‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
जनताको जीवनस्तरमा प्रगति
तिब्बतको प्रजातान्त्रिक सुधारले सामन्ती भूदास व्यवस्थाबाट समाजवादमा ऐतिहासिक फड्को मार्न सक्षम बनायो । समाजवादी व्यवस्थाको स्थापनाले उत्पादक शक्तिको मुक्ति र विकासको लागि योगदान ग¥यो । उत्पादक शक्तिको चरणबद्ध आर्थिक वृद्धि हुँदै गयो । समाजको उल्लेखनीय प्रगति भयो ।
जीवनस्तरमा प्रगति
बितेका छ दसकमा तिब्बतका सबै जनजातिको जीवनस्तरमा प्रगति भयो । उनीहरूको जीवनमा खुशियाली बढेको छ । प्रजातान्त्रिक सुधारअघि भूदासहरूलाई खान खाना पुग्दैन्थ्यो, उनीहरूसँग लगाउने लुगा हुँदैन्थ्यो । प्रजातान्त्रिक सुधारको थालनी लगत्तै उनीहरूको जीवनस्तरमा तत्कालै सुधार हुन थाल्यो । सन् २०१८ मा सहरी क्षेत्रको औसत प्रतिव्यक्ति खास बचत (कुनै पनि परिवारको खर्च र आय कर तिरेर बाँकी आम्दानी, अङ्ग्रेजीमा यसलाई डिसपोजल इनकम भनिन्छ) ३३ हजार ७९७ युआन थियो भने ग्रामीण क्षेत्रमा ११ हजार ४५० युआन थियो । न्यून आय भएका किसान र गोठालाका लागि आवास परियोजना पूर्ण बनाउन ठूलो मिहिनेत भएको थियो । बिग्रेभत्केका घरको जीर्णोद्धार गर्न, ग्रामीण जीवन अवस्थाको सुधार गर्न, दुर्गम क्षेत्रका गरिब जनताको अन्यत्र बसाई व्यवस्थापन, सस्तो आवास परियोजना र अव्यवस्थित सहरको रूपान्तरणको लागि सरकारले धेरै मिहिनेत गरेको थियो । तिब्बतका सबै ग्रामीण र सहरी क्षेत्रका जनताको लागि सुरक्षित र सुविधासम्पन्न आवासको व्यवस्था सुनिश्चित गर्नु नै त्यसको मूल लक्ष्य थियो । ऊर्जा आपूर्ति पूर्वाधारमा सुधार गरियो । केन्द्रीय तापमान सञ्जाल (सेन्ट्रल हिटिङ नेटवर्क) लाई पूर्णता दिइयो र ल्हासा, नकु (Naqu), न्गारी (Ngari) र न्यिची (Nyingchi) लगायत ९ वटा काउन्टीमा यो परियोजना लागू गरियो । यसले जाडो महिनामा धेरैभन्दा धेरै मानिसलाई तापमान प्रणालीमा सुविधा प्रदान गरियो । अप्टिकल केबल र ब्रोडव्यान्ड नेटवर्क सबै नगरमा जोडियो । ८५ प्रतिशत प्रशासनिक गाउँमा ब्रोडब्यान्डको पहुँच बिस्तार गरियोे । ती गाउँमा पूर्ण गतिमा मोबाइलको सङ्केत सम्भव बन्यो ।
तिब्बतमा आधुनिक उपभोक्ता वस्तुहरू पनि लोकप्रिय बन्दैछन् । रेफ्रिजिरेटर, टीभी, लुगा धुने मेसिन, कम्प्युटर, मोबाइल, फोन र कारहरू सामान्य विषय बनेका छन् । चीनका अन्य क्षेत्र र बाँकी विश्वमा जस्तै स्थानीय रेडियो, टेलिभिजन, दूरसञ्चार र इन्टरनेट आधुनिक सञ्चार साधनको रूपमा विकास भइरहेका छन् । जनताको दैनिक जीवनका ती अभिन्न अङ्ग बनेका छन् । सहरिकरण पनि फैलिरहेको छ । सन् २०१८ भित्र स्थायी बसोबास गर्ने जनसङ्ख्याको सहरीकरणको दर ३१ प्रतिशत पुगिसकेको थियो । ल्हासालाई केन्द्र बनाएर सहरी प्रणालीले आकार ग्रहण गरेको छ । प्रिफ्याक्चरहरू ल्हासा जोड्ने सेतू बनेका छन् भने काउन्टी, सिमानाका सहर र पर्यटकीय सहरहरूको सञ्जाल पनि विकास भयो ।
प्रजातान्त्रिक सुधारअघि पछौटे अर्थतन्त्रलगायतका कारणले बाल मृत्यु दर उच्च थियो । स्वास्थ्य अवस्था निकै दयनीय अवस्थामा थियो । जनसङ्ख्याको धेरै सङ्ख्या बौद्ध भिक्षु र आनीहरू थिए । यसले लामो समयसम्म तिब्बतको जनसङ्ख्या गतिरोधमा अल्झिरह्यो । बितेका ६० वर्षमा तिब्बतको जनसङ्ख्या सन् १९५९ मा १२ लाख ३० हजारबाट सन् २०१८ मा ३४ लाख ४० हजार पुग्यो । हालको कूल जनसङ्ख्यामध्ये ९० प्रतिशत तिब्बतीहरू छन् । तिब्बती जनताको औसत आयु दर सन् १९५९ मा ३५.५ वर्षबाट हाल ६८.२ पुगेको छ । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालय र चीनको केन्द्रीय टेलिभिजनको संयुक्त आयोजनामा भएको ‘सीसीटीभी–चीन आर्थिक जीवन सर्वेक्षण’ अनुसार ल्हासामा बितेका पाँच वर्षमा सबभन्दा बढी खुशियाली दर भएको सहर हो ।
सांस्कृतिक आयामको विकास
पुरानो तिब्बतमा भूदासहरूलाई सांस्कृतिक जीवनमा सहभागी बन्ने निकै कम मात्र अवसर थियो । बितेका ६० वर्षमा चीनको केन्द्रीय सरकार र तिब्बत स्वशासित क्षेत्रको सरकारले तिब्बतका सुन्दर परम्परागत संस्कृतिको संरक्षण र प्रबद्र्धनको लागि पूर्ण संरक्षण गरेको छ । साथै अग्रगामी समाजवादी संस्कृतिको विकासमा पनि जोड दिएको छ । तिब्बतको सांस्कृतिक सम्पदामा प्रगति र प्रबद्र्धन गर्न र तिब्बतका जनताको सांस्कृतिक जीवन समृद्ध बनाउन दुवै सरकारले पूर्ण सहयोग ग¥यो । ल्हासा र तिब्बतका अन्य सहरमा सांस्कृतिक केन्द्र र सिनेमा हलहरू स्थापना भए । स्वशासित क्षेत्र तहमा गीत र नाचको कार्यक्रम, तिब्बती अपेरा समूह र नाट्य समूह पनि बनेका छन् । प्रिफ्याक्चर तहमा लोक कला समूह, काउन्टी तहमा ७५ वटा कला समूह र नगर तहमा २४ सय सिकारु कला समूहरू छन् । उनीहरूले ग्रामीण र चरन क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । ग्रामीण गाउँसम्म समाजवादी संस्कृति बिस्तार गर्नु नै त्यस्ता कार्यक्रममा लक्ष्य हुने गर्दछ । सांस्कृतिक प्रस्तुतिहरूको विकास भइरहेको छ । कला क्षेत्रमा नयाँ कृतिअन्तर्गत धोबीको गीत, नयाँ ल्हासाबारे दोहोरी गीत, ‘सूर्यकी आमा’ शीर्षकको साङ्गीतिक प्रस्तुति, ‘साझा घर’ नामको नाटक, ‘मेलमिलापको प्रेम’ नामको अपेरा, ‘स्वर्गको बाटो’ बोलको गीत आदि पर्दछन् । बाहिर खुला आकाशमा देखाइने केही सांस्कृतिक प्रस्तुतिमा राजकुमारी वेनछेनको चरित्र पनि प्रस्तुत गरिन्छ । साथै ‘भविष्यको खुशियाली’ नामको सांस्कृतिक कार्यक्रम पनि लोकप्रिय छ । ‘शामबालाको खोजी’ नामको सांस्कृतिक प्रस्तुतिले सामाजिक हित अभिवृद्धि गरेको छ । यस्ता सांस्कृतिक कार्यक्रम तिब्बतमा पर्यटकलाई आकर्षित गर्ने निमन्त्रणा बनेका छन् ।
सन् २०१८ को अन्त्यसम्ममा तिब्बतमा रेडियो र टेलिभिजनको फैलावट ९७.१ प्रतिशत पुग्यो । हाल त्यो दर ९८.२ प्रतिशत पुगेको छ । हाल तिब्बतका सबै सहर (प्रिफ्याक्चर) मा सार्वजनिक पुस्तकालयहरू छन् । काउन्टीहरूमा धेरै सङ्ख्यामा सांस्कृतिक केन्द्र छन् । सहरहरूमा सांस्कृतिक सेवा केन्द्रहरू छन् । प्रशासनिक गाउँहरूमा सांस्कृतिक केन्द्र, पुस्तकालय र प्रदर्शनी कक्षहरू छन् । सांस्कृतिक उद्योगले तिब्बतको अर्थतन्त्रमा वार्षिक जम्मा ४ अर्ब ६० करोड युआन बराबरको योगदान पु¥याउँदै आएको छ । साथै, २३४ वटा राष्ट्रिय, क्षेत्रीय, नगर (प्रिफ्याक्चर) र काउन्टी तहका सांस्कृतिक कार्यक्रम प्रदर्शनी केन्द्रहरू छन् ।
तिब्बती भाषालाई कानुनबमोजिम संरक्षण गरिएको छ । भाषाको चुस्त विकासमा ध्यान दिइएको छ । राजनीतिक क्रियाकलापमा व्यापक रूपमा तिब्बती भाषाको प्रयोग हुने गर्छ । तिब्बतका सबै तहका जनकाङ्ग्रेसले गर्ने निर्णय र जारी सूचना तथा सबै तहका जनसरकारअन्तर्गतका विभागहरूले जारी गर्ने सबै आधिकारिक दस्तावेज र सार्वजनिक सूचना तिब्बती र चिनियाँभाषा गरी दुई भाषामा प्रकाशित गरिन्छ । कानुनी प्रक्रियाअन्तर्गत अदालती इजलासमा तिब्बती भाषाको प्रयोगलाई मान्यता दिइएको छ । आधुनिक सूचना प्रविधिमा तिब्बती भाषाको प्रयोग गर्न सकिने गरी विकास गरिएको छ । तिब्बती अक्षरलाई कम्प्युटर कोडिङ प्रणालीमा विकास गरिएको छ । कोडिङ प्रणालीअन्तर्गत विकास गरिएको अक्षर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने गरेको छ ।
तिब्बती भाषाको संरक्षण र विकाससँगै राज्यले तिब्बतलगायत देशभरि मानक चिनियाँ भाषाको प्रबद्र्धन लेख्य र कथ्य चिनियाँ भाषासम्बन्धी जनवादी गणतन्त्र चीनको व्यवस्थाअनुसारको गरिएको छ । यसप्रकार तिब्बतमा ‘राज्यले पुतोङग्वा (मुलभूमि चीनमा प्रयोग हुने चिनियाँभाषा) र मानक चिनियाँअक्षरको प्रबद्र्धन गर्ने’ र ‘सबै नागरिकलाई मानक चिनियाँभाषा बोल्ने र लेख्ने अधिकार छ’ भन्ने मान्यतालाई कार्यान्वयनमा ल्याइएको छ ।
विभिन्न नियम, कानुन र आधिकारिक दस्तावेजमार्फत तिब्बतका उत्कृष्ट परम्परागत जनजाति संस्कृतिलाई अघि बढाउने र प्रबद्र्धन गरेको छ । तिब्बत स्वशासित क्षेत्रमा सांस्कृतिक सम्पदा संरक्षणको लागि नियमावली, पुरानो ल्हासा सहर संरक्षण नियमावली, जनवादी गणतन्त्र चीनको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तिब्बतमा कार्यान्वयनसम्बन्धी निर्देशिका, पोताला दरबारको संरक्षण र व्यवस्थापनको लागि तिब्बती स्वशासित क्षेत्रको निर्देशिका र तिब्बती स्वशासित क्षेत्रका परम्परागत शिल्प संरक्षण पुनस्र्थापना योजना आदि त्यस्ता कानुन र नियम हुन् । तिनले तिब्बतको जनजाति संस्कृति संरक्षणको लागि कानुनी आधार प्रदान गरेको छ ।
तिब्बतमा सांस्कृतिक सम्पदा संरक्षणको लागि उल्लेख्य प्रगति भएको छ । तिब्बत स्वशासित क्षेत्रमा केन्द्रीय राज्यअन्तर्गत ५५ वटा सम्पदा स्थलको जीर्णोद्धार र क्षेत्रीय स्तरबाट ६१६ स्थलमा सम्पदा संरक्षणको लागि को लागि ५ अर्ब युआन विनियोजन गरिएको छ । ल्हासाको पुरानो सहरलाई उदाहरणको रूपमा लिएर तिब्बतमा १३ सय वर्ष पुरानो बार्खोर सहर (barkhor)मा रुपान्तरण गरिएको छ । ल्हासा सहरको सरकारले जनजाति संस्कृतिको संरक्षण र निरन्तरताको लागि विशेष ध्यान दिएको छ । तिब्बती सांस्कृतिक पक्षको प्रचार प्रसार र प्रदर्शन, स्थानीय बासिन्दा, भिक्षु र शिल्पकारहरूको सल्लाह सुझाव सुन्दै, जनताको प्रतिनिधिहरूलाई आफ्नो विचार व्यक्त गर्न विभिन्न भ्रमणको आयोजना गरेर ल्हासाले त्यस्तो प्राथमिकता दिंदै आएको छ । यस्ता सबै गतिविधिले पुरानो ल्हासा जोगाउन मद्दत पुगेको छ । पोताला दरबार क्षेत्र युनेस्कोको विश्व सम्पदा क्षेत्रको नामावलीमा समावेश छ । तिब्बती अपेरा, गेसर (Gesar), सोवा रिग्पा (Sowa Rigpa) को चिकित्सकीय स्नान आदि पनि युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदाको नामावलीमा समावेश गरिएको छ । चीनको केन्द्रीय तहको अभौतिक सम्पदाको नामावलीमा तिब्बतका ८९ थरी सम्पदा र केन्द्रीय स्तरका ९६ गुठी समावेश छन् । त्यस्तै क्षेत्रीय स्तरको अभौतिक सम्पदाको नामावलीमा ४६० थरी सम्पदा र ३५० क्षेत्रीय स्तरका गुठी समावेश छन् । पोताला दरबारलगायत तिब्बतका चार सम्पदा क्षेत्रका प्राचीन पुस्तक संरक्षण गर्ने राज्यका प्रमुख एकाईमा समावेश छन् । २९१ वटा प्राचीन पुस्तकलाई राष्ट्रिय दुर्लभ प्राचीन पुस्तकमा समावेश गरिएको छ ।
तिब्बत आज झन् खुला बनिसकेको छ । त्यसकारण त्यहाँको संस्कृति क्रमशः विश्वव्यापी बनेका छन् । तिब्बती सांस्कृतिक सप्ताह, चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेला आज संसारभर परम्परागत तिब्बती संस्कृतिको प्रबद्र्धन गर्ने दबु बनेका छन् । तिब्बतले एक सयभन्दा बढी देश र क्षेत्रमा आफ्नो सांस्कृतिक प्रस्तुति दिन, प्रदर्शनी आयोजना गर्न र शैक्षिक सम्पर्क बिस्तार गर्न आफ्ना कला समूहहरू पठाइसकेको छ ।
शिक्षामा मूर्त प्रगति
पुरानो तिब्बतमा शिक्षा मूलतः सम्भ्रान्त कूलीन परिवारको लागि मात्र थियो । जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी ओगटेको भूदासहरूलाई शिक्षाबाट बञ्चित बनाइएको थियो । फलतः युवाहरूबीच अशिक्षाको दर ९५ प्रतिशतभन्दा बढी थियो । प्रजातान्त्रिक सुधार पछि छिम्दो प्राथमिक विद्यालय, ल्हासा प्राथमिक विद्यालय, ल्हासा मध्यम विद्यालय र सिचाङ मिन्चु विश्वविद्यालयले आफ्नो क्षेत्र बिस्तार ग¥यो । प्राथमिक तथा मध्यम विद्यालय सबै प्रिफ्याक्चर र काउन्टीमा बिस्तार गरियो । प्राथमिक विद्यालयहरू सबैजसो सहर र केही गाउँमा स्थापना भए ।
सन् १९६१ मा ल्हासा शिक्षा विद्यालय औपचारिकरूपमा स्थापना भयो । त्यसपछिका वर्षमा तिब्बती विश्वविद्यालय, तिब्बती कृषि तथा पशुपालन विश्वविद्यालय, तिब्बती परम्परागत मेडिकल कलेज र तिब्बती प्राविधिक कलेज स्थापना भए । आज तिब्बतमा आधुनिक र सर्वाङ्गिण शिक्षा प्रणाली व्यवहारमा छ । पूर्वप्राथमिक शिक्षा, आधारभूत शिक्षा, व्यवसायिक प्राविधिक विद्यालय, उच्च शिक्षा, निरन्तर शिक्षा, विशेष शिक्षा आजको तिब्बतमा व्यवहारमा रहेका शिक्षा व्यवस्था हुन् । सबै तिब्बती जनताको शिक्षाको अधिकारलाई पूर्णतः रक्षा गरिएको छ ।
प्रजातान्त्रिक सुधार पछि चीनको संविधान, क्षेत्रीय जनजाति स्वायत्ततासम्बन्धी कानुन, मानक कथ्य र लेख्य चिनियाँ भाषा र स्थानीय नियमावलीले दुईभाषिक शिक्षा प्रणाली लागु गर्न जनजाति भाषाको शिक्षण, प्रयोग र विकासका विशेष आवश्यकतालाई निर्धारण गरेको छ । अहिले दुई भाषिक शिक्षण पद्धति केही सहरी विद्यालयमा आरम्भ गरिएको छ । कृषि र चरन क्षेत्रमा रहेका विद्यालयमा तिब्बती भाषामा शिक्षण गरिन्छ । मध्यम विद्यालयमा तिब्बती र मानक चिनियाँ भाषाले पढाइन्छ ।
सन् २०१७ सम्ममा तिब्बतमा १ हजार २३९ वटा शिशुशाला, ८०६ वटा प्राथमिक विद्यालय, १३२ वटा मध्यम विद्यालय र सात वटा उच्च शिक्षालयहरू स्थापना भइसकेका छन् । सन् १९५९ मा विद्यालय शिक्षा उत्तीर्ण गर्ने विद्यार्थीको सङ्ख्या १८ हजार थियो भने आज त्यो सङ्ख्या ५ लाख ३० हजार पुगेको छ । चीनका अन्य भागमा पनि तिब्बती भाषाको शिक्षणमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । चीनका २१ वटा प्रान्त र सहरमा आज विद्यालयस्तरमा तिब्बती भाषाको अध्यापन हुने गरेको छ । ३६ हजारभन्दा बढी तिब्बती विद्यार्थीले माध्यामिक तहमा प्राविधिक विद्यालयमा प्रमाणपत्र हासिल गरेर काम गर्न तिब्बत फर्केका छन् । सन् १९८५ मा राज्यले तीन सुनिश्चितताको नीति अङ्गीकार ग¥यो । खाना, बास र विद्यालय खर्चलाई त्यहाँ तीन वटा सुनिश्चितताको नीति भनिन्छ । किसान र गोठालाका साथै सहरी क्षेत्रका गरिब परिवारका छोराछोरीलाई यस्ता तीन विषय सुनिश्चित गरिएको छ । त्यस्ता सेवाको गुणस्तर १८ गुणाले बढाइएको छ । यो नीतिको क्षेत्र बिस्तार गरिनुका साथै यसबाट लाभ लिनेको सङ्ख्या पनि बढेको छ । सन् २०१२ मा तिब्बतमा पन्ध्र वर्षको अनिवार्य शिक्षा लागु गरियो । सन् २०१८ मा प्राथमिक विद्यालयमा जाने विद्यार्थीको सङ्ख्या ९९.५ पुग्यो । आधारभूत विद्यालयमा जानेको प्रतिशत ९९.५, माध्यामिक तहमा जाने विद्यार्थीको प्रतिशत ८२.३ प्रतिशत र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको प्रतिशत ३९.२ प्रतिशत छ । प्रतिव्यक्ति शिक्षाको समयावधि ९.५५ वर्ष पुगेको छ ।
Democratic Reforms in Tibet- Sixty year on
नेपाली अनुवाद ः अनिता
Leave a Reply