‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
–दानबहादुर कपाली
भक्तपुर नगरभित्र रहेका विभिन्न परम्परागत नाचगान, नृत्य, ख्याल (व्यङ्ग्य) तथा एकाङ्की नाटकको आज आइतबारदेखि भक्तपुर नगरपालिकाबाट गठित सांस्कृतिक मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने छ । उक्त मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनको आधारमा प्रतिस्पर्धी विभिन्न सांस्कृतिक तथा साहित्य विधाका टोली या समूह पुरस्कृत हुने व्यवस्था गरिएको छ । यहाँ रहेका पुराना नाचगानहरूको निरन्तरता दिन, नाचगान लोप हुनबाट बचाउन र नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले भनपाले प्रत्येक वर्ष नाचगानको आयोजना गरिरहेको हो । गाईजात्राको अवसरमा यहाँ रहेका प्रत्येक नाचगान देखाइनुपर्छ भन्ने मान्यता छ । नाचगानमा लामो समयदेखि तयारी गर्नुपर्ने, नाचगानको तयारीमा लाग्ने खर्च, नाचगानको लागि आवश्यक पोशाक, वाद्यवादनको अभाव र नाच्ने कलाकारको कमीले पहिले पहिले देखाइएका कति नाचगान लोपसमेत भएको थियो । नपाले पुरस्कारको व्यवस्था गरेपछि पुरस्कारस्वरुप प्राप्त रकमबाट नाचगान टोली या समुदायले कहिले पोशाक त कहिले वाद्यवादनको व्यवस्था गरेपछि नाचगान देखाउने टोलीको सङ्ख्या बढेको हो । हाल लोप भइसकेका र लोप हुनलागेका नाचगान देखाउन ल्याएको हामीले पाएका छौँ । यो सकारात्मक पक्ष हो ।
नाचगान पुरस्कार पाउने उद्देश्यले मात्र देखाउने होइन । यहाँ अझै के कस्ता नाचगानहरू छन् । भन्ने कुरा देखाउन र जीवन्तता दिन पनि देखाइनु आवश्यक छ । पुराना नाचगानहरू भैल प्याखं (भैरव नाच) र देवी प्याखं (नाच) को बन्दोबस्त गर्न त्यति सजिलो छैन । यी नाचगानमा धेरै कलाकारहरू हुन्छन् । नाचगानको लागि बाजा बजाउने र नाचगानसँगै आउने अन्य सहयोगीहरू रहेका हुन्छन् । यसरी सबै कलाकार र सहभागी जुटाउनुपर्ने भएकोले पनि नाचगान देखाउन गाह्रो मानिन्छ । यी र यस्तै अन्य समस्या हुँदाहुँदै नाचगानका गुरु, कलाकार र शुभचिन्तकहरूको सहयोग र साथले नाचगान देखाउने काम भइरहेको छ ।
यसको निरन्तरता आवश्यक छ । समस्या छ भनेर कुनै पनि नाचगान देखाइएन भने हाम्रो यहाँको पहिचान गुम्ने छ । नाचगानको सहर, कलाकारको सहर भन्ने कुरा कुनै बेला कागज या भनाइमा मात्र सीमित हुनेछ । अतः नाचगानका पुराना र नयाँ गुरुले नाचगानको निरन्तरतामा जोड दिनुपर्छ र ती नाचगानहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ ।
Leave a Reply