जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
केप टाउन, १९ अगस्ट । दक्षिण अफ्रिकाले भारत र पाकिस्तानलाई आपसी मतभेद शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गरेको छ ।
जम्मु र काश्मीर क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण अवस्थाबारे चासो व्यक्त गर्दै दक्षिण अफ्रिकाली अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्य विभागले वक्तव्य जारी गरी जम्मु र काश्मीर विषय दुई पक्ष बसेर समाधान गरिनुपर्ने धारणा राखेको हो ।
“दक्षिण अफ्रिका दुवै देशलाई धैर्यता कायम गर्न र क्षेत्रीय अस्थीरता बढाउने कुनै पनि कदम नचाल्न आग्रह गर्दछ”, विभागका प्रवक्ता क्लेसन मोनेलाले भन्नुभयो । उहाँले दुवै देशलाई आ–आफ्ना अडानमा विचार गर्न जरुरी भएको बताउनुभयो ।
“दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय मानवीय तथा मानव अधिकार कानुनबमोजिम नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्न अपिल गर्दछ”, मोनेलाले भन्नुभयो ।
“दक्षिण अफ्रिकाको शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको अनुभवको आधारमा हामी अर्थपूर्ण संवाद र सरसल्लाहमा विश्वास नै विवाद समाधानको दिगो उपाय हो”, उहाँले भन्नुभयो ।
उहाँले जम्मु र काश्मीरको समस्या समावेशी संवादको आधारमा समाधान निकाल्न आग्रह गर्नुभयो ।
Leave a Reply