प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
हेटौँडा, २७ चैत । चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाँै जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Leave a Reply