अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुनिता गाइसी
साउनको महिना पर्व सुरु हुने महिनाकोे रूपमा चिनिन्छ । नेपाली समाजमा जात्रा चाडपर्वहरू यसै महिनादेखि सुरु हुन्छ । जस्तैः नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, दसंै, तिहार इत्यादि । यसै सन्दर्भमा यहाँ जनैपूर्णिमाको विषयमा केही चर्चा गरिन्छ । नेपाल कृषिप्रधान मुलुक हो । हरेक चाडपर्व, जात्रा खेतीपातीको काम सकेर फूर्सदको समयमा मनाइन्छ । पुर्वजहरूले बनाएका कतिपय चलनहरू वैज्ञानिक र तर्कपूर्ण छन् । केही पुराना परम्पराले समाजलाई खोक्रो बनाए पनि केहीले समाजमा मेलमिलाप, एकता, सद्भाव र सदाचार कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस्तै चाडपर्वहरूमध्ये जनैपूर्णिमा वा रक्षाबन्धन पनि हो । क्षेत्री, बाहुन समुदायका पुरुषले जनै फेर्ने हुनाले यसलाई जनैपूर्णिमा भनिन्छ । यस दिन ब्राह्मणहरूद्वारा हातमा पवित्र डोरो बाँध्ने गरिन्छ । यस पवित्र डोरोले रोग, भय इत्यादिबाट रक्षा गर्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाकै दिन विभिन्न गेडागुडी मिसाएर बनाएको ‘क्वाटी’ खाइन्छ । नेपालभाषामा ‘क्वा’ को अर्थ तातो र ‘टी’ को अर्थ झोल भन्ने हुन्छ । त्यसैले कसै–कसैले यसलाई क्वाटी पूर्णिमा पनि भन्दछन् । क्वाटी नौ प्रकारका गेडागुडी मिलाएर तयार पारिन्छ । यसमा शरीरलाई अत्यावश्यक विभिन्न प्रकारका तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । असारको पानीमा भिजेर काम गर्दाको थकाइ र सर्दिलाई क्वाटीले ठीक पार्दछ भनी बूढापाका मानिसहरू बताउँछन् । क्वाटीले रुघाखोकीबाट पनि बचाउँछ ।
यस दिन देशका विभिन्न मन्दिर तथा कुण्डहरूमा मेला लाग्दछ । विशेषगरी रसुवाको गोसाइकुण्ड, पाटनको कुम्भेश्वर, दोलखाको चरिकोट आदि मन्दिरहरूमा मेला लाग्ने गर्दछ । हिन्दू धर्मालम्बीहरू बिहानै तलाउ, कुण्ड, पोखरी, नदीमा गएर नुहाएर जनै फेर्ने, डोरो बाँध्ने इत्यादि कार्यहरू यसै दिन गरिन्छ । रक्षाबन्धनको अर्थ ‘रक्षार्थ बन्धनम्’ वा सुरक्षाको लागि बाँधिने पवित्र धागो भन्ने बुझिन्छ । यस्तो धागोमा ब्राह्मणहरूले विभिन्न मन्त्रहरूद्वारा अभिमन्त्रित गरिएको हुन्छ र डोरो बाँध्ने क्रममा विभिन्न मन्त्र पढदै दाहिने हातमा बाँधिन्छ । केही वर्षअगाडि डोरो बाँध्दा पुरुषलाई दाहिने र महिलालाई देब्रे हातमा बाँधिन्थ्यो तर हाल आएर दुवैलाई दाहिने हातमा बाँधिन्छ । यस दिन धागो बाँध्नाले मानिसलाई वर्षभरि दुर्घटना र जोखिमहरूबाट बचाउँछ भनिन्छ । यस परम्पराको सुरुवात महर्षि दुर्वासाले गरेको शास्त्रीय मान्यता छ । दुर्वासाले पहिले साउनकी अधिष्ठात्री देवीद्वारा ग्रहदृष्टि निवारणका लागि रक्षाबन्धन सुरु गरेका थिए । हाल आएर विभिन्न जातजातिका मानिसहरूले आफ्नो रक्षाको लागि डोरो बाँध्ने गर्दछन् । रक्षाबन्धनको दिन रातो, पहेँलो विभिन्न रङ्गका डोरो बाँध्ने गरिन्छ । गाउँघरतिर जजमानका घर–घरमा गएर पवित्र धागो बाँध्ने र जनै फेर्ने कार्य गदर्छन् तर सहरी समाजमा विभिन्न मन्दिरका वरपर बसेर ब्राह्मणहरूले यी कार्य गर्दछन् ।
रक्षाबन्धन पर्वसँग बलि राजाको कथा पनि जोडिएको छ । बलि राजा धेरै शतिmशाली थिए । उनले देवताहरूलाई दुःख दिए । बलि राजाको बदमासीलाई नियन्त्रण गर्न विष्णु बामन रूप धारण गरी भिक्षु भई बलि भए ठाउँमा गए र उनीसँग तीन पाइला जमिन मागे । बलि राजाले घमण्डका साथ जाबो तीन पाइला त हो नि भनि दिने बाचा गरे । भगवान विष्णुले छल गरी बलि राजालाई रक्षासूत्रको बन्धनबाट बचनबद्ध गरे । विष्णुको एक पाइलाले पृथ्वी र अर्को पाइलाले आकाश ढाक्यो । जब विष्णुले तेस्रो पाइला जमिन मागे तब बलि राजा बचनबद्ध भएको हुनाले उनले आफ्नै शिरमा राख्न लगाए । भगवान विष्णुको पाउ बलिराजाको शिरमा परेपछि उनी पातालमा पुगे । यसरी विष्णुले देवताको रक्षा गरेको थियो । यसरी रक्षाबन्धनको सुरुवात भएको मानिन्छ । त्यसैले रक्षाबन्धनमा डोरो बाँध्ने बेलामा निम्न मन्त्र पढिन्छ ः
येन बद्घो बलिराजा दानवेन्द्रो महाबलः ।
तेन त्वं प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
नेवारी परम्परामा यसै दिन भ्यागुतालाई पूजा गरी खेतमा खाना खुवाउन लगिन्छ । जसलाई नेवार समुदायले ‘ब्याँचा जा नकेगु’ भन्दछन् । भ्यागुतो कराउँदा इन्द्रले पानी पार्ने र खेतीपाती राम्रो हुने हुनाले किसान समुदायले जनैपूर्णिमामा आफूले मात्र नखाई भ्यागुतालाई पनि खाना खुवाउने गर्दछन् । त्यसैले खेती किसानी गर्ने मानिसहरूको लागि यो महत्वपूर्ण पर्वको रूपमा मानिन्छ । आफू पनि बाचौँ अरूलाई पनि बचाऔं भन्ने मान्यता नेपाली परम्परा, धर्म, संस्कृति र रीतिथितिमा आज पनि जीवन्त रहेको छ ।
जनैपूर्णिमाको भोलिपल्ट आफ्ना मरेका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइन्छ । गाईजात्रा पर्वको सुरुआत प्रताप मल्लले गरेका थिए । उनले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकमा डुबेकी रानीलाई सम्झाउन “तिम्रोमात्र छोरा मरेको होइन अरु मानिसका पनि आफन्त मरेका छन्, जन्मनु र मर्नु भनेको एउटा प्रकृतिको नियम नै हो शोक नगर भनी” देखाउन गाईजात्रा पर्वको सुरुआत गरेका थिए । राजाले वर्षभरि मरेका व्यक्तिहरूको नाउँमा गाई बनाई सहर घुमाउने आदेश दिएको भन्ने कथन छ । रानीलाई खुसी पार्न गाईको अगाडि पछाडि विभिन्न किसिमका हास्यव्यङ्गय प्रहसन गरी निकालेको गाईजात्रा हेरेपछि रानीको चित्त बुझ्यो । त्यसपछि हरेक वर्ष यो पर्व मनाउने परम्परा कायम रहेको भनाइ छ । यो पर्वलाई हास्यव्यङ्गय र श्रद्धाञ्जलीको पर्वको रूपमा मनाइन्छ । यस पर्वमा बाँसका गाई बनाई यसलाई सजाएर मृतकको फोटो राखेर सहर परिक्रमा गर्ने चलन छ । कसै कसैले गाईलाई नै विभिन्न आभूषण लगाइदिएर सहर घुमाउने गर्दछन् । कसै–कसैले साना बालबालिकालाई शिव पार्वती बनाई विभिन्न वस्त्र, गरगहना लगाई चमर हम्कदै नगर परिक्रमा गर्ने गरेको देखिन्छ । हाल यसमा आधुनिकताले छोप्दै आएको देख्न सकिन्छ । आर्थिकरूपमा सम्पन्नहरूले माटोको साँढे बनाई त्यसलाई सुनौलो रङ्गमा सजाएर फूलमाला लगाई भजन किर्तन गर्दै सहर घुमाउने गर्दछन् । हाल आएर कसै–कसैले गाईजात्रामा व्याण्ड बाजा प्रयोग गरेको देखिन्छ । गाईजात्रा विशेषगरी काठमाडाँै, भक्तपुर, ललितपुरमा मनाइन्छ । यसमध्ये पनि भक्तपुरको गाईजात्राको विशेष महत्व रहँदै आएको छ । यहाँका गाईजात्रामा बाँसको गाई बनाई त्यसलाई विभिन्न किसिमको वस्त्र आभूषण पहिराएर सजीसजाउ गरी विभिन्न बाजा बजाउँदै नाचसहित सहर घुमाउने गरिन्छ । यो आकर्षक र मनोरञ्जनात्मक हुन्छ ।
यसै पर्वमा समाजमा बढेको विकृति र विसङ्गतिको विरुद्घ विभिन्न आकर्षक झाँकी र हास्यव्यङ्गयको प्रहसन गरिन्छ । यहाँको गाईजात्रा हेर्न टाढा–टाढाबाट पनि मानिसहरू आउने गरेको कुरा भक्तपुरका स्थानीयवासीहरू बताउँछन् । उपत्यकाबाहिर विभिन्न सहरहरू जस्तैः पोखरा, पाल्पा, धरानतिर पनि गाईजात्रा पर्व मनाइन्छ । धार्मिकरूपमा अत्यन्तै महत्वपूर्ण मानिआएको यस पर्वले आधुनिकताको नाउँमा समाजमा बढेको विकृति विसङ्गतिप्रति सचेत गराई समाजलाई सही मार्गतिर दोहो¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
Leave a Reply