अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, ३१ साउन । यस वर्षको गाईजात्रामा नियमित घिन्ताङगिसी र नाचगानसँगै देश–विदेशमा भइरहेको घटनाबारे गरिएको व्यङ्ग्यलाई निरन्तरता दिइएको छ । साम्राज्यवादी अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा मच्चाइरहेको आतङ्कको कार्टून र प्रदर्शनमार्फत घोचपेच गरिएको छ । प्रदर्शनीमा जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेभन्दा सरकार पानीजहाजको आश्वासन देखाएर जनतालाई झुकाइरहेको, स्वरोजगार कार्यक्रमको नाममा आफ्ना कार्यकर्ताहरूलाई पैसा फालेको प्रसङ्ग पनि देखाइएको छ । वाइडबडी र ३३ किलो सुनको काण्डले सरकारको मन सफा नभएको सन्देश दिइएको छ ।
भारतबाट आयात भइरहेको विषादी तरकारी नेपाली उपभोक्ताहरूमाझ बेचेर जनताको स्वास्थ्यमा सरकारले गरिरहेको खेलबाडमात्र होइन दोहोरो कर तिर्नुपर्ने जनताको बाध्यता, अनियमितता, जताततै भ्रष्टाचारको जालोले जनताको ढाड भाँचेको प्रदर्शन अर्को मुख्य आकर्षणको विषय रहेको छ । चीन अमेरिका व्यापार युद्ध र मोदी सरकारले जम्मु–काश्मीरमा गरेको हस्तक्षेपको पनि विरोध गरिएको छ । घिन्ताङगिसीको ६८ टोलीमा ८ टोली माक प्याखँ रहेका छन् । त्यसमध्ये भक्तपुर नगरको दुई समूह, झौखेल र छालिङको तीन–तीन समूह रहेका छन् । घिन्ताङगिसीमा भक्तपुरको चारवटै नगर भक्तपुर, चाँगु, सूर्यविनायक र मध्यपुर नपाको सहभागिता थियो । घिन्ताङगिसीमा व्यङ्ग्यात्मक राजनीतिक तथा कार्टून प्रदर्शनको घिन्ताङगिसी गोल्मढीबाट युवा–विद्यार्थी, लैको र सूर्यमढीबाट नेमकिपाले प्रदर्शन गरेका थिए । हरेक घिन्ताङगिसी र माक प्याखँको नगरको तीन ठाउँबाट मूल्याङ्कन गरिएको थियो । भनपाबाट गठित सो मूल्याङ्कन समितिले दरबार स्क्वायर, टौमढी र दत्तात्रयमा मूल्याङ्कन गरेको थियो ।
गाईजात्रामा देखाइने अश्लील अभिनय र दृश्यजस्ता विकृतिको अन्त्य गर्न नेपाल मजदुर किसान पार्टी र पार्टीका विद्यार्थी र युवा सङ्गठनहरूले सांस्कृतिक अभियान नै थालेका थिए । सोही अभियानको क्रममा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायमा ठूला शक्ति राष्ट्रले साना देशमाथि गरिरहेको आक्रमण, थिचोमिचो, दबाबबारे जनतामा सुसूचित पार्न कार्टून र घिन्ताङगिसीमार्फत व्यङ्ग्य प्रदर्शन हुँदै आएको हो । नेमकिपाले तीन दसकभन्दा अघि नै घिन्ताङगिसीलाई उपयोग गर्दै रचनात्मक अभियान थालेको स्मरण पुराना पुस्ताका युवाहरू गर्छन् । नेमकिपाले सांस्कृतिक पर्व घिन्ताङगिसीलाई सांस्कृतिक क्रान्ति नै गरेको थियो ।
गलत नीति र कार्यको विरोध गर्ने, रचनात्मक या देश र जनतालाई फाइदा हुने कुनै पनि कार्यको समर्थन गर्ने सो सांस्कृतिक अभियानले जनतालाई जागरूक बनाएको थियो, सुसूचित पारेको थियो । यो हरेक सच्चा कम्युनिस्ट पार्टी, वामपन्थी समूह र देशभक्त जनताको दायित्व हो । तर, समयको गतिसँगै त्यस्ता क्रियाकलापहरू केही वर्षदेखि घट्दै गइरहेको महसुस टोलवासीहरूले गर्न थालेका छन् । यसले गर्दा घिन्ताङगिसीमा फेरि हेर्न अप्ठेरो हुने खाालका दृश्य र अभिनयहरू देखिन थालेका छन् । यसतर्फ राजनीतिक कार्यकर्ताहरू चनाखो हुनुपर्ने देखिन्छ । बेलैमा नसोचे यसले नयाँ पुस्तामा असर पार्छ । नयाँ पुस्ताले जानी नजानी त्यस्तै कार्य नक्कल गरेर गाईजात्रा महोत्सवको मूल्य र मान्यता घटाउने त होइन ? विचारणीय छ ।
Leave a Reply