भर्खरै :

चीनले भन्यो लद्दाखको पुनर्गठन “अस्वीकार्य” : काश्मीर मामिलामा होसियारी अपनाउन सुझाव

पैचिङ्ग, ६ अगस्त (सिन्ह्वा) । चीनले मङ्गलबार वक्तव्य जारी गर्दै जम्मु–काश्मीर मामिलामा भारत सरकारले चालेको कदमप्रति असहमति जाहेर गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “भारतले यस क्षेत्रमा तनाव बढ्न नदिन जम्मु–काश्मीरका बारेमा एकपक्षीय निर्णय गर्न छोड्नुपर्छ र लद्दाखलाई भारतले केन्द्र शासित भू–भागका रूपमा गरिएको पुनर्गठन ‘अस्वीकार्य’ छ ।
भाजपा नेतृत्वको भार सरकारले जम्मु–काश्मीरको विशेष राज्यको मान्यता खोस्ने गरी ल्याइएको सङ्कल्प प्रस्ताव र जम्मु–काश्मीरलाई दुई केन्द्र शासित भू–भागमा परिणत गर्ने विधेयक ल्याएको एक दिनपछि नै पैचिङ्गको कडा प्रतिक्रिया आएको हो ।
वक्तव्यमा अगाडि भनिएको छ– चीन–भारत सीमाको पश्चिमी भागमा रहेको विवादस्पद लद्दाख भू–भागलाई भारतले आफ्नो प्रशासनिक क्षेत्रमा समावेश गरेकोप्रति चीनले सधँै नै विरोध गर्दै आएको छ । चीन–आफ्नो अडानमा अडिग छ र कहिल्यै परिवर्तन गरेको छैन ।
हालैका दिनहरूमा भारतीय पक्षले निरन्तर रूपमा चीनको भौगोलिक सार्वभौमिकताको उल्लङ्घन गर्दै आएको छ र एकपक्षीय रूपमा त्यहाँको कानुन संशोधन गर्दै आएको छ । त्यो अभ्यास अस्वीकार्य छ र त्यसले कुनैखाले सकारात्मक परिणाम निक्लन सक्दैन ।
सीमा मामिलालाई लिएर भारतका शब्द र कामलाई लिएर होसियारी अपनाउन हामी भारतसित आग्रह गर्दछौं । साथै दुई पक्षबीच भएका सम्बन्धित सम्झौताहरू कडाइपूर्वक पालना गर्न र सीमा मामिलालाई थप जटिल बनाउने कदम नचाल्न पनि आग्रह गर्दछौं ।
काश्मीरको वर्तमान स्थितिप्रति चीनको गम्भीर ध्यानाकर्षण भएको छ । काश्मीर मामिलालाई लिएर चीनको धारणा स्पष्ट र अडिग छ । यो मामिलामा भारत र पाकिस्तानको ऐतिहासिक विरासत हो । यो अन्तर्राष्ट्रिय समुदायको सहमतिको विषय पनि हो । सम्बन्धित पक्षहरूले धैर्य अपनाउँदै होसियारीपूर्वक कदम चाल्नुपर्छ । विशेषगरी चालु अवस्थालाई परिवर्तन गर्न र तनाव बढाउन एकपक्षीय कदम चाल्न रोक्नुपर्छ ।
हामी सम्बन्धित दुईपक्षसित शान्तिपूर्वक विवादित विषयलाई वार्ता र छलफलमार्फत समाधान गर्न र क्षेत्रीय स्थिरता रक्षा गर्न आह्वान गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *