नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
१. ह्रस्वको प्रयोग
(क) शब्दको सुरुमा ह्रस्व
केही प्रचलित शब्दहरू ः
इति, इन्द्र, इन्द्रिय, इन्दिरा, इच्छुक, क्रिया, चित्र, चिह्न, जिह्वा, चित्ता, दिव्य, नित्य, निद्रा, पित्त, पिण्ड, भिक्षा, मित्र, चिन्तन, जिज्ञासा तिलक, तिरस्कार, दिवस, धिक्कार, तिल, त्रिभुज, त्रिभुन, दिन दिशा, निधि, पिता, प्रिय, मिति, रिपु, लिपि, विष, विधि, शिशु, शिव, स्थिति, हिम आदि ।
उग्र, उक्त, उमा, उल्का, उषा, उष्म, उष्ण, उच्च, उच्चारण, उज्ज्वल, उत्कृष्ट, उत्तर, उदार, उन्नति, उल्लेख, उपकथा, उपचार, उपद्रव, उपहार, उपाय, उपासना, दुर्गति, दुर्जन, दुष्कर्म, कुटुम्ब, कुमार, कुश, कुल, कुण्ठा, कुसुम, क्षुद्र, खुर, गुण, गुरु, त्रुटि, तुच्छ, तुलसी, दुग्ध, दुष्ट, दुःख, धु्रव, पुण्य आदि ।
नि, वि, कु, सु उपसर्गहरू
निकट, निकाय, निज, निबन्ध, नियम, नियन्त्रण, निरर्थक, निर्देशक, निर्वाचन, निस्तेज, विकट, विकराल, विकास, विक्रम विक्रेता, विद्युत्, विद्या, विधान, विचित्र, विश्वास, सुकुमार, सुगन्ध, सुगम, सुवर्ण, सुधा, कुकर्म, कुचक्र, कुतर्क, कुप्रबन्ध, पुरस्कार पुरोहित, पुराण, पुरातन आदि ।
नाम शब्द
नुन, मित, सिङ, किरो, घिउ, बिरालो, हिउँ, जिब्रो, इन्जिन, टिन, टिकट, मिल, इनाम, पिर, मितेरी, सिङौरी, सिलौटो, इन्जिनियर, बिल्डिङ, मिटिङ, पुजारी, कुकुर, मुजुर, जुरेली, कुनो, गुन, कुर्सी, उजुर, जुनार, बुढ्याइँ, उम्मेदवार, धुपौरो आदि । (अपवाद ः जून (चन्द्रमा), फूल (पुष्प) )
सर्वनाम शब्द
उनी, उहाँ, तिनी, यिनी, तिमी आदि ।
विशेषण शब्द
तिनेक, बिसेक, तिसेक, चिसो, चिप्लो, दुब्लो, रित्तो, जुम्सो, सिनियर, जुनियर, बुलन्द, उल्टो, सुस्त, दुरुस्त, नुनिलो, दुधालु, मुलुकी, घुमाउरो, युरोपेली, पिराहा, भित्रिया, इलमी, किताबी, इज्जतदार आदि । (अपवाद ः तीन)
अव्यय शब्द
भित्र, तिर, सित, निर, हिजो, मुनि, उँभो, उँधो आदि । (अपवाद ः पूरा (सबै पूर्ण)
क्रियापद
किन्यो, दियो, लिन्छन्, उभिइन्, रुन्छ, सुत्छ, धुत्यो, सुन्छन्, पियो आदि ।
(ख) शब्दको बीचमा ह्रस्व
तत्सम शब्द
अधिक, अन्तिम, कविता, गरिमा, चरित्र, नायिका, गायिका, पाक्षिक, पण्डित, पठित, प्राकृतिक, प्रतियोगिता, मन्दिर, अङ्कुश, आकुल, आतुर, मधुर, विदुर, अतिचार, अतिरिक्त, अधिकार, अधिपति, अधिराज्य, अधिवेशन, अनुकरण, अनुक्रम, अनुज, अनुदान, अनुसार, अभिधा, अभिनय परिवार, अभिमान, अनुक्रम, अभियोग, अभिषेक, परिक्रमा, परिचय, परिणाम, परिश्रम, परिच्छेद, परिश्रम, परिषद्, प्रतिकार, प्रतिगामी, प्रतिघात, प्रतिमा, प्रतिशत, अकुशल, अकुण्ठित, अनित्य आदि ।
नाम शब्द
कुकुर, मुजुर, मानिस, भानिज, भतिज, इन्जिन, अफिस, लाल्टिन, रेडियो, हाजिर, मितिनी, सम्धिनी, नातिनी, पनातिनी, हाजिरी, बोर्डिङ, मिटिङ, बिल्डिङ, टेलिफोन, टेलिस्कोप, गरिबी, दाडिम आदि ।
विशेषण शब्द
हरियो, अमिलो, खुकुलो, बाटुलो, सिकिस्त, नुनिलो, उन्नाइस, गुनिलो, भित्रिया, झगडिया, घरानिया, घुमाउरो, लाहुरी, दाउरे, गाउँले आदि ।
क्रिया शब्द
पढिरहन्छ, लिइसक्यो, खाइहाल्नेछ आदि ।
(ग) शब्दको अन्त्यमा ह्रस्व
तत्सम शब्द
अग्नि, अनुमति, अवधि, इति, उन्नति, कलि, कवि, कान्ति, कीर्ति, कृति, क्षति, गति, गिरि, गीति, ग्लानि, छवि, जाति, अश्रु, अस्तु, अणु, आयु, ऋतु, कटु, कृपालु, केतु, कमण्डलु, गुरु, चक्षु, चञ्चु, जन्तु, डमरु, तन्तु आदि ।
पुलिङ्ग नाता
नाति, पनाति, जुवाइँ, पोइ, भाइ, दाइ दाजु, बराजु, भिनाजु, बाबु, पति, गुरु आदि ।
नाम
पढाइ, एकाइ, बसाइँ, अटे¥याइँ, कट्टु, भनाउ, गोरु, भालु, गाउँ, हिउँ, घिउ, धनु, हाउ, भाउ, ठाउँ, पिँडालु आदि ।
अव्यय
अघि, पछि, अनि, पनि, देखि, कि, छि, बरु, फेरि, भोलि, अस्ति आदि ।
आलु प्रत्यय लागेका विशेषण
सिकारु, विषालु, घरेलु, मायालु, दुधालु, रसालु, दयालु, सिपालु आदि ।
२. दीर्घको प्रयोग
(क) शब्दको सुरुमा दीर्घ
तत्सम शब्द
ईश, ईष्र्या, कीर्ति, जीर्ण, तीर्थ, दीर्घ, वीर्य, शीर्षक, कीट, क्रीडा, क्षीण, गीत, ग्रीष्म, जीव, टीका, तीव्र, धीर, दीन, दीप, नीच, नीति, नील, पीडा, प्रीत, बीज, भीम, भीष्म, मीन, रीति, लीला, वीणा, वीर, शीघ्र, शीत, शील, श्लील, सीता, सीमा, ईशान, ईश्वर, कीर्तन, पीडित, वीभत्स, भीषण, मीमांसा, शीतल, शीर्षक, स्वीकार, स्वीकृष्त, हीरक ।
ऊर्जा, ऊध्र्व, कूर्म, चूर्ण, पूर्व, मूर्ख, मूच्र्छा, मूर्त, मूर्ति, मूर्धन्य, सूर्य, सूक्ष्म, क्रूर, न्यून, भ्रूण, व्यूह, स्तूप, स्थूल, स्फूर्ति, कूट, कूप, गूढ, चूडा, तूलिका, दूत, धूप, धूलि, नूतन, पूजा, पूरक, भूत, भूमि, मकू, मूल, मस्त्र, यथू, रुढ, शून्य, शूल, सूचक, सूत्र आदि ।
एकाक्षरी सर्वनाम ः यी, ती, ऊ
केही प्रचलित शब्द ः तीन (३), फूल (पुष्प), जून (चन्द्रमा), पूरा (पूर्ण)
(ख) शब्दको बीचमा दीर्घ
तत्समशब्द
अतीत, ईश्वरीय, उत्तरीय, उल्लेखनीय, उदीच्य, किरीट, कुटीर, कुलीन, निरीह, गम्भीर, तृतीया, दयनीय, दर्शनीय, द्वितीया, नवीन, परीक्षा, पूजनीय, पूर्वीय, प्रतीक, प्रतीक्षा, प्रतीत, एकीकरण, विद्युतीकरण, घोषीकृत, अङ्गीकार, समीभवन, विषभीभवन, एकीभाव, केन्द्रीभूत, उलूक, कर्पूर, प्रसूति, मण्डूक, मञ्जूष, मयूर, मुहूर्त, समूह, सिन्दूर, राजसूय आदि ।
(ग) शब्दको अन्त्यमा दीर्घ
तत्समशब्द
श्री, स्त्री, जानकी, तरुणी, त्यागी, अग्रणी, अभिनेत्री, अनुभवी, आत्मघाती, उपकारी, उर्वशी, एकाङ्की, कटी, कर्मी, काली, गुणी, चतुर्थी, चिरञ्जीवी, छली, जयन्ती, तामसी, तन्त्री, द्विवेदी, दशमी, धनी, धात्री, नली, नर्तकी, नाडी, प्रतिपक्षी, पातकी, पुरी, प्रार्थी, प्रणाली, पृथ्वी, बहुमुखी आदि ।
जात, थर, पेसा
किराती, राई, लिम्बू, दमाई, घर्ती, ठकुरी, जैसी, थारु, ज्यापू, खम्बू, धोबी, हली, भिखारी, मास्टरी, सुवेदी, रेग्मी, गुरागाई, भट्टराई, उप्रेती, गिरी, पनेरु, प्रसाई, पराजुली आदि ।
सर्वनाम
आफू, हामी, तिमी, यिनी, तपार्इँ आदि ।
विशेषण
दुई, साठी, असी, पचासी, अठासी आदि ।
ईकारान्त ठाउँको नाम
कास्की, खार्मी, ठिमी, गुल्मी, डोटी, सुनौली, दमौली, सप्तरी, सर्लाही आदि ।
स्त्रीलिङ्गी शब्द
राम्री, काली, गोरी, दिदी, बहिनी, सासू, फुपू, जोई, ढोई, गाई, भैँसी, भेडी, केटी आदि ।
अन्य विविध शब्द
यसरी, कसरी, यहीँ, कहीँ, त्यहीँ, राम्ररी, बेसरी, त्यसरी, हनहन्ती, सरासरी, धुरी, खरानी, ठेकी, थाली, थैली, आरी, पोतारी, खुल्ती, कुल्फी, चुपी, पगरी, झन्डी, कोदाली, खोपी, टोपी, फर्सी, सिक्री, कोसी, जवानी, भित्री, छिमेकी, जुरेली, जुनेली, नेपाली, बङ्गाली, गुज्राती, मराठी, गफाडी, हेरी, पढी, देखी (देख्ने काम गरी), लागी (लाग्ने काम गरी) आदि ।
विध्यर्थक शब्द (इच्छाबोधक वा आज्ञाबोधक)
खानू, गर्नू, जानू, पढ्नू, सुन्नू, निस्की, उफ्री, फर्की, पढूँ, लेखूँ आदि ।
आगन्तुक शब्द
अरबी, फारसी, चप्रासी, नकर्मी, सिकर्मी, ज्यामी, हाजिरी, इलमी, मुल्तबी, हवल्दारी, सिपाहीँ, सिक्योरिटी, डायरी, युनिभर्सिटी, सेक्रेटरी, अङग्रेजी, जापानी, ताइवानी, फ्रान्सेली, हिन्दी, ग्रिसेली, बैदारी, पादरी, मैजू, सैंजू, भाजू आदि ।
३. ‘ब’ र ‘व’ को प्रयोग
(क) उच्चारणअनुसार ‘ब’ को प्रयोग
धातु/क्रियापद
बढ्, बक्स्, बस्, बच्, बाँध्, बाँच्, बार, बास्, बित्, बिथोल्, बुन्, बेच्, बेर्, बेहोर्, बौरि, बाहिरिन्छ आदि ।
अव्यय शब्द
अब, कब, तब, जब, बित्तिकै, बुरुक्क, बेग्लै, बेसरी, ब्यारे आदि ।
बि/बे लागेका शब्द
बिकाम, बिचेत, बिछोड, बिजोर, बेइज्जत बेकार, बेवास्ता, बदनाम, बदमास आदि ।
तद्भव तथा आगन्तुक शब्दहरू
बाहिर, अम्बा, बकुल्लो, बखान, बगाल, बयान, बतास, बँदेल, बङ्गुर, बखत, बारुलो, बिजुली, बैंस, बोक्रो, बोसो, बौलाहा, बखत, बन्दुक, तलब, बकस, बगैंचा, बन्दकी, पिसाब, हिसाब, बजेट, बन, बस, बाकस, बोतल, बटुवा, बनैया, बत्तीस, बाक्लो, बुढो, बुच्चो, बिखालु, बन्द, तलबी, बिचरो, बर्बाद, ब्रिटिस आदि ।
उच्चारण र लेखाइ दुवैमा ‘ब’ हुने अन्य केही शब्दहरू
अम्बर, अम्बिका, कुटुम्ब, चुम्बन, चुम्बक, चुम्बी, सम्बन्ध, सम्बन्धी, सम्बोधन, विडम्बना, अवलम्ब, लम्ब, बहुधा, बहुलता, बहुब्रीहि, बाहु, बाह्य, ब्रह्मचारी, ब्रह्मर्षि, ब्रह्मा, ब्रह्माण्ड, ब्रह्मण, ब्राह्मी आदि ।
(ख) ‘व’ को प्रयोग
(अ) उच्चारण र लेखाइ दुवैमा ‘व’ हुने शब्दहरू
वर, वास्ता, वकिल, वासलात, रवाफ, कावासोती, कावा, मेवा, वस्ताद, सवारी, वजन, वरि, वरिपरि, वाल्ल, वाक्क, तावा, देवर, पेवा, तौलिहवा, पावर, वायरलेस, वार्ड, वार्डेन, वेल, वारेस, छ्वाल्ल, वाल्ल, ट्वाल्ल, वार्र, ट्वाँक्, ग्वाँक, च्वाम्म, स्वाँ, कछुवा, खुवा, जुवा, पुवा, जुवाडी, जुवाइँ, तुवाँलो, दुवाली, धुवाँ, रुवाइ, धुवाइ, बालुवा, देखावट, बोलावट, ढुकुवा, फुकुवा, खोलुवा, भतुवा, बहालवाला, हकवाला, उम्मेदवार, दफावार, जिम्मेवार, उमेदवारी, जिम्मेवारी फाँटवारी, महिनावारी, नश्वर, ईश्वर, कर्तव्य नेतृत्व, आत्मवत्, पुत्रवत्, गुणवान्, धनवान्, भगवती, सौभाग्यवती, तपस्वी, पाण्डव, पार्थिव आदि ।
(आ) उच्चारण ‘ब’ भए पनि ‘व’ लेखिने केही शब्दहरू
वस्तु, वस्त्र, वाक्य, वाचा, वाद, वादी, वाम, वायु, वाहन, विज्ञान, विकास, विकृति, विखण्डन, विचलन, विचित्र, विजय, वंश, वक्तव्य, वक्ता, वक्र, वक्ष, वन, वन्दना, वयस्क, वातावरण, वरिष्ठ, वर्ग, वरुण, वर्गीकरण, वर्जित, वर्ण, वर्षा, वर्ष, विच्छेद, विज्ञापन, विदेश, विद्या, विधवा, विवाह, विभूति, विभाजन, विरह, विवेक, विशेष, विश्लेषण, विषम, विषाणु, विषय, वीर, वृत्त, वृद्ध, वेग, वैद्य, व्यक्ति, व्यर्थ, विधि, व्यापार, व्यवहार, व्रज, विराट, विराम, वैदिक, वैज्ञानिक, वैभव, वैर, वैष्णव, वर्ग, व्याकरण आदि ।
४. ‘य’ र ‘ए’ को प्रयोग
(क) य को प्रयोग हुने शब्दहरू
योग्य, पेय, शिष्य, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, वीर्य, जय, माधुर्य, पाण्डित्य, वाणिज्य, शौर्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, स्वकीय, परकीय, भवदीय, अमात्य, ग्राम्य, मूल्य, मुख्य, मनुष्य, जलमय, अन्नमय, स्वर्णमय, वाङ्मय, यज्ञ, यथार्थ, यन्त्र, भय, हिमालय, मितव्ययिता, उत्तरदायित्व, स्थायित्व, गायिका, नायिका, आयु, वायु, चिरायु, अनुयायी, उत्तरदायी, दुःखदायी, प्रेरणादायी, स्थायी, यी, यो, त्यो, यता, यति, यी, यिनी, यिनलाई, यिनबाट, यिनदेखि, यिनमा, यिनको यही, यसो, यस्तो, यस, त्यस, त्यस्तो, त्यति, त्यसरी, यत्रो, त्यत्रो, त्यहाँ, यसरी, यतिञ्जेल, त्यतिञ्जेल, चतु¥याइँ, दुस्टयाइँ, धुत्र्याइँ, घुस्याहा, मुल्याहा, रत्यौली, हँस्यौली, केटयौली, फस्र्यौट, घरानियाँ, जहानियाँ, सहरिया, भरिया, थियो, थियौं, बयर, घायल, टायम, डायरी, डायल, कायल, मध्ये ।
(ख) ए को प्रयोग हुने शब्दहरू
एक, एघार, एकाउन्न, भए, गए, एकहत्तर, एकता, एकत्व, एकत्र, एकाग्र, एकाङ्की, एकादशी, एकान्त, एवम्, लाएँ, खाएँ, देखाएँ, पढाएँ, दिएँ, लिए, गए, खाए, आए, लाए, लिएस्, रोएस्, भएस्, धोएस्, खाएस्, रोएन, धोएन, खाएन, पाएन, लाएन, गएर, लाएर, दिएर, पोतरिएर, भनिएर, सुनिएर, कुल्चिएको, डकारिएको, पाएको, लाएको, दिएको, एक, एउटा, एक्काइस, एकतीस, एकचालीस, एकाउन्न, एकसठ्ठी, एकहत्तर, एक्लै, एकलास, एकान्त, एकसरो ।
५. ‘श’, ‘ष’ र ‘स’ को प्रयोग
‘श’ र ‘ष’ को प्रयोग त्त्समशब्दमा मात्र हुन्छ । ‘स’ को प्रयोग त्तसम, तद्भव र आगन्तुक तीनै प्रकारका शब्दमा हुन्छ । तद्भव र आगन्तुक शब्दमा ‘स’ को मात्र प्रयोग हुन्छ ।
(क) ‘श’ को प्रयोग
शिक्षा, दिशा, राशि, पश्चिम, निश्चय, आश्चर्य, पश्चिम, पश्चात्, आश्चर्य, निश्चय, निश्चित, श्रम, श्राप, श्रावण, श्रोता, श्री, शिशु, शशि, शशक, शशाङ्क, शिशिर, शाश्वत, शैशव, शैष, शस्त्र, शासन, शासक, आश्वासन, प्रशंसा, प्रशासक, प्रशस्ति, आशक्ति, आशङ्का, आशा, आशीर्वाद, आशु, शारदा, शालिग्राम, श्राद्ध, श्रावण शिखा, शिला, शिल्प, शिव, शिविर, श्रद्धा, विश्राम, आश्रय, आश्रम, श्लोक, संश्लेषण, विश्लेषण, क्रमशः, प्रायशः ।
(ख) ‘ष’ को प्रयोग
कृषि, कृषक, कोष, उत्कर्ष, उषा, ऋषि, औषधि, अष्टम, आषाढ, इष्ट, कष्ट, नष्ट, पुष्ट, सन्तुष्ट, शिष्ट, सृष्टि, राष्ट्र, निष्कर्म, शुष्क, मस्तिष्क, बहिष्कार, परिष्कार, निष्काशन आदि ।
(ग) ‘स’ को प्रयोग
सय, आसन, कुसुम, शास्त्र, अस्त्र, शासन, सरस्वती, उत्सुक, सुगा, पोस, बदमास, सेतो, स्कुल, स्टेसन, सहर, सती, साधारण, दास, सदन, साधन, साधु, स्नान, नमस्कार, पुरस्कार, प्रशस्त, स्तुति, स्त्री, सफल, सभा, सत्कार, सज्जन, सम्मान, सद्भाव, संयुक्त, संस्था, सङ्गीत, सन्तान आदि ।
६. ‘क्ष’ को प्रयोग
त्त्समशब्दमा मात्रै हुन्छ । जस्तै ः क्षण, क्षत, क्षमा, क्षय, अक्षर, क्षेत्र, क्षेत्रीय, क्षेप्यास्त्र, नक्षत्र, भिक्षुक, राक्षस, लक्षण, सक्षम, आक्षेप, अध्यक्ष, कक्ष, दक्ष, यक्ष, रुद्राक्ष, लक्ष्य आदि ।
७. ‘ज्ञ’ को प्रयोग
त्त्समशब्दमा मात्रै हुन्छ । जस्तै ः ज्ञान, ज्ञात, ज्ञाता, विज्ञान, विज्ञप्ति, आज्ञा, प्रतिज्ञा, संज्ञा, प्रज्ञा, युवराज्ञी, विज्ञ, यज्ञ आदि ।
८. पञ्चम वर्ण (ङ, ञ, ण, न, म) को प्रयोग
ङः अङ्क, शङ्कर, शङ्ख, पङ्खा, चङ्ख, गङ्गा, चङ्गा, सङ्घ, ढङ्ग
ञः पञ्च, पुञ्ज, लाञ्छना, व्यञ्जन, झञ्झा, मञ्जन, मञ्जुल
णः कण्टक, कण्ठ, कुण्ठा, दण्ड, खण्ड
नः मन्तव्य, परन्तु, पन्थ, बन्दी, बन्धन, भिन्न, खिन्न
मः कम्प, पम्फा, अम्बा, लम्ब, स्तम्भ, जम्मा
शिरबिन्दुः संयम, संरक्षण, संलग्न, संवाद, वंश, संशय, संसार, संहार
९. हलन्तको प्रयोग
– अकस्मात्, आपत्, अहम्, एवम्, कदाचित्, जगत्, दण्डवत्, भविष्यत्, यावत्, महत्, विद्युत्, विपत्, साक्षात्, हठात्, आपद्, विपद्, संसद्, स्वयम्, शुभम्, स्वागतम्, पृथक्, दिक्, विराम्, श्रीमान्, विद्वान, भगवान्, महान्, आदि त्त्समशब्दमा ।
– हलन्त उच्चारण हुने क्रियापदमा जस्तैः गर्, बस्, हिँड्, लेख्, सुन्, पढ् आदि ।
– आधा अक्षर गर्न नमिल्ने ङ, ट, ठ, ड, ढ, द लाई आधा अक्षरका रुपमा देखाउन पर्दा हलन्त दिइन्छ, जस्तैः अङ्क, खुट्टा, ढड्डा, पढ्न आदि ।
(नोटः क्रियापदबाहेक नाम, सर्वनाम, विशेषण शब्दमा भने हलन्त उच्चारण भएर पनि अजन्त लेख्ने प्रचलन छ, जस्तैः नेपाल (उच्चारणः नेपाल्), श्याम, राम, उसले (उच्चारणः उस्ले), उनलाई असल खराब आदि) ।
१०. पदयोग र पदवियोग
पदयोग
– विभक्ति जोडेर (लाई, ले, बाट, देखि, को, का, की, रो, रा, री, नो, ना, नी, मा आदि) लेखिन्छ । जस्तैः मैले, तिनले, उनले, हामीलाई, सहरको, घरमा, दिक्तेलबाट, बैतडीदेखि ।
– नामयोगी शब्दहरू (माथि, मुनि, बाहिर, भित्र, अगाडि, पछाडि, वर, पर, अनुसार आदि) जोडेर लेखिन्छन् । जस्तै ः घरमाथि बगैँचा छ ।
– समस्त शब्दः आमाबुबा, दाजुभाइ, अघिपछि, माथितिर, सानीआमा, आदि ।
– दोस्रो नामः रामबहादुर, श्यामकुमार, सीतादेवी, जयप्रसाद आदि ।
पदवियोग
– स्वतन्त्र शब्दः ऊ घर गयो । उनीहरू त असल छन् ।
– विभक्तिपछि आउने दोस्रो विभक्ति वा नामयोगी शब्दः उनीहरूका लागि । घरको बाहिर ।
स्रोत ः संहिता त्रैमासिक
Leave a Reply