भर्खरै :

महाधिवेशन र कार्यकर्ताको दुखेसो

महाधिवेशन र कार्यकर्ताको दुखेसो

रास्वपाको पहिलो महाधिवेशन आफ्नै दलका नेता या महाधिवेशन प्रतिनिधिहरूको असन्तोषबिच सम्पन्न हुँदै छ । अरु राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज, राजनीतिक विश्लेषक, लेखक तथा बुद्धिजीवीले भन्दा आफ्नै दलका नेता र महाधिवेशन प्रतिनिधिहरूले महाधिवेशन झुरेस्ट भएको र अन्तर्राष्ट्रिय रूपमा बेइज्जत भएको भनी आक्रोश पोखे । उनीहरूको भनाइअनुसार यो महाधिवेशनमा हार्नुपर्ने उम्मेदवार जिते र जित्नुपर्ने उम्मेदवार हारे । एकातिर एकले अर्का उम्मेदवारलाई प्रतिनिधिहरूले चिनेकै छैनन्, देश र जनताको सेवामा लागेकै छैनन् भने अर्कोतिर बन्द सत्र लम्बिएको कारण कति प्रतिनिधिहरू घर फर्केका छन् । प्रतिनिधिहरूले कुन उम्मेदवार असल, कमसल भन्नेबारे बुझ्ने मौका र अवसर नै पाएनन् । कार्यकर्ताले नचिनेका, योगदान नगरेका उम्मेदवार जिते, पार्टीमा सुरुदेखि काम गरेका हारे । पार्टीको लागि दुःख गरेका कार्यकर्ताहरू आजित भए र पुरानो सत्तारुढ दलभन्दा रास्वपा झन् गतिलो नभएको दुखेसो पोखे ।
पार्टीले महाधिवेशनमा गुट उपगुट नगर्न बिन्ती जोड गरे पनि बालेन र रवि गुट स्पष्ट देखिएको उनीहरूकै भनाइ छ । कति प्रतिनिधिहरूले बालेन पक्षका उम्मेदवारहरू हार्ने अभिव्यक्ति दिए । बालेन पक्षका उम्मेदवारहरू धेरै हारे पार्टीभित्र आन्तरिक विवाद बढ्ने त होइन भन्ने शङ्का पनि उनीहरूले व्यक्त गरे । पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वले कार्यकर्ताहरू निरास भएको दुखेसो पनि सञ्चारमाध्यममा आयो । अन्य राजनीतिक दलले रास्वपा त सिद्धान्त र विचार नै नभएको पार्टी भनी गरेको आलोचना सही रहेछ भन्ने कुरा महाधिवेशन प्रतिनिधिहरूले स्वीकारे । अधिवेशनमा पेस भएको अर्थ राजनीतिक दस्ताबेज पनि कुनै बहस र छलफल नै नगरी पारित गरिएकोमा पार्टीका प्रतिनिधिहरूले आपत्ति जनाउँदै असन्तोष व्यक्त गरे ।
पार्टीको विधान पार्टी सभापति जो कुनै व्यक्ति नआऊन् या पार्टी सभापति रविविरुद्ध अरु कसैले टाउको उठाउन नसकून् भन्ने ध्येयले होला, पार्टी सभापति उम्मेदवार बन्न एकजना प्रस्तावक र ५१ जनता समर्थक आवश्यक भएको व्यवस्था गरियो । पार्टी सभापतिमा निर्वाचित भएपछि आफ्नो पक्षको केन्द्रीय सदस्य बहुमत पु¥याउन या आफ्नो निर्णय सजिलैसँग लागू गर्ने उद्देश्यले सभापतिले ५१ जना मनोनीत गर्न पाउने व्यवस्था गरियो । पार्टीभित्र विरोधको स्वर सल्के पनि केही गर्न नसक्ने गरी या पार्टीको निर्णय सजिलैसँग बहुमतले पारित गर्न सक्ने व्यवस्था मिलाएको देखिन्छ ।
रास्वपामा रहेका र जितेका ५० प्रतिशतभन्दा बढी पुरानै दलका नेता तथा कार्यकर्ता रहेको खबर सञ्चारमाध्यममा आएकै हो । पुराना दल छोडेर, चित्त नबुझेर रास्वपामा प्रवेश गरेका नेता कार्यकर्ताहरूको विचार देश परिवर्तन गर्न होइन भन्ने कुरा रास्वपाको नीति तथा कार्यक्रमले प्रस्ट पारिसकेको छ । जो कुनै दल सत्तामा आएपछि जस्तो अपराध, भ्रष्टाचार, अनियमितता गरे पनि आफ्नो पक्षकालाई जोगाउने र विपक्षका नेता, पूर्वमन्त्री र पूर्वसांसदहरूलाई अनेक मुद्दा राख्ने, हतोत्साही बनाउने काम वर्तमान सरकारले पनि रोकेको छैन । सरकारले गठन गर्ने आयोग तथा निकायमा पहिलेदेखि दलीय सिफारिसमा पदमा बसी अवकास पाएका व्यक्ति परेका छन् या पार्टीमा क्रियाशील नेता तथा कार्यकर्ता परेका छन् । हो, अपराधी या दोषीहरू जोसुकै होऊन्, सजातगी हुनुपर्छ ।
देशमा व्याप्त कुशासन र गरिबीको अवस्थालाई सम्बोधन गर्ने काममा सरकारको ध्यान गएको छैन । कुनै पनि सरकारले आफ्नो देशको स्वाधीनता र स्वाभिमानको कुरामा कसैसँग सम्झौता गर्नु हुँदैनथ्यो । छिमेकी देशलाई खुसी पार्ने नाउँमा असमान सन्धि सम्झौता गर्न नहुनेमा शासकहरू सचेत हुनुपर्छ । देश र जनताबारे शासकहरू जिम्मेवार नहुँदा देशको स्थिति सुदृढ भएन । समृद्ध देश सुखी नेपाली भनाइमा मात्र सीमित भयो । वर्तमान शासकहरू देश र जनताप्रति संवेदनशील देखिएनन् । रास्वपाको महाधिवेशनले पार्टीको सैद्धान्तिक आधार बनाउने, बहुमत जनताको हित हुने पार्टी नीति तयार गर्ने जनतामा विश्वास थियो । तर, पार्टीले त्यस्तो मार्ग निर्देशक सिद्धान्त कुनै तयार गरेन । पार्टीको सिद्धान्त र विचार बहुमत जनताको सेवा गर्ने नभएसम्म कुनै पनि सरकारले आमूल परिवर्तन गर्न सक्दैन† गर्न अघि बढ्दैन । महत्वपूर्ण कुरा दल ठुलो र सानो होइन दलको सिद्धान्त र विचार हो† सिद्धान्त र विचार लागू गर्ने अठोट र दृढता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *