भर्खरै :

तिब्बतमा प्रजातान्त्रिक सुधारका ६० वर्ष – ५

उत्पादक शक्तिको मुक्ति र विकास
तिब्बतमा प्रजातान्त्रिक सुधारले भूदास मालिकप्रति भूदासहरूको सामन्ती बन्धन उन्मूलन भयो । उनीहरूलाई आफ्नो जीवनको मालिक आफैँलाई बनाइयो । प्रजातान्त्रिक सुधारले जमिनमाथि भूदास मालिकको स्वामित्व अन्त्य गरी किसानको स्वामित्व कायम ग¥यो । यसले भूदासलाई उत्पादनका साधनको मालिक बनायो । उत्पादन शक्तिलाई उल्लेख्यरूपमा विकास हुने बाटो खोलिदियो । सन् १९७८ मा चीनले सुधार र खुलापन नीति अँगाल्यो । त्यसयता तिब्बतमा उत्पादन शक्तिको तीव्रगतिमा विकास भयो । अहिले त्यो विकासको गतिले राष्ट्रिय उचाइ हासिल गरिरहेको छ । आधुनिक सभ्यतामा तिब्बतका जनताले धेरैभन्दा धेरै उपलब्धि हासिल गरिरहेका छन् ।
उत्पादन शक्तिमा प्रगति
तिब्बतमा प्रजातान्त्रिक सुधारले पहिलेका भूदासहरूलाई उनीहरूले जोत्दै आएको भूमि, कृषि औजार, चौपाया र उत्पादनका अन्य साधनको स्वामित्व दिलायो । उनीहरूले धन कमाउन अझ मिहिनेतका साथ काम गर्ने जाँगर देखाए । कृषि क्षेत्र र पशुपालनमा उल्लेख्य गतिमा प्रगति भयो ।
सन् १९४९ देखि १९६० को मूल्यमा तुलनात्मक हिसाब गर्दा तिब्बतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४५.८ प्रतिशत र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ४२.९ प्रतिशतले बढ्यो । यो इतिहासकै सबभन्दा धेरै वृद्धि थियो । सन् १९५९ को शिशिरदेखि सन् १९६० का वसन्तयामसम्म तिब्बतका कृषि क्षेत्रमा १५ सय किलोमिटर नयाँ कुलो बन्यो । तीन सय वटा पानीका मुहान जीर्णोद्धार गरियो । त्यसले थप २४ हजार ६६६ भन्दा बढी हा भूमिलाई कृषियोग्य भूमि बनायो । सन् १९६० मा जम्मा ५ हजार नयाँ कुलो निर्माण भयो । साथै १५ सय पानीका मुहान र ताल बने । त्यसले पनि त्यहाँको कृषि क्षेत्र अझ विस्तार ग¥यो । सन् १९५९ को शिशिरदेखि सन् १९६० को पहिलो ६ महिनामा तिब्बतले ११ लाख टन मल भित्र्यायो । सन् १९६० को वसन्तयाममा कृषियोग्य भूमि १ लाख ८२ हजार हामा विस्तार ग¥यो । सन् १९५९ को तुलनामा २० हजार हा (जमिनको क्षेत्रफल नाप्ने एकाइ) ले कृषि क्षेत्र बढ्यो ।
कृषि क्षेत्रमा भएको उल्लेखनीय प्रगतिले किसान र गोठालाको जीवनमा ठूलो प्रगति भयो । नेदोङ काउन्टीको खेसम नगर (आजभोलिको नेदोङ जिल्ला) यसको उपयुक्त उदाहरण हुनसक्छ । प्रजातान्त्रिक सुधारको सुरूका दिनमा गाम्रीण क्षेत्रका ११९ घरमध्ये ९० घरमा खानेकुराको अभाव हुन्थ्यो । सन् १९६४ सम्ममा ग्रामीण क्षेत्रका सबै घरमा खानाको कुनै कमी भएन । बीउबिजन र दानाको कुनै कमी भएन । ९५ प्रतिशत जनतासँग मनग्य खानाको व्यवस्था भयो । सन् १९६१ को अन्त्यसम्ममा तिब्बतको कुल वस्तुभाउको सङ्ख्या १ करोड २० लाख ६० हजार पुगिसकेको थियो । सन् १९५९ मा भएको विद्रोहभन्दा अघिको सबै तथ्याङ्कलाई त्यो सङ्ख्याले नाघिसकेको थियो ।
चीनको केन्द्रीय सरकारले जमिन पाउने सबै किसानहरूलाई कृषि औजार वितरण गरेको थियो । उदाहरणको लागि ३ लाख ६७ हजार धातुको कृषि औजार किसान र गोठालाहरूलाई वितरण गरियो । त्यसपछिका वर्षमा केन्द्रीय सरकारले सात लाख कृषि औजार वितरण ग¥यो । ल्हासा, छाम्दो, सिगात्से, ग्यान्त्से, सेथाङ (Tsethang), न्यिची (Nyingchi) र अन्य केही सहरमा स–साना कृषि औजार उत्पादन गर्ने कारखाना स्थापना गरियो ।
प्रजातान्त्रिक सुधारपश्चात् चीनको केन्द्रीय सरकारले तिब्बतको वास्तविक अवस्थामा आधारित रहेर चुस्त विकास गर्ने नीति अँगाल्यो । सन् १९६१ मा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कार्य समितिले ग्रामीण क्षेत्रको लागि विशेष नीति र चरन क्षेत्रमा वर्तमान नीतिसम्बन्धी नियमवाली जारी ग¥यो । ती नीतिप्रति जनप्रतिनिधि र जनताले व्यापक समर्थन गरे । सन् १९६५ मा तिब्बतले २ लाख ९० हजार टन बराबरको अन्न उत्पादन ग¥यो । सन् १९५८ को तुलनामा त्यो ६६.१ प्रतिशतले बढी थियो । त्यो वर्ष वस्तुभाउको सङ्ख्या १ करोड ७० लाख १० हजार पुगिसकेको थियो । सन् १९५८ को तुलनामा त्यो ५४.१ प्रतिशतले बढी थियो ।
सन् १९५८ देखि १९६५मा तिब्बतले यातायात, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा र अन्य सामाजिक क्षेत्रमा प्रमुख प्रगति गरिसकेको थियो ।
सन् १९६५ सम्ममा
– तिब्बतमा जम्मा १४ हजार ७१२ किलोमिटर राजमार्ग बनिसकेको थियो । सन् १९५८ को तुलनामा यो २.६ गुणा बढी थियो । ती राजमार्गले तिब्बतका ९० प्रतिशत काउन्टीलाई सडक सञ्जालभित्र समेट्यो ।
– ल्हासा सहरमा आठ वटा नयाँ पिच सडक बने ।
– ल्हासाका ९५ प्रतिशत बासिन्दाको पहुँचमा बिजुली बत्ती पुगेको थियो ।
– १ हजार ८२२ वटा प्राथमिक विद्यालयमा ६६ हजार ७८१ जना विद्यार्थी पढ्थे ।
– चार वटा मध्यम विद्यालयमा १ हजार ३५९ जना विद्यार्थी पढ्थे ।
– एउटा माध्यमिक व्यवसायिक विद्यालय र एउटा उच्च शिक्षालय थियो ।
– तिब्बतमा १३३ व्यवसायिक कला मण्डली र सिनेमा समूह बने ।
– अस्पतालको सङ्ख्या १९३ पुग्यो । सन् १९५८ को तुलनामा यो सङ्ख्या तीन गुणाले बढी थियो ।
– अस्पतालमा शय्याको सङ्ख्या १ हजार ६३१ पुग्यो । सन् १९५८ को तुलनामा यो ३.४ गुणाले बढी थियो ।
– स्वास्थ्य कार्यकर्ताको सङ्ख्या २ हजार ९४७ पुग्यो । सन् १९५८ को तुलनामा यो ३.७ गुणाले बढी थियो ।
सन् १९६६ मा न्यिची ऊन मिल स्थापना भयो । तिब्बतको इतिहासमा त्यो सबभन्दा पहिलो ऊन मिल थियो । सन् १९६५ मा चीन र नेपाल जोड्ने राजमार्ग बन्यो । त्यसले नेपाल र चीनलाई जोड्यो । राजमार्ग पूर्ण सञ्चालनमा ल्याइयो । सन् १९७२ मा युनान–तिब्बत राजमार्गमा यातायात सञ्चालन भयो ।
आर्थिक संरचनामा आधारभूत परिवर्तन
६० वर्षको कडा मिहिनेतपछि आज तिब्बतमा कृषि र पशुपालन प्रकृति वा वातावरणमा निर्भर रहेन । तिनको आधुनिकीकरण भइसकेको छ । कृषि, जङ्गल, पशुपालन, मत्स्यपालन र सम्बन्धित सेवा उद्योगको सन् १९५९ मा १२ करोड ८० लाख युआनबाट सन् २०१८ मा १३ अर्ब ४१ करोड युआनमा मूल्य अभिवृद्धि भयो । सन् १९५९ मा १ लाख ८२ हजार ९०० टन अन्न उत्पादन भएको थियो भने सन् २०१८ मा बढेर १० लाख टन पुगेको थियो । सन् १९५९ मा प्रतिहा जमिन १ हजार ३७० किलो अन्न उत्पादन हुने गरेकोमा सन् २०१८ मा बढेर ५ हजार ६८८ पुग्यो । कृषि र पशुपालनसम्बन्धी विशेष उद्योगहरूको आकार र उत्पादनशीलता बढ्यो । कृषि तथा पशुपालनको क्षेत्रमा तिब्बती पठारको ब्रान्ड बनेका छन् । उच्च गुणस्तरका अन्न र तेल उत्पादन, विषादी मुक्त तरकारी, ठूलो आकारको स्तरीय दुग्ध पशुपालनलगायतका विशेषिकृत ठूला उद्योग स्थापना भए । तिब्बती सुङ्गुरपालन, तिब्बती कुखुरापालन र काश्मीरी बाख्रापालन पनि प्रवद्र्धन गरियो ।
शून्यबाट आधुनिक उद्योगहरू स्थापना भयो र निकै द्रुतगतिमा विकास भयो । ६० वर्षको विकास यात्रामा तिब्बतले आज बीसभन्दा बढी क्षेत्रमा आधुनिक औद्योगिक व्यवस्था स्थापना ग¥यो । ऊर्जा, निर्माण सामग्री, मेसिनरी, खानी, प्रकाश उद्योग, खाद्य प्रशोधन, जनजाति हस्तकला र तिब्बती औषधिलगायतका क्षेत्रमा तिब्बतले ठूलो प्रगति हासिल गरेको छ । तिब्बतले परम्परागत औद्योगिक मोडल त्यागिसकेको छ र अहिले उत्पादनको आधुनिक उचाइसम्म पुगेको छ । तिब्बतको औद्योगिक उत्पादनमा सन् १९५९ मा १ करोड ५० लाख युआउनबाट सन् २०१८ मा ११ अर्ब ४५ करोड युआनले मूल्य अभिवृद्धि भयो ।
आर्थिक सूचकाङ्कमा उल्लेखनीय वृद्धि भएको छ । तिब्बतको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०१८ मा १ खर्ब ४७ अर्ब ७६ करोड युआउन पुगेको छ । सन् १९५९ को जीडीपी १७ करोड ४० लाख युआन थियो । सन् १९५९ को तुलनामा तिब्बतको कुल गार्हस्थ उत्पादन झन्डै १९२ गुणाले बढेको छ । तिब्बतको आर्थिक संरचनामा पनि प्रगति भएको छ । कुल गार्हस्थ उत्पादनमा प्राथमिक उद्योगले पु¥याएको योगदान सन् १९५९ मा ७३.६ प्रतिशत थियो भने सन् २०१८ मा यसका योगदान ८.८ प्रतिशतमा झरेको छ । उन्नत उद्योगको योगदान ४२.५ प्रतिशतले बढेको छ भने अझ उच्चस्तरको उद्योगको योगदान ४८.७ प्रतिशत पुगेको छ ।
अत्याधुनिक उद्योगहरू विकास भइरहेका छन् । पर्यटन उद्योगको तीव्रगतिमा विकास भइरहेको छ । सन् २०१८ मा ३ करोड ३६ लाख ८७ हजार ३ सय पर्यटकले तिब्बतको भ्रमण गरे । पर्यटन उद्योगबाट मात्र ४९ अर्ब १ करोड बराबरको राजस्व सङ्कलन भयो । पर्यटनबाट एक लाखभन्दा बढी किसान र गोठालाले आम्दानी गरे । तिब्बत आज अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यस्थल बनेको छ । व्यापार बन्दोबस्त, बैङ्किङ, बीमा, ई–कमर्श, बन्दोबस्तलगायत नयाँ नयाँ थरीका उद्योग तीव्रगतिमा विकास भइरहेको छ । आर्थिक वृद्धिको नयाँ स्रोत पहिचान भएका छन् ।
पूर्वाधारमा प्रगति
सन् १९५१ मा मुक्त हुनुअघि तिब्बतमा कुनै पनि राम्रो राजमार्ग थिएन । मुक्तिपछि नै राजमार्ग निर्माणको आधुनिक चेतना तिब्बतमा विकास भएको थियो । आर्थिक कठिनाइबीच चीनले छिन्हाई–तिब्बत राजमार्ग, सिचुवान–तिब्बत राजमार्ग र अन्य निम्नकोटीका राजमार्ग बनाइयो । ती राजमार्गले तिब्बतलाई चीनका अन्य क्षेत्रसँग जोडेका थिए । प्रजातान्त्रिक सुधारपछि सिन्च्याङ–तिब्बत राजमार्ग, युनान–तिब्बत राजमार्ग, चीन–नेपाल राजमार्गजस्ता रणनीतिक महत्वका राजमार्गहरू बनाइयो । छिन्हाई–तिब्बत राजमार्ग र सिचुवान–तिब्बत राजमार्ग पिच थिए । ल्हासा जोड्ने उच्चस्तरको राजमार्ग र गोङकर विमानस्थलको निर्माण पूरा भयो । आजभोलि तिब्बतमा विस्तृत यातायात सञ्जाल छ । राजमार्ग, रेलमार्ग र हवाईमार्गको यातायात सञ्जालले तिब्बतलाई गतिवान बनाएको छ । सन् २०१८ को अन्त्यसम्ममा तिब्बतमा ९७ हजार ८ सय किलोमिटर राजमार्ग छ । त्यसमध्ये ६६० किलोमिटर राजमार्ग उच्चस्तरको राजमार्ग हो । तिब्बतका सबै काउन्टी आज राजमार्गले जोडिएको छ । ६९७ नगर र सहरमध्ये ५७९ मा राजमार्ग यातायात पुगेको छ भने ६९६ नगर र सहरमा राजमार्गबाट पुग्न सकिन्छ । तिब्बतका ५ हजार ४६७ गाउँमध्ये २ हजार ६२४ मा राजमार्ग यातायात पुगेको छ भने ५ हजार ४५७ गाउँमा राजमार्गबाट पुग्न सकिन्छ । सन् २००६ मा छिन्हाई–तिब्बत राजमार्गको गोल्मुड–ल्हासा खण्ड पूरा भई सञ्चालनमा आइसकेको छ । तिब्बतको त्यो पहिलो राजमार्ग हो । सन् २०१४ मा ल्हासा–सिगात्से राजमार्ग पूरा भयो र ल्हासा–न्यिगी राजमार्गको ट्र्याक खन्ने काम सुरु भयो ।
विमानस्थल निर्माणको काममा पनि प्रगति भइरहेको छ । सन् १९५६ मा तिब्बतमा पहिलो विमानस्थल बनेको थियो । आज तिब्बतमा पाँच विमानस्थल र ९२ वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान रुट सञ्चालनमा छन् । ल्हासाको गोङ्कर (Gongkar) विमानस्थलसँग विमानसेवा सञ्जाल जोडिएको छ । त्यो तिब्बतको प्रमुख विमानस्थल हो । छाम्दोको बामदा (Bamda) विमानस्थल, न्यिची (Nyingchi)को मेनलिङ (Mainling) विमानस्थल, न्गारी (Ngari)को गुन्सा (Gunsa) विमानस्थल र सिगात्से (Shigatse)को शान्ति विमानस्थललाई शाखा विमानस्थलको रूपमा विकास गरिएको छ ।
सन् १९५१ मा मुक्तिअघि तिब्बतमा १२५ किलोवाट जलविद्युत् उत्पादन गर्ने एउटैमात्र केन्द्र थियो । त्यत्तिबेला त्यहाँ उत्पादन भएको विद्युत् केही सीमित सङ्ख्यामा राजा रजौटाले मात्र पाउँथे । सन् १९६० मा न्गाचेन (Ngachen) जलविद्युत् केन्द्रको निर्माण पूरा भयो र सेवा थालनी गरियो । त्यसपछि ल्हासाका सबै जनताको घरमा बत्ती बल्यो । समयान्तरमा अरू पनि धेरै जलविद्युत् केन्द्रहरू बने । जस्तै यामद्रोङ (Yamdrong) जलविद्युत् केन्द्र, विगा (Wiga) जलविद्युत् केन्द्र, त्रालोङ (Tralong) जलविद्युत् केन्द्र, जिन्हे (Jinhe) जलविद्युत् केन्द्र, ड्रिगुङ (Drigung) जलविद्युत् केन्द्र, सिछ्वान्हे (Shiquanhe) जलविद्युत् केन्द्र, शोका (Shoka) जलविद्युत् केन्द्र, लाओहुचुई (Laohuzui) जलविद्युत् केन्द्र, जाम (Dzam) जलविद्युत् केन्द्र, तोबे (Tobe) जलविद्युत् केन्द्र, गोडोक (Godok) जलविद्युत् केन्द्र र जोबा (Joba) जलविद्युत् केन्द्र बने । याङबाजियन जिओथर्मल ऊर्जा केन्द्रको निर्माण पनि सम्पन्न भयो । त्यो केन्द्रको ठूलो पीभी ऊर्जा परियोजना जोडिएको ग्रिड बनेको छ । तिब्बतमा बृहत् ऊर्जा सञ्जाल बनेको छ । मुख्यतः जलविद्युत्को विकास भएको छ । सहायक ऊर्जा स्रोतको रूपमा इन्धन, प्राकृतिक ग्यास र नवीकरणीय ऊर्जा पनि विकास भएका छन् । तिब्बतका ऊर्जा ग्रिड सिचुवान र छिन्हाईसम्म फैलिएको छ । तिब्बतमा सहरी कोठा तताउने प्रणालीमा ठूलो प्रगति गरिएको छ । सन् २०१४ को शिशिर याममा प्राकृतिक ग्यासले घर तताउने प्रणाली ल्हासामा उपलब्ध गराइएको थियो । यसले ल्हासाका बासिन्दाको दैनिक आवश्यकता पूर्ति गर्न मद्दत गरेको थियो । सन् २०१८ को अन्त्यसम्ममा तिब्बतको ऊर्जा ग्रिड ६२ वटा काउन्टीमा विस्तार भइसकेको थियो । २७ लाख २० हजार जनतालाई विद्युत् सेवा उपलब्ध गराइयो । साना जलविद्युत् परियोजना, स्थानीय पीभी सञ्जाल र घरेलु पीभी सञ्जालमार्फत तिब्बतका अन्य स्थानमा पनि विद्युत् सेवा विस्तार गरिएको छ ।
Democratic Reforms in Tibet- Sixty year on
नेपाली अनुवाद ः अनिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *