अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
वाशिङ्टन, ४ अगस्ट । आइतबार संरा अमेरिकाका दुई सहरमा भएको गोलीकाण्डले फेरि एकपल्ट संरा अमेरिकी समाजमा थिलथिलो बन्दै गएको समस्या उजागर गरेको छ । केही मानिसहरू यो समस्याको जड बन्दुकलाई मानिरहेका छन् । कोही संरा अमेरिकी समाजमा फैलिंदो मानसिक स्वास्थ्यको समस्यातिर सड्ढेत गरिरहेका छन् । केही मानिसहरू अरू नै विभिन्न कारणलाई औंलाइरहेका छन् ।
१३ घण्टाभन्दा कम सयमा आइतबार दुई वटा गोली काण्ड भयो । दुई घटनामा परी २९ जना मानिस मारिए भने ५० भन्दा बढी मानिस घाइते भए ।
संरा अमेरिका र मेक्सिकोको सिमाना नजिकको एउटा सहरमा भएको गोलीकाण्डमा कम्तीमा २० मानिस मारिए ।
तीमध्ये तीन जना मेक्सिकाली मुलका छन् । संरा अमेरिकी प्रशासन घटनालाई घरेलु आतड्ढवादी घटनास“ग जोड्न खोजिरहेका छन् ।
गोली हान्ने सुटरहरूले आप्रवासी पर्चा छरेको हुनसक्ने आशड्ढा गरिएको छ । पर्चा तिनीहरूकै हो–होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेका छन् ।
संरा अमेरिकाकै ओहायो राज्यमा आइतबार नै अर्को गोली काण्डमा भयो । त्यहा“ नौ जना मानिस मारिनुका साथै २७ जना घाइते भएका छन् ।
गोली चलाउने व्यक्ति २४ वर्षको गोरो पुरुष भएको पहिचान भएको छ । उसले आफ्नै बहिनीसहित नौ जना मानिसको हत्या गरेको छ । उसले कुन आशयले गोली प्रहार गरेको थियो भन्नेबारे प्रहरीले अनुसन्धानलाई जारी राखेको छ ।
बितेका दसकदेखि संरा अमेरिकाका सबभन्दा प्रमुख समस्यामध्ये पर्दै आएको गोली हानेर मानिसको हत्या गर्ने काण्डको सिलसिला हो, आइतबारका दुई घटना ।
जथाभावी गोली चलाएर मानिस मार्ने अधिकांश अपराधीहरू मानसिक रोगी हुने गरेको छ । कामबाट निकालिनु, सम्बन्ध टुक्रिनु जस्ता समस्याबाट प्रताडित मानिस नै यस्ता अपराध गर्न उद्दत्त हुने गरेका छन् ।
गएको दसक संरा अमेरिकामा इतिहासकै सबभन्दा खतरनाक गोलीकाण्ड भयो । सन् २००७ मा भर्जिनिया टेकमा एक जना विद्यार्थीले चलाएको गोलीले ३२ जना सर्वसाधारणको हत्या भएको थियो । सन् २०१२ मा एउटा आधारभूत विद्यालयमा भएको त्यस्तै अर्को गोलीकाण्डमा कम्तीमा २८ जना सर्वसाधारण मारिएका थिए । तीमध्ये अधिकांश बालबालिका थिए । सन् २०१६ मा ओर्लान्डोमा भएको अर्को गोली काण्डमा ४९ जना मानिस मारिएका थिए । लस भेगासमा सन् २०१७ मा भएको अर्को गोली काण्डमा झण्डै ६० जना मानिस मारिए र ५ सय मानिस घाइते भए ।
किन एक पछि अर्को यस्ता घटना भइरहेका छन् भन्नेबारे प्रष्ट कुनै कारण पहिचान भएको छैन ।
ब्रुकलिन इन्स्टिच्युट सिनियर फेलो डारेल वेस्टका अनुसार यस्तो खाले हिंसाको प्रमुख कारण भनेको बन्दुकको सर्वसुलभता हो ।
बोस्टनको नर्थइस्ट्रन युनिभर्सिटीका अपराधशास्त्रका जेम्स एलन फक्सले सरकारलाई यस्ता रक्तपातविरुद्ध कडा कार्वाही गरी नरसंहार रोक्न सल्लाह दिन्छन् ।
“उदाहरणको लागि, बन्दुक खरिद गर्न नियन्त्रण आवश्यक छ । साथै बन्दुक बोक्ने अनुमतिमा पनि कडाई आवश्यक छ”, फक्सले आफ्नो एउटा लेखमा लेखेका छन् ।
यसरी जथाभावी गोली चलाएर मानिस मार्ने अधिकांश अपराधीहरू मानसिक रोगी हुने गरेको छ । कामबाट निकालिनु, सम्बन्ध टुक्रिनु जस्ता समस्याबाट प्रताडित मानिस नै यस्ता अपराध गर्न उद्दत्त हुने गरेका छन् ।
्“त्यस्तो समस्यामा परेका मानिसले आफू उपेक्षित र एक्लो भएको महसुस गर्छन् । उनीहरू निकै रिसाहा हुन्छन् र अरुमाथि अनेक कुराको आरोप लगाउ“छन्”, विलियम जेम्स कलेजका मनोविज्ञानका सहप्राध्यापक जोसेफ ए टुमेले विश्लेषण गरे ।
केही विज्ञहरू यस्ता घटनाको लागि इन्टरनेट पनि दोषीको भएको मान्यता बोक्छन् । उपेक्षित र मानसिक समस्या भएको व्यक्तिले आफूलाई समाजले बिगार गरेको महसुस गर्छ । अनि इन्टरनेटले आफ्नो अपराधको समाचार तत्कालै धेरै ठाउ“मा फैलाउन सक्ने थाहा पाएको हुन्छ । त्यसकारण उनीहरू यस्ता हत्यामा लाग्छन् ।
सन् २०१७ मा यस्ता घटना भएको थियो । एक जना मानिसले बन्दुकले केही मानिसको हत्या गरेर त्यसको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यो व्यक्तिले संसारलाई आफूले गलत तरिकाले बुझेको र समाजलाई केही देखाइदिने धुनमा उनले त्यस्तो अपराध गरेका थिए ।
संरा अमेरिकामा आगामी सन् २०२० मा चुनाव हु“दैछ । यो निर्वाचनमा धेरै मतदाताको लागि यस्ता गोली काण्ड चुनावमा उठाउनुपर्ने विषय बन्ने छैन । अधिकांश मानिस आइतबार भएका घटनालाई एउटा नयाँचक्रको रूपमा मात्र बुझिरहेका छन् ।
अमेरिकामा निकै कम मात्र मानिस यस्ता गोली काण्डलाई एउटा प्रमुख समस्याको रूपमा हेर्छन् ।
डेमोक्रेटिक पार्टीले यो विषयमा विधेयक प्रस्तुत पनि गर्न सक्ला । तर, विभाजित अमेरिकी काङ्ग्रेसमा त्यस्तो विधेयक धेरै अघि बढ्न सक्दैन ।
(सिन्ह्वाको रिपोर्ट)
Leave a Reply