‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
क्रिश्चिना
संसारका अनेक देशहरूमा ऐतिहासिक कालहरू बेलामौकामा चिप्लो घस्नेहरूबाट शासकका निर्णयहरू बाङ्गातिङ्गा भएको सबैलाई थाहा भएकै कुरा हो । नेपालको वर्तमान अवस्था पनि अनेक दलका बुद्धिजीवीहरूले भित्रभित्र चिप्लो घस्दै शासकहरूलाई रनभुल्लमा पार्दै छन् र देशको झूटो प्रस्तुत गरेर मख्ख पार्दै छन् । यी यथार्थ समाचारका निम्न शीर्षक हेरे पनि प्रस्ट छ –
१) मातृ मृत्युदर घटाउने सरकारको लक्ष्यमा गम्भीर प्रश्न, ‘बजेट २ अर्ब ५० करोड’, उपलब्धि निराशाजनक, (राजधानी – २४ साउन २०७६)
२) सरकारी अस्पतालकै फार्मेसीमा औषधि हुँदाहुँदै चिकित्सकले बिरामीलाई बाहिरबाट किन्न लगाउँछन् । समाचारको शीर्षक छ, ‘फार्मेसी तोकेर औषधि प्रेस्क्रिप्सन ।’
(कान्तिपुर– २२ साउन २०७६)
३) अब शिक्षामा पनि यस्तै अनियमितता छ, ‘सीटीभीटी बेथिति र तलब– भत्तामै सकियो तीन वर्षमा डेढ अर्ब’, ‘कार्यक्रमका नाममा दुई अर्ब २८ करोड, आन्तरिक आय दुई अर्ब, उपयोग ५४ करोडमात्रै ।’
(राजधानी– २३ साउन २०७६)
४) ‘किर्ते सहिछाप गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले बैङ्कबाट ९३ लाख रूपैयाँभन्दा बढी रकम झिकेर फरार भएको छ ।’
कर्मचारीतन्त्रमा व्यापक अनुशासनहिनताको यो एक उदाहरण हो । शासकहरूले अपराधीहरूलाई छुट दिएपछि यस्तै परिणाम आउने गर्छ । यसकारण राजधानीले २३ साउनमा शीर्षक दियो – ‘किर्ते गरी ९३ लाख बढी रकम निकालियो ।’
जनकपुरधाम फेरि तराईमा छ, खुला सीमा देशको निम्ति आफै अनेक समस्याको मूल जड हो ।
५) देशको पर्यावरणबारे विशेषज्ञहरू र प्रचारमाध्यमले बार–बार वन विनास र गिट्टी, बालुवा र ढुङ्गाखानीबारे सरकारको ध्यान आकर्षित गर्दै आएका हुन् । तर, महत्वपूर्ण पदमा बस्नेहरू यसबारे बेवास्ता र लापरबाहीले देश मरुभूमि बन्दै छ ।
‘वन सखाप पारेर ढुङ्गाखानी’ सतर्कता केन्द्रद्वारा सीडीओ, एसएसपी, मेयर र जिल्ला वन प्रमुखसहितलाई कायरबाही गर्न सिफारिस ।’ (कान्तिपुर– २३ साउन २०७६)
६) देशका शासक दलका नेताहरू, माथिल्ला कर्मचारीहरू एवं पूर्वप्रधानमन्त्री र मन्त्रीहरू नै फसेको बालुवाटारको ललिता निवासको काण्डमा ‘२० रोपनी भन्दाबढी जगै घूस’ मा गएको सार्वजनिक भएको छ । –ऐ ।
Leave a Reply