संयुक्त राष्ट्रसङ्घमा क्युवाको जित विश्वले फेरि नाकाबन्दीको विरुद्धमा आवाज उच्च पा¥यो
- कार्तिक १३, २०८३
आदिस अबाबा, ३० साउन (सिन्ह्वा) । अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ ।
इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्री यालेम चेगायेले पाँचवर्षे नयाँ मार्गचित्रले आगामी सन् २०२५ भित्रमा मुलुकका यी दुई प्रमुख सामाजिक समस्या अन्त्य गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बाल विवाह र योनिच्छेदनको यो समस्या अन्त्य गर्न पाँच वर्षभित्र करिब नौ करोड ३० लाख अमेरिकी डलर खर्च हुनेछ । यस योजनामा खासगरी व्यापक प्रचारप्रसार गर्ने, नीतिगत सुधार गर्ने, सेवा केन्द्रहरूको स्थापना गर्ने तथा घटनाको तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम राखिएको छ ।
इथियोपियाली समुदायमा बाल विवाह र महिलाको योनीच्छेदनलाई प्रमुख दुई समस्याका रूपमा पहिचान गरिएको छ । स्वास्थ्य र सामाजिक आर्थिक प्रभावका कारण पनि यी दुई समस्या समाजमा रहेको विश्वास गरिन्छ ।
नयाँ घोषणा गरिएको मार्गचित्रलाई सरकारका विभिन्न निकायबीचको सहकार्यबाट सञ्चालन गरिनेछ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्रालयले स्वास्थ्य, शिक्षा, अर्थ, श्रम र सामाजिक कल्याणका साथै अरु दातृ निकायसँग सहकार्य गर्दैछ ।
संयुक्तराष्ट्र बालकोष (युनिसेफ) का अनुसार इथियोपियामा हरेक पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ ।
अफ्रिकामै बाल विवाहको दरमा पछिल्ला वर्षमा निकै घटेको छ । एक तथ्याङ्कअनुसार सन् १९९० मा ४४ प्रतिशत बाल विवाह रहेकामा सन् २०१५ मा त्यो घटेर ३४ प्रतिशतमा आइपुगेको छ ।
युनिसेफले बाल विवाहको न्यूनीकरणका क्षेत्रमा इथियोपियाले गरेको कार्य प्रशंसनीय रहेको जनाएको छ । युनिसेफले बाल विवाह न्यूनीकरणमा अझ बढी सहकार्य, बजेट विनियोजन, जवाफदेही संयन्त्र तथा तथ्याङ्कको उपलब्धतामा जोड दिएको छ ।
युनिसेफले बाल विवाह र महिलाको योनीच्छेदन अन्त्य गर्नेसम्बन्धी राष्ट्रिय एलायन्सको स्थापना अर्को महत्वपूर्ण कदम रहेको जनाएको छ ।
अफ्रिकामा अहिलेकै बाल विवाहको दर कायम रहे अफ्रिकामा विवाहित बालिकाको सङ्ख्या आगामी सन् २०५० सम्ममा हालको १२ करोड ५० लाखबाट ३१ हजार पुग्ने युनिसेफको अनुमान छ ।
Leave a Reply