ग्रिन आर्मी : ओलीको पालामा दर्ता देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति
- भाद्र २१, २०८३
कृष्णप्रसाद दुमरु
मठ, मन्दिर र सांस्कृतिक पर्वले भरिपूर्ण काठमाडौँ उपत्यका नगरहरूमध्ये ललितपुर महानगरपालिका पनि पर्दछ । ललितपुर महानगरको ५ नं. वडामा अनेकन ऐतिहासिक मठ, मन्दिर, पाटी, पौवासँगै ‘न्हु पुखु’ नामले प्रसिद्धि पाएको ‘रानीपोखरी’ पनि रहेको छ ।
रानीपोखरी अर्थात् पाटनको ‘न्हु पुखु’ सो¥हाँै शताब्दीका राजा सिद्धिनरसिंह मल्लको पालामा बनेको थियो । वायँदेखि त्याड्ढा (टीका) भैरव हुँदै ल्याइएको राजकुलोबाट बग्ने पानीले पोखरी भरिने गरेको सो वडाका अध्यक्ष विकासमान श्रेष्ठले आफ्नो बाल्यकालमा देखेको अनुभव सुनाउनुहुन्छ । लुक्सी टोलमा पुस्तकको व्यवसाय गर्दै आउनुभएका ८२ वर्षीय आशाकाजी महर्जनका अनुसार तत्कालीन समयमा मानव बस्तीभन्दा धेरै टाढा बनाइएको सो पोखरीमा जम्मा भएको आकाशे पानी विस्तारै जमिनमुनि सोसिंदै नगरका टोल–टोलमा बनेका मङ्गहिटी, तुसा हिटी, भण्डार ख्यः हिटीजस्ता अनेकौँ ढुङ्गेधाराहरूमा पानी आउँथ्यो । ती धारामा आएको पानी स्थानीयले जीवनयापनमा चलाउँथे । वास्तवमा पोखरी र ढुङ्गेधाराबीचको यो सम्बन्ध विज्ञानमा आधारित थियो । तर, राम्रो शैलीको न्हु पुखुको उचित हेरचाह र व्यवस्थापन नहुँदा पोखरी ‘डम्पिङ्ग साइट’ (फोहोर थुपार्ने स्थल) समेत बन्न पुग्यो । न्हुपुखुमाथि त्यो बज्रपात थियो । मानव बस्तीको विकास सँगसँगै पोखरीमा अतिक्रमण बढ्न थाल्यो । वरपर विस्तारै सुङ्गुर समेत पालियो । बहुउपयोगी र राम्रोलाई निरन्तरता दिंदै नयाँ ठाउँ, नयाँ बस्ती, नयाँ प्रविधि अपनाउने नीति अंगालिएको भए न्हु पुखुजस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेका धरोहरहरू म्हासिने, छोपिने र ओझेलमा पर्ने थिएन ।
तर, समय सधैं उस्तै रहेन । समयचक्रले कोल्टे फे¥यो । स्थानीय सम्पदाप्रेमी केही युवाहरूले २०६६ मा पोखरी संरक्षणको सत्प्रयास थाले । तर, त्यतिबेलासम्ममा ‘न्हु पुखु’ धेरै जीर्ण अवस्थामा पुगिसकेको थियो । जेनतेन पानी रहनेसम्मको बनाएर छोडिएको यो पोखरी पुनः सुधार गर्ने प्रयास चालू रह्यो । सुधारको नाउँमा ‘आधुनिक’ ग्याविङ्ग वाल (ढुङ्गे पर्खाल) पनि बनाइयो । पोखरीको मौलिक स्वरूप भने त्यस्तो निर्माणले चाउरिंदै गयो । विशेष पहिचानयुक्त निर्माण शैली र पुरातात्विक उत्खनन् प्रक्रियाबारे जानकारी नहुँदा न्हु पुखुले क्रमशः आफ्नो मौलिकरूपमा गुमाउँदै गयो ।
लामो समयको रिक्ततापछि स्थानीय तहको निर्वाचन भयो । न्हुँ पुखुलाई चुनावी मुद्दा पनि बनाइयो । पोखरी पुनः निर्माणलाई चुनावी मुद्दा बनाएका जनप्रतिनिधिहरूले न्हुः पुखु पुनःनिर्माण गर्ने निधो गरे । विषयगत ज्ञान, कार्यदक्षता र अनौपचारिक छलफलबाट प्राप्त जनपरामर्शअनुसार सहरी योजनासम्बन्धी विद्यावारिधि गर्नुभएका डा. विजकृष्ण श्रेष्ठ (‘न्हुः पुखु’ पुनः निर्माण कार्य योजनाका डिजाइनर) का साथ सहकार्य गर्दै आउनुभएका सहरी योजनाकार श्यामसुन्दर कवां २०७५ चैत २७ गते पोखरी मर्मत सम्भार एवम् जीर्णोद्धार गर्ने तरीकाबारे जानकारी लिन भक्तपुरको भाजुपुखु पुग्नुभयो । त्यत्तिबेला भक्तपुर नगरपालिकाले सुम्पेको जिम्मेवारी पूरा गर्ने क्रममा ४०–५० जना पोखरी बनाउन सिपालु महिला कामदारहरूको टोली लिई म काठमाडौँको रानीपोखरी पुनःनिर्माण कार्यमा जुटेको थिएँ । यता भाजुपुखु जीर्णोद्धारअन्तर्गत पोखरीको बीच खण्डसम्म पुग्ने पुल निर्माण कार्य अगाडि बढाइरहेका कामदारहरूको सहयोगले फोन सम्पर्क भयो । छोटो परिचयपछि न्हुः पुखु पुनः निर्माणबारे केही समय भलाकुसारी भयो ।
भक्तपुरको विकास निर्माण हिलोमाथि रातो कार्पेटले छोपछाप गरेको नक्कली विकास होइन । २०७६ वैशाख ३१ गते ललितपुर महानगरपालिका वडा नं ५ को वडा कार्यालयमा सम्पन्न बैठकबाट यो कुरा महसुस गरेँ । बैठकमा सहभागीहरूको बुझाइमा स्थानीय आवश्यकताअनुसारको विकास निर्माण, सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवद्र्धन, जीर्णोद्धार, पुनःनिर्माणप्रति स्थानीयको आत्मीयता जगाउँदै उपभोक्ता समितिमार्फत काम हुने गरेको नगर हो । भक्तपुरको यो कर्म सबैको अनुकरणीय बन्दै छ । त्यहाँको जस्तो हुबहु लागू गर्न तत्काल नसकिए पनि गलत प्रवृत्तिलाई तोड्न हरसम्भव प्रयत्न गर्ने वडा अध्यक्ष विकासमान श्रेष्ठको वाक्यले मलाई हौसला प्राप्त भयो । २०७६ वैशाख २९ गते सतिषनारायण जोशीको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन भयो र त्यसको भोलिपल्ट वैशाख ३० गते उपभोक्ता समितिसँग सम्झौता भयो ।
उपभोक्ता समितिमार्फत काम गराइको अनुभव आदान–प्रदान गर्ने उद्देश्य राखी पाटन वडा नं ५ का वडा सदस्य अशोककुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले २०७६ जेठ ८ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट ग¥यो । भेटमा उपभोक्ताले काम गर्दा निर्माण पक्की हुने, स्थानीयको श्रम शक्ति सदुपयोग हुने, आर्थिक खर्चमा शुद्धता आउने पहिचानसहितको मौलिक सीप नयाँ पुस्तामा सजिलैसँग हस्तान्तरण हुँदै जाने, निर्माणप्रति स्थानीयको आत्मीयता बढ्नेजस्ता कुराले टोली प्रभावित भयो । उहाँहरूको अनुरोध र आवश्यकताअनुसार भाज्यापुखुलगायत अन्य सम्पदा क्षेत्रमा काम गरेका कालिगढहरूको अनुभव ‘न्हु ः पुखु’ मा पनि प्रयोग हुने अभिव्यक्ति प्रमुख प्रजापतिले बताउनुभयो । ती सबै घटनाले मलाई निकै उत्साहित बनाएको थियो । जेठ ९ गतेबाट न्हुः पखु संरक्षण तथा पुनः निर्माण कार्य शुभारम्भ भयो ।
विषयवस्तुको आवश्यकता र ममा जागेको न्हुः पुखुसम्बन्धी जाने बुझ्ने इच्छाशक्तिले विना परिचय म पाटनको बखुँ बहा पुगें । बखुँ बहामा ललितपुरका रैथाने शताब्दी पुरुष सत्यमोहन जोशीको घर छ । जोशीको घर मैले सोचेको जस्तो ठूलो र बडेमाको थिएन । २०७२ को भूकम्पले थिलथिलाउँदा एकतला भत्काई जस्ताको छानाले पानी नचुहिने बनाएको भुइँतलासमेतको दुई तला घरलाई समाज सेवामा समर्पित भन्दै राजनीति गरेका भनाउँदा चप्पले नेताहरूको आलिसान महलमा मार्सी चामल चपाउँदै गिज्याइरहेको महसुस गरायो ।
घरमा हेरचाह गर्न चिनीमाया अवालसँग भेट भयो । लजालु अधवंैसे ती दिदीसँग नाम सोद्धा हामी सानो जातको ज्यापु, पर्दैन नाम पर्दैन भन्ने कथनले म अचम्म भएँ । परिवर्तन आफँैमा सजिलो विषयवस्तु होइन । परिवर्तनको ढोका बैठक सभा, जुलुसमा मात्रै नभई घर आँगनबाटै थालनी गर्नुपर्ने महसुस गरेँ । उसलाई उत्साही बनाउने मनसायले म पनि भक्तपुरको किसानको छोरो हुँ भनेपछि बल्ल मुसुक्क हाँस्दै आफ्नो नाम भनिन् । भोलिपल्ट साउन ११ गते बिहान सबेरै घर पुग्दा सत्यमोहन दाइ स्नानमा व्यस्त हुनुहुन्थ्यो ।

कृष्णप्रसाद दुमरु
सत्यमोहन जोशीको अति व्यस्त समय धेरै लिन ठीक लागेन । न्हु पुखुकोे महत्वबारे छोटो मीठो कुराकानी भयो । जोशीसँगको भेटपछि जीवन उमेरसँग तौलिनुको व्यर्थता बुझ्दै बेथितिविरुद्ध राम्रो कामको निम्ति घरायसी सन्तुलन कायम गर्दै अगाडि लम्किरहने मनमा कुरा खेलाइरहेँ ।
आज न्हु पुखुमा माछा खेल्न थालेको छ । त्यो देखेर स्थानीयहरू मख्ख छन् । भक्तपुरले आर्जेको ज्ञान, कला कौशल, कार्य शैलीको दक्षता र दम्भविनाको सहयोगले न्हु पुखुले पुनः जीवन पाएको छ । यो भक्तपुरवासीको लागि मात्र होइन सम्पूर्ण नेपाली र सम्पदाप्रेमीको लागि खुसी र गौरवको विषय हो ।
तस्विरहरू – लेखक स्वयम्
Leave a Reply