क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ
- जेष्ठ २८, २०८३
सुनिता गाइसी
नेपाल प्राकृतिकरूपमा सुन्दर मुलुकको रूपमा विश्वमा परिचित छ । यहाँ विभिन्न जाति र भाषाभाषीका मानिसहरू बसोबास गर्दछन् । यस्तै सुन्दर स्थलहरुमध्ये टिस्टुङ्ग पनि एक हो । इतिहासलाई खोतल्दै हेर्ने हो भने यहाँको विशेष महत्व रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने गोपालीहरू नेपालका प्रथम शासक थिए । यिनीहरू सरल र सोझा प्रकृतिका थिए । गोपालको अर्थ ‘गाई’ पाल्ने जाति भनेर बुझिन्छ । यी समुदायले आफ्नो पुर्खाको इतिहास बोकेर जीवन्त संस्कृतिको झलक दिइरहेका छन् । कुन्छाल र पापुङ्गमा गोपालीहरूको बाक्लो बस्ती रहेको छ । यसको साथै छिमेकी क्षेत्रहरू बज्रबाराही, चित्लाङ्ग र पालुङमा गोपालीहरूको बस्ती रहेको छ । गोपालीहरू गाई पाल्ने जाति भएकाले यिनीहरूलाई ग्वाला पनि भनिन्छ । हिन्दू धर्ममा कृष्णसँग ग्वालालाई जोडिएको पाइन्छ । नेपाल उपत्यकाको उत्पतिको इतिहास हेर्ने हो भन्ने कृष्ण यहाँ आएको र उनीसँगै धेरै ग्वाला र गाईहरू पनि थिए । उनले उपत्यकामा भएको पानी चोभारको गल्छीबाट बाहिर पठाएर ग्वालाहरूको लागि बसोबासको उपयुक्त स्थल बनाए । यही बसेर ग्वालाहरूले शासन गर्न थाले । यिनै ग्वालाहरू नै गोपाल हुन् भनी इतिहासमा उल्लेख गरिएको छ ।
वास्तवमै संस्कृतिका धनी गोपालीहरूले आफ्नो धर्म संस्कृतिलाई बचाइरहेका छन् । यिनीहरू गोपाली भाषा बोल्छन् साथै बाह्य मानिसहरूसँग नेपाली भाषामा कुराकानी गर्दछन् । पहिले गाई पाल्ने जाति भनी नाम कमाएका जातिहरूको जीवनमा हाल केही परिवर्तन आएको छ । अहिले गाईका साथै धेरैले भंैसी पनि पाल्ने गरेको टिस्टुङ्गको अध्याय रिसोटकी योगा प्रशिक्षक अमृता गोपाली बताउनुहुन्छ । यिनीहरू दूध, दही, घिउ, मही उत्पादन गर्दछन् । यहाँ गोपालीहरू गाईपालनबाहेक कृषि पेशामा पनि संलग्न रहेका छन् । उनीहरू तरकारी खेतीतिर लागेको देखिन्छ । उनीहरू आलु, काउली तथा अन्य अर्गानिक तरकारी उत्पादन गर्दछन् । यहाँ उत्पादन हुने आलु ज्यादै मीठो मानिन्छ । यहाँ उत्पादन हुने तरकारी हेटाँैडा, पोखरा, नारायणघाट, बुटवल, वीरगञ्जसम्म पुग्छन् । यस समुदायका युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि जापान, अमेरिका र अन्य देशमा पुगेका छन् । गोपालीहरू हिन्दू धर्म मान्दछन् । अन्य हिन्दूले जस्तै सबै चाडपर्व मनाउँछन् । यसबाहेक गोपालीहरूमा विशेष पूजा हुन्छ । यस्ता पूजाहरूमा आफ्नो समुदायका सबै मानिसहरू जम्मा भएर पूजा गर्दछन् । जस्तैः मङ्गलबार गणेशको पूजा हुन्छ । यहाँका र्धािमक स्थलहरूमा बज्रबाराही मन्दिर, उन्मत्तेश्वर महादेव मन्दिर इत्यादि रहेका छन् । उन्मत्तेश्वर मन्दिरको विशेष महत्व रहेको स्थानीयहरू बताउँछन् । हाल यो मन्दिरको पुनःनिमार्ण कार्य भक्तपुरका कालिगढहरूद्वारा भइरहेको छ ।
सरल, मिलनसार स्वभावका धनी गोपालीहरूको बसोबास पनि परम्परागत शैलीको छ । आधुनिकीकरणको प्रभाव तीव्रगतिमा अगाडि बढे पनि गोपालीहरू आफ्नो भाषा, संस्कृति, भेषभूषा जोगाउन लागिपरेका छन् । यहाँका महिलाहरू हाकुपटासी लगाउँछन् जुन उनीहरू आफै बुन्ने गर्दछन् ।
गोपालीहरूको शैक्षिक अवस्था विस्तारै सुधार हुँदै आएको र घरपरिवारको निर्णय प्रक्रियामा महिलाहरूको समान भूमिका रहने गरेको स्थानीय महिलाहरू बताउँछन् । सबै काम मिलेर गर्ने र कामको समान अवसर महिला र पुरुष दुवैलाई भएकोले एक अर्कामा मेलमिलाप र सहयोगको भावना रहेको देखिन्छ । नेपाल सरकारले एक गाउँ एक उत्पादन बनाउने कार्यक्रमअन्तर्गत कुन्छालतिर किवीको उत्पादन गरिँदै आएको छ ।
Leave a Reply