online majdoor logo
9th December 2019 / २३ मङि्सर २०७६

    • Home
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • विचार
    • अर्थ / वाणिज्य
    • साहित्य
    • खेलकुद
    • स्वास्थ्य
    • विज्ञान प्रविधि
    • समाज
    • अन्तर्वार्ता
    • सम्पादकीय
भर्खरै
बाँकेमा वकतृत्वकला कार्यक्रम सम्पन्न | १३औँ साग : जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण | तेह्रौँ साग : पौडीमा गौरिकाको कीर्तिमान | युवाजन कतातिर ? | के संसद् सदस्य विकास कार्यकर्ता हुन् ? | विषादीको परीक्षण शुरु | स्टिल, आल्मुनियम सम्बन्धी अमेरिकी प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार | धर्मलाई आधुनिक युगको चुनौती– १ |

सुन किन्ने भन्दा बेच्ने बढे

    • अर्थ / वाणिज्य
    • समाचार
    4 months ago

जमुना शर्मा÷ तारानाथ आचार्य
नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफू संग भएको सुन बेच्ने गरेका छन् ।
अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको सगरमाथा सुनचाँदी पसल महेन्द्रपुल पोखराका सुरेन्द्र विश्वकर्माको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित भएको हो ।
“पसलभरी ग्राहक छन् तर सुन किन्न हैन”, उहाँले भन्नुभयो, “आफ्नै पसलबाट प्रति तोला ५२ हजार रुपैयाँमा सुन खरिद गरेर लगेकाहरु अहिले त्यही बिल लिएर प्रति तोला ७० हजार रुपैयाँमा बेच्न आएका छन् ।” आफ्नै ग्राहकको सुन खरीद नगर्ने पनि भएन, खरीद गर्न पैसा पु¥याउनै गाह्रो भएको उहाँको भनाइ छ । तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई निकै मर्का परेको दाबी विश्वकर्माको छ ।
सुनको शुक्रबार सम्मको मूल्य रु ७० हजार प्रतितोला रहेको छ । तेजाबी सुन रु ६९ हजार ७ सयमा कारोबार भएको विश्वकर्माले बताउनुभयो । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घ कास्कीका प्रथम उपाध्यक्ष रामबहादुर विश्वकर्माले सुन व्यापार १० प्रतिशतमा झरेको बताउनुभयो । “नेपाली महिलाको महानपर्व तीजलाई लक्षित गहना अहिले यत्तिकै थन्किएका छन् । ग्राहक पुराना गहना लिएर बेच्न आउनुभएको छ”, विश्वकर्माले भन्नुभयो, “नयाँ सुन बैंकमा राखेर ग्राहकको पुरानो सुन खरीद गर्न बाध्य भएका छौ ।”
झण्डै तीन ÷चार किलो सुन खपत हुने पोखराको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आकाशिएपछि यो व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको उहाँको भनाइ छ । “यस्तै अवस्था हो भने व्यवसाय धरासायी बन्छ, कालीगढहरुले विकल्प खोज्नुपर्ने अवस्था आउँछ” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले कास्कीमा झण्डै ५०० बढी सुनचाँदी व्यवसाय दर्ता छन् भने र स्वर्णकार कल्याण सङ्घमा दर्ता भएका ३०० कालीगढ प्रत्यक्ष रोगजारीमा संलग्न छन् । सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा अमेरिका र चीनबीचको पछिल्लो समय चलेको व्यापारिक द्वन्द्व नै प्रमुख कारण भएको व्यवसायीको भनाइ छ । “डलरमा भन्दा सुनमा लगानी बढेकाले मूल्यवृद्धि भयो, माग बढेपछि मूल्य वृद्धि स्वभाविक हो ।
सुनको मूल्य देशको आन्तरिक अवस्थाले भन्दा पनि अन्तर्राष्ट्रिय कारोवारले फरक सुन व्यवसायी भरत दियालीको भनाइ छ । रु ५८ हजारमा आठ तोला सुन खरीद गरेकी पोखरा चाउथेकी सानुमाया खड्का अहिले त्यही सुन बेचेर छोरालाई अष्ट्रेलिया पठाउने तरखरमा हुनुहुन्छ । “पैसा पुगेको थिएन, सुनको मूल्य बढ्यो, यही बेला सबै सुन बेचेर छोरालाई अष्ट्रेलिया पठाउन लागेको छु , मूल्य घटेपछि पुनः किनौला । अहिलेको समस्या टर्ने भयो ।” सुनको मूल्य बढेकोमा खड्काले खुशी व्यक्त गर्नुभयो । दैनिक २५ ÷ ३० तोला सुनका गहनाको व्यापार गर्दै आउनुभएका महेन्द्रपुल रुपाकोट सुनचाँदी पसलका सञ्चालक दशरत सुनार अहिले सुन किन्ने मानसिकताले कोही ग्राहक नआउने गरेको बताउनुभयो । “नेपालीको आयस्रोत भन्दा निकै उच्च रहेको सुन अब किन्न सहज छैन, तोलाको ७० हजार रुपैयाँ हालेर सुन किन्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “चाडवाड नजिकिँदै गर्दा आकाशिएको सुनको मूल्यले सुनका गहना लगाउने इच्छा नेपाली महिलामा मरेको छ ।”
“अहिले सबै ग्राहक सुन किन्ने होइन । बेच्न मानसिकतामा आउनुहुन्छ । दिनको तीन÷चार तोला नयाँ सुन बेच्न पनि मुस्किल छ” सुनारले भन्नुभयो । सुनमा लगानी खेर नजाने भएकाले पनि मानिस सस्तोमा किन्न र महङ्गोमा बेच्न खोज्ने उहाँको भनाइ छ । बलेवा– डलरको भाउ तलमाथि भइरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तर्राष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समयदेखि सुनको मूल्य बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्थिर भए पनि नेपालका ठूला व्यवसायीको कारण मूल्य बढ्ने गरेको साना व्यवसायीको आरोप छ । सुनको मूल्य बढेर ८० हजार रुपैयाँसम्म पुग्नसक्ने व्यवसायीले अनुमान गरेका छन् । सुनको मूल्य बढेकाले पसलमा किन्नेको भन्दा बेच्न आउनेको भीड लाग्न थालेको सुनचाँदी व्यवसायी सङ्घ बागलुङका अध्यक्ष ओमबहादुर विश्वकर्माले बताउनुभयो । ‘सुनको भाउ बढेर माथि उक्लेपछि हामीले खरीद गर्न सकेका छैनौं, उपभोक्ताले पनि किन्न सक्दैनन्’ विश्वकर्माले भन्नुभयोे, “पसलमा आएर किन्न भन्दा बेच्न खोज्ने धेरै छन् ।” हरेक दिन दुई केजीसम्म सुन बागलुङका व्यवसायीले बैंकबाट खरीद गर्दै आएका थिए ।
तर दुई सातादेखि यो कारोवारसमेत ठप्प भएको छ । नेपाल राष्ट्रबैंकले आफ्नो मौज्दातमा रहेको सुन व्यवसायीलाई बेच्ने गथ्र्यो । केन्द्रीय रुपमा समेत झण्डै सात सय केजी सुन मौज्दात रहेको बताइएको छ । विशेषगरी साउन महीनामा सुनको मूल्य घट्ने गथ्र्यो ।
तीज लगायतको चाडपर्वका लागि नेपाली महिलाले गहना बनाउने समय भएकाले पसलमा भीड लाग्ने गरेकोमा यतिबेला सुनसान भइसकेका अर्का व्यवसायी अनिष खातीले बताउनुभयो । ‘सानो पूँजीबाट दैनिक खरीद गर्दै काम गरिरहेका थियौं, मूल्य बढेपछि खरीद र बिक्रीसमेत ठप्प भएको छ’ खातीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा घट्दा घटेकै र बढ्दा बढेकै मूल्य पाइने भएकाले स्टक राख्ने काम पनि जोखिमको हुन्छ ।” स्टक राखेर मूल्य घट्यो भने व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।
सुनको मूल्य नेपालको बजारले निर्धारण गर्दैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, सुन र डलरको भाउको सन्तुलनबाट नेपाली बजारमा पनि असर पर्ने गरेको हो । नेपालीको चाडपर्व शुरु हुनै लागे पनि बजारमा किनबेच नभएकोले सुनचाँदी व्यवसायी भने निराश भएका हुन् ।
उनीहरुले यो वर्षको चाडपर्वमा सोचेजस्तो व्यपार गर्न नसक्ने पक्का भइसकेको विश्वकर्माले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारको तुलना गरेर हरेक दिन सुनचाँदी व्यवसायी सङ्घले मूल्य निर्धारण गर्छन् । वाणिज्य बैंकले खरीद गरेर ल्याउने सुन अन्तर्राष्ट्रिय बजार मूल्य र डलरमा आउने उतारचढावका कारण बढ्ने गर्छ । खरीद गरेको मूल्यमा केही नाफा राखेर बैंकले व्यवसायीलाई सुन दिन्छन् ।
त्यो सुनमा व्यवसायीले पनि सामान्य मार्जिन राखेर बिक्री गर्ने चलन छ । ठूला व्यवसायीले भने सस्तोमा खरीद गरेर राखेको सुन महङ्गो भएको बेला बेचेर नाफा कमाउने गर्छन् ।

सम्बन्धित

  • १३औँ साग : जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण
  • तेह्रौँ साग : पौडीमा गौरिकाको कीर्तिमान
  • विषादीको परीक्षण शुरु
  • स्टिल, आल्मुनियम सम्बन्धी अमेरिकी प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार
  • किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
  • चीन–अमेरिका व्यापार खुम्चियो
  • पछिल्लो अपडेट

    • बाँकेमा वकतृत्वकला कार्यक्रम सम्पन्न
    • १३औँ साग : जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण
    • तेह्रौँ साग : पौडीमा गौरिकाको कीर्तिमान
    • युवाजन कतातिर ?
    • के संसद् सदस्य विकास कार्यकर्ता हुन् ?

    Catagories

      • English
      • अन्तर्राष्ट्रिय
      • अन्तर्वार्ता
      • अर्थ / वाणिज्य
      • कला–मनोरञ्जन
      • खेलकुद
      • गतिविधि
      • चुनाव विशेष
      • पाठक विचार
      • प्रदेश
      • राजनीति
      • विचार
      • विज्ञान प्रविधि
      • विशेष
      • विशेष समाचार
      • शिक्षा
      • समाचार
      • समाज
      • सम्पादकीय
      • साहित्य
      • स्वास्थ्य

    Archives

    016619108/016619107
    Kamalbinayak-04, Bhaktapur, Nepal
    majdoor@gmail.com
    • हाम्रो बारे

    • देश र जनतामा समर्पित विचारप्रधान Online Majdoor Newsportal समाजको आमुल परिवर्तनको लागि स्थापना गरिएको गैरनाफामुखी सञ्चारमाध्म हो । अनलाइन मजदुर वि.सं. २०७३ माघ १० गते तद्अनुसार ई.सं. २०१६ जनवरी २३ बाट शुरुवात गरिएको हो ।

    • Reg. No. : 328/073-74
    • PAN : 6062 300 69
  • सम्पादक / संचालक

    सुरेन्द्र राज गोसाइ
    Mob. no : 9851131591

    • Copyright © 2019 by onlinemajdoor.com
    • Developed by FnClick.