नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सिन छियाङ
संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री मार्क इस्पेरले गएको अगस्ट ३ मा संरा अमेरिकाले एसियामा भूमिमा आधारित मध्यम क्षमताको मिसाइल तैनाथ गर्ने योजना बनाइरहेको बोले । एक दिनपछि, इस्पेरले हिन्द प्रशान्त क्षेत्रमा चीनको ‘अस्थिर व्यवहार’ ‘विचलनकारी’ भएको बताए ।
इस्पेरले चीनलाई ‘विश्वको साझा हितलाई हतियार बनाउनु, सार्वभौमिकताको मामिलामा आक्रामक अर्थतन्त्र र ऋणलाई प्रयोग गरेको तथा अरू देशका बौद्धिक सम्पत्तिलाई राज्य प्रायोजित चोरीलाई प्रोत्साहन गरेको’ आरोप लगाए ।
चीनले हिन्द प्रशान्त क्षेत्रमा कहिल्यै पनि अस्थिरता फैलाएको छैन न त विगतमा बाँकी रहेका भूमि विवादलाई नै जबरजस्ती समाधान गर्न खोजिरहेको छ । बरु विडम्बना संरा अमेरिकाले यस्ता सबै काम गरिरहेको छ ।
दोस्रो विश्व युद्धको अन्त्यपछि एसिया प्रशान्त क्षेत्रका मामिलामा हस्तक्षेप गर्नु संरा अमेरिकाको बानीजस्तै बनिसकेको छ । संरा अमेरिका क्षेत्रीय सुरक्षामा आफ्नो प्रभाव बलियो बनाउन चाहन्छ । ऊ आफ्नो क्षेत्रीय र विश्वव्यापी प्रभुत्वलाई चुनौती दिने कोही प्रतिस्पर्धी नजन्मियोस् भन्ने चाहना राख्दछ ।
संरा अमेरिकी हिन्द–प्रशान्त रणनीति आधारभूतरूपमा एसिया प्रशान्त रणनीतिको दोस्रो संस्करण हो । यी दुवै रणनीतिको खास अन्तर्य एउटै हो । संरा अमेरिका चीन–जापान सम्बन्धमा चासो राख्ने सिमाना र ऐसिहासिक विषयमा एसिया–प्रशान्त क्षेत्रमा रहेका झगडालाई आफ्नो अनुकूलतामा प्रयोग गर्न चाहन्छ । सो क्षेत्रमा संरा अमेरिकाको पहुँच विस्तार गर्ने यो वाशिङ्टनको रणनीति हो ।
संरा अमेरिकाको लक्ष्य स्पष्ट छ – चीनको प्रतिसन्तुलन (Counter balancing) गर्ने, एसिया–प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउने र चीनको उदयलाई रोक्ने ।
गत अगस्ट २ मा संरा अमेरिकाले मध्यम दुरीको आणविक शक्ति सन्धिबाट हात झिक्यो । यो कदमप्रति धेरै देशले चासो राखे । आफ्नै मध्यमस्तरको आणविक हातहतियार निर्माणमा यो सन्धि बाधक भएको संरा अमेरिकाको निष्कर्ष छ । त्यसले वाशिङ्टनलाई चीनको तुलनामा पछि पार्नसक्ने उनीहरूको बुझाइ छ । सन्धिबाट हात झिकेर संरा अमेरिकाले चीनलाई पनि आफू र रुससहित त्रिपक्षीय आणविक हतियार न्यूनीकरण सम्झौतामा सामेल हुने आशा गरेको छ । अर्को शब्दमा वाशिङ्टन चीनलाई मध्यमस्तरको आणविक हतियार निर्माणमा रोक्न चाहन्छ ।
रुसले उक्त सन्धिको अवहेलना गरेको संरा अमेरिकाको आरोप छ । यो त बहानाबाजीमात्र हो । संरा अमेरिकाका भनाइ उसका खास रणनीतिक लक्ष्त्न्दा नितान्त भिन्न छ । संरा अमेरिकाको भनाइमा विश्वास गर्दा कोही पनि उसको जालमा सजिलै फस्न सक्छ ।
आफ्नो हिन्द–प्रशान्त रणनीतिलाई संरा अमेरिकाले कसरी प्रवद्र्धन गर्दै छ भन्ने कुराभन्दा मुख्य कुरा के यो रणनीतिको लागि संरा अमेरिकासँग पुग्दो रणनीतिक स्रोत छ भन्ने हो । सत्य के हो भने वाशिङ्टनसँग यो रणनीतिक धान्ने स्रोत छैन । ऊ आफैँ अहिले ठूलो आर्थिक समस्या झेलिरहेको छ । यो क्षेत्रीय रणनीतिको लागि एसिया–प्रशान्त क्षेत्रबाट संरा अमेरिकालाई कुनै प्रकारको समर्थन छैन ।
गत जून महिनामा चीनका राष्ट्रपति सी चिनफिङ र जापानका प्रधानमन्त्री सिन्जो अबेबीच भेटवार्ता भएको थियो । उनीहरूबीच नयाँ युगका आवश्यकतालाई उपयुक्त हुने तरिकाबाट द्विपक्षीय सम्बन्ध निर्माण गर्ने सहमति भएको थियो । चीनले फिलिपिन्स र भियतनामसँग पनि आफ्नो सम्बन्ध सुधार गरेको छ । दक्षिण चीन सागरमा संरा अमेरिकाले प्यादाको रूपमा प्रयोग गरेको फिलिपिन्सले राम्ररी बुझेको छ । मनिलाको लागि यो सह्य विषय होइन ।
दक्षिण चीन सागरको विषयमा न फिलिपिन्स न भियतनाम नै संरा अमेरिकासँग सहकार्य गर्ने पक्षमा छन् । संरा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिमा आफ्नो रणनीतिक आधार गुमाइसकेको छ । वाशिङ्टनले सबै देशको विश्वास गुमाउँदै गएको छ ।
जहाँसम्म विवादहरूको कुरा छ, चीनले कुनै पनि देशमाथि आफ्नो निर्णय थोपरेर एकपक्षीय रुपमा विवाद मिलाउन खोजेको छैन । तर, चीनले चाहेको खण्डमा त्यसो गर्नु उसको लागि सम्भव छ । चीनले अन्य देशहरूलाई पूर्वाधार विकासका अवसर प्रदान गर्दै बेल्ट एन्ड रोड परियोजना अघि बढाइरहेको छ । साथै सो क्षेत्रका देशको आर्थिक किासमा टेवा पु¥याइरहेको छ ।
एसियाली देशहरू कुन देशले वास्तवमा क्षेत्रीय शान्ति र स्थायित्व चाहेको छ भन्ने कुरा राम्ररी जानेको छ । कुन देशले आफूलाई समस्यामा धकेल्न खोजेको छ भन्ने कुरा पनि उनीहरूले बुझेका छन् ।
संरा अमेरिकाले झगडाको बीउ छरेको कुरा अन्य देशले बुझेसम्म वाशिङ्टनको प्रभावलाई बलियो मान्न सकिन्न । चीनको लागि अहिलेको अवस्था बदलिएको छ । चीन आफूले लिएको बाटोमा अघि बढ्नुपर्छ । बेल्ट एन्ड रोड परियोजनाको प्रवद्र्धन गर्नुपर्छ, छिमेकीसँग सम्बन्ध सुधार गर्नुपर्छ, वरपरका देशहरूसँग सुरक्षा, अर्थतन्त्र र कूटनीतिमा बलियो सहकार्य विस्तार गर्नुपर्छ ।
समयले चीन नै क्षेत्रीय शान्तिको प्रवद्र्धक भएको पुष्टि गर्नेछ ।
लेखक फुदान विश्वविद्यालयअन्तर्गत संरा अमेरिका अध्ययन केन्द्रका सहायक निर्देशक हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
अनुवादः सजिला
Leave a Reply