भर्खरै :

“जम्मु–काश्मीरबारे निर्णयले नेपालमा पार्ने असरबारे जनतालाई जानकारी देऊ”

काठमाडौँ, २१ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भारतको जम्मु–काश्मीरबारे भारत सरकारले सोमबार गरेको निर्णयले नेपाल र भुटानजस्ता दक्षिण एसियाली देशमा कस्तो असर पर्ने हो, सो विषयमा नेपाल सरकारले संसद र नेपाली जनतालाई जानकारी दिनुपर्ने बताउनुभएको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले कुनै पनि देशका प्रधानमन्त्री र मन्त्रीले विदेश गएर खुरुखुरु सही छाप गर्न नहुनेबारे काश्मीरको घटनाबाट सचेत हुनुपर्ने विचार राख्नुभयो ।
देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “कोशी नदीको कटानले सप्तरीको तिलाठी क्षेत्रको अतिक्रमण बढ्दो छ । छिमेकी देश भारतबाट एक–एक पाइला गरी नेपाली भूमि अतिक्रमण बढ्दो छ । यसपटकको डुबानले तराईका अधिकांश जिल्लामा जनधनको बढी नोक्सान पा¥यो ।
नेपालको दशगजा र सीमामै भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत बनाएका ५ दर्जनभन्दा बढी बाँध, सडकजस्तो बाँध, तटबन्ध भत्काउन कूटनीतिक पहलको लागि सभामुख महोदयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।”
संसद बैठकमा सांसद सुवालले भन्नुभयो, “विसं १९९३ मा तत्कालीन राणा सरकारले स्थापना गरेको विराटनगर जुटमिलको पर्खाल भत्काएर इँटासमेत बेच्ने भ्रष्टाचारी अध्यक्ष निलहरी काफ्लेलाई के कति कमिसन खाएर कुन उद्योग मन्त्रीले नियुक्ति गरेको हो यसबारे वर्तमान उद्योगमन्त्रीले संसदमा जानकारी दिनु आवश्यक छ । काठमाडाँै ठमेलस्थित १२ तले छायाँसेन्टर भवन सार्वजनिक कमलपोखरी व्यक्तिको नाममा दर्ता गरी बनाएकोमा स्थानीय जनताको विरोध भइरहेको छ । यो विषयमा वर्तमान संस्कृति मन्त्रीलाई सांसद भएको बेला केही महिना अघि सो भवन उद्घाटन गर्न लगाइएको थियो । संस्कृति मन्त्रीले यसबारे यथार्थ के कस्तो हो ? संसदलाई जानकारी गराउने व्यवस्थाको लागि आग्रह गर्न चाहन्छु ।”
मङ्गलबार नै भूउपयोग विधेयक–२०७५ सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिंदै सुवालले कृषि, उद्योग, ताल, पोखरी वन क्षेत्र, नदी क्षेत्र, आवाद क्षेत्र आदि वैज्ञानिक रुपमा वर्गीकरण गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतको काश्मीरमा मूल निवासीबाहेकलाई त्यहाँ घरजग्गा किन्न नपाउने विशेष व्यवस्था रहेको छ । त्यस्तो व्यवस्था पेरिसमा पनि छ । हामीले देशको सन्तुलित विकास गर्ने हो भने एकै ठाउँमा जनसंख्या केन्द्रित गर्नुहुँदैन । जनसङ्ख्या एकै ठाउँमा केन्द्रित गर्दा देशका मुख्य सहरहरू धूलो, धुँवा, खानेपानी, फोहोरको समस्याबाट आक्रान्त छ । खानेपानी छैन, सहरमा मान्छे थुप्रिएको छ । फोहोरमैला व्यवस्थापनको बन्दोबस्त छैन, अपराधको सङ्ख्या पनि बढ्दो छ । सडक जाम बढ्दो छ, सडक जामले इन्धन खेर गइरहेको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ लाख गाडी गुड्छन् । सडक छैन गाडीको सङ्ख्या बढ्दो छ । यदि देशको सन्तुलित विकास भएको भए गाडीहरू ती स्थानमा पनि गुड्थे । सबै अवसर केही ठाउँमा मात्र केन्द्रित गर्दा सार्वजनिक जग्गा अतिक्रमण बढेको हो । सरकारले बालुवाटारदेखिको सार्वजनिक जग्गा संरक्षण गर्न सकेन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *