एक हो । हरेक साउन शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् । नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मुल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।
हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पुजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । साधारणरूपमा नागका ८ खलकहरू छन् भनी विभिन्न पौराणिक पुस्तकहरूमा उल्लेख गरिएको छ । ती यसप्रकार छन् ः अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर कर्कोट र शङ्ख हुन् । यी नागहरूमध्ये केहीको उल्लेख स्वस्थानी कथामा वर्णन गरिएको छ । यस कथामा नागहरूले दुःख पाई नष्ट हुन लाग्दा परदेश जाँदा नागिनीहरूले दुःख पाएको कथा र पछि अश्वस्थामा ऋषिका उपदेशले स्वस्थानी परमेश्वरीको नागिनीहरूले व्रत गरेको, माताको प्रभावले नाग र नागिनीहरूको भेट भएको र पछि अथाह सम्पति पाई सुख पाएको कथा उल्लेख गरिएको छ । यसरी हिन्दू धर्मका विभिन्न धार्मिक पुस्तक र वेद पुराणहरूमा नाग नागिनीका कथाहरू उल्लेख गरिएका छन् ।
प्रकृतिको विशेष प्राणीको रूपमा नागलाई मानिन्छ । सामान्यतः नाग र सर्पउस्तै जस्तो लाग्दछ । कतियपले दैविक शतिm भएको नाग र दैवी शतिm नभएको सर्प मान्दछन् । यस्तै नागको पुच्छर सर्पको भन्दा बोधो हुन्छ भनी बुढापाकाहरू भन्दछन् । नागको रङ्गको आधारमा यिनीहरूलाई नामकरण गरिएको पनि सुनिन्छ । जस्तै ः सेतो रङ्ग भएकोलाई सेतो नाग र कालो रङ्ग भएकोलाई काली नाग । धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने प्राणीको रूपमा परिचित नागलाई वैज्ञानिक दृष्टिकोणले पनि विशेष मानिन्छ । नाग र सर्पहरूले वातावरणमा फैलिएको विषलाई खिचेर लिन्छन् र वातावरण सफा राख्न मद्दत गर्दछन् । त्यसैले नागलाई संस्कृत भाषामा “पवनासन” पनि भनिन्छ । यसको अर्थ हावा मात्र खाएर बाँच्न सक्ने प्राणी भनिन्छ । नाग र सर्पहरूमा भएको विषमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । यस्तो विषलाई विभिन्न प्रकारको औषधि बनाउन प्रयोग गरिन्छ । हाम्रो शरीरमा विष प्रवेश गर्नेबित्तिकै प्रोटिन धेरै हुने हुनाले विष लागेपछि शरीरको रगत जमेर रगत शरीरको सबै अङ्गमा पुग्न सक्दैन र मानिसको मृत्यु हुन्छ ।
साउन शुक्ल पञ्चमीमा नागलाई विशेषरूपमा पूजा गरिन्छ । नागलाई दूध, घिउ, चन्दन, अक्षताद्वारा पूजा गरिन्छ । नाग रिसाएमा (नाग लागेमा) मानिसलाई जिउ चिलाउने, डाबर आउने इत्यादि हुन्छ भन्ने जनविश्वास रहेको छ । नाग विष्णु भगवान र शिवजीको अंश मानिन्छ । नाग विषालु हुन्छ तर धार्मिक र वैज्ञानिक हिसाबले यो अत्यन्तै उपयोगी जीव पनि हो । त्यसैले यसको संरक्षण गर्नुपर्छ भनी हाम्रा पूर्वजहरूले नागको पूजा गर्ने चलन बसाएका थिए भनी अनुमान गर्न सकिन्छ । धारा, कुवा, पँधेरो, इनार पानीको स्रोतमा नागको बास हुने हुनाले यी ठाउँहरू सधैँ सफा राख्नुपर्छ भन्ने जनविश्वास रहँदै आएको छ । यसरी हाम्रो धर्म संस्कृति, परम्पराले पनि वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । यी नै कुरालाई मध्यनजर गर्दै साउन शुक्ल पञ्चमीमा नागको विशेष पूजा गरिन्छ । काठमाडाँै उपत्यकामा नागदह र टौदहमा विशेष मेला लाग्दछ । यसैदिन हिन्दूधर्मालम्बीहरूले आ–आफनो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्वीर टाँसी दुबो, दूध इत्यादिले विधिपूर्वक पूजा गरिन्छ । त्यसैले नाग पञ्चमीलाई सहअस्तित्वको पर्वको रूपमा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *